कोरोना त्रासका बीच स्वमसेवक सम्मेलन

राजविराज राजविराज
|
शनिबार, बैशाख ११, २०७८
|
|
६९ पटक हेरिएको
Shares
कोरोना त्रासका बीच स्वमसेवक सम्मेलन

सारांश

  •     स्थानिय राजरंगशालामा २ सय जनाको सहभागितामा एक दिने स्वयमसेवक सम्मेलन तथा पथ संचलन कार्यक्रम सम्पन्न गरेको हो ।
  •       कार्यक्रममा जनजाती कल्याण आश्रमका राष्ट्रिय महासचिव प्रेम थुलुङले देशमा अहिले बाहिरी मुलुकको हस्तक्षेप बढेको र एनजिओ, आइएनजिओमार्फत हिन्दु धर्म संस्कृतीमाथी प्रहार भइरहेको आरोप लगाएका छन् ।
  • उनले हिन्दु धर्म संस्कार र संस्कृतीको रक्षाका लागि युवाहरुलाई सचेत र एक ढिक्का हुन आह्वान समेत गरे ।

दैनिक समाचारदाता
राजविराज, ११ बैशाख ।
    कोरोना संक्रमणको त्रासका बीच राजविराजमा शनिबार भौतिक दुरी कायम तथा मास्कको अनिवार्य प्रयोग गरि हिन्दु स्वयमसेवक संघ नेपाल सप्तरीले स्वमसेवक सम्मेलन सम्पन्न गरेको छ । 
    स्थानिय राजरंगशालामा २ सय जनाको सहभागितामा एक दिने स्वयमसेवक सम्मेलन तथा पथ संचलन कार्यक्रम सम्पन्न गरेको हो । 
    कार्यक्रममा जनजाती कल्याण आश्रमका राष्ट्रिय महासचिव प्रेम थुलुङले देशमा अहिले बाहिरी मुलुकको हस्तक्षेप बढेको र एनजिओ, आइएनजिओमार्फत हिन्दु धर्म संस्कृतीमाथी प्रहार भइरहेको आरोप लगाएका छन् । उनले हिन्दु धर्म संस्कार र संस्कृतीको रक्षाका लागि युवाहरुलाई सचेत र एक ढिक्का हुन आह्वान समेत गरे । 
    आयोजक समितिका संघ चालक भोगेन्द्र झाले नयाँ भेरियन्टसहितको कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गरि स्थानिय प्रशासनले तोकेको स्वास्थ्य मापदण्डको पालना गर्दै कार्यक्रमको आयोजना गरिएको दाबी गरे । 
    कार्यक्रममा सहभागिलाई सेनिटाइज प्रयोगका साथै भौतिक दुरी तथा मास्कको प्रयोग अनिवार्य गरिएको थियो । 
    कार्यक्रममा हिन्दु स्वमसेवक संघ नेपालका राष्ट्रिय कार्यवाह मुरली निरौला, विश्व हिन्दु परिषद् सत्सग विभागका सहसंयोजक जंगबहादुर सिंह, यूवाप्रभारी अमितकुमार साहलगायतले हिन्दु धर्म र संस्ृकतिको जगेर्नाका लागि सक्रिय भई काम गर्नेमा जोड दिए । 
    कार्यक्रम सम्पन्न भएपछि पथसंचलन कार्यक्रम अन्तरगत नगर क्षेत्रमा मार्चपास नगर्न स्थानिय प्रशासनले आयोजकलाई आग्रह गरेको थियो । तर सोको वेवास्ता गर्दै नगर क्षेत्रमा मार्चपास गर्न लागेपछि प्रहरीले हस्तक्षेप गरि ११ जनालाई नियन्त्रणमा लिएको तथा केही बेरपछि नै रिहा गरेको विश्व हिन्दु परिषद् सत्सग विभागका सहसंयोजक जंगबहादुर सिंहले जानकारी दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु