दैनिक समाचारदाता
राजविराज, १३ बैशाख ।
राजविराज नगरपालिका वडा नं. ९ मलेठ निवासी ६७ वर्षिय पत्रकार उपेन्द्रनारायण मेहताको सोमबार असमायिक निधन भएको छ ।
सप्तरी कार्यक्षेत्र बनाई विगत लामो समयदेखी पत्रकारिता पेशमा रहेका मेहताको निधनले नेपाल पत्रकार महासंघ सप्तरी शाखा स्तब्ध भएको छ ।
महासंघका सचिव आरएन विश्वासद्वारा सोमबार जारि विज्ञप्तिमा पत्रकार महेताको निधनले सप्तरीको पत्रकारिता क्षेत्रमा अपूर्णिय क्षति पुगेको जनाइएको छ ।
उनी सन्डे टाईम्स हिन्दी पत्रिका, द पब्लिक मेमो साप्ताहिक र पूर्व प्रभात दैनिकमा कार्यरत थिए । मृतक पत्रकार मेहताका श्रीमतीसहित १ छोरा र २ छोरी छन् ।
साथै विज्ञप्तिमा दु:खद् घडीमा शोक सन्तप्त परिवारजनप्रति इश्वरले धैर्यधारणको क्षमता प्रदान गरुन् भनि कामना गरिएको छ । उनी सिरहा जिल्लाको पत्रकारिता क्षेत्र समेत आवद्ध रहेका थिए ।
पत्रकार मेहताको निधनले महासंघ स्तब्ध
सारांश
- सप्तरी कार्यक्षेत्र बनाई विगत लामो समयदेखी पत्रकारिता पेशमा रहेका मेहताको निधनले नेपाल पत्रकार महासंघ सप्तरी शाखा स्तब्ध भएको छ ।
- महासंघका सचिव आरएन विश्वासद्वारा सोमबार जारि विज्ञप्तिमा पत्रकार महेताको निधनले सप्तरीको पत्रकारिता क्षेत्रमा अपूर्णिय क्षति पुगेको जनाइएको छ ।
- उनी सन्डे टाईम्स हिन्दी पत्रिका, द पब्लिक मेमो साप्ताहिक र पूर्व प्रभात दैनिकमा कार्यरत थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया