सशस्त्र प्रहरीद्वारा लागु औषधसहित दुई यूवक पक्राउ

राजविराज राजविराज
|
बिहिबार, बैशाख १६, २०७८
|
|
८६ पटक हेरिएको
Shares
सशस्त्र प्रहरीद्वारा लागु औषधसहित दुई यूवक पक्राउ

सारांश

  •     भारतीय सीमासँग जोडिएको सप्तरीको राजगढ गाउँपालिका २ आन्द्रामोठ क्षेत्रमा चेकजाचको क्रममा लागुऔषधसहित दुबै यूवकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।
  •       भारतीय सीमा क्षेत्रबाट चोर बाटो हुँदै मोटरसाइकलमा नेपालतर्फ लागुऔषधसहित आउँदै गरेका राजविराज नगरपालिका ८ बस्ने ४३ वर्षिय गज्जु दास र विष्णुपुर गाउँपालिका ७ कनकटा बस्ने २८ वर्षिय अभिमन्यु कुमारलाई पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
  •       उनीहरुको साथबाट प्रतिबन्धित लागुऔषध डाइजेपाम सुई ६५, डाइजेल्याब सुई ६४, फेनारगन सुई र लेजिस सुई ६५/६५ थान तथा नाइट्रोक्सन ट्याबलेट ५० थान बरामद गरिएको जनाइएको छ ।

दैनिक समाचारदाता
राजविराज, १६ वैशाख ।
    सशस्त्र प्रहरीले लागुऔषधसहित दुई यूवकलाई बिहीबार पक्राउ गरेको छ । 
    भारतीय सीमासँग जोडिएको सप्तरीको राजगढ गाउँपालिका २ आन्द्रामोठ क्षेत्रमा चेकजाचको क्रममा लागुऔषधसहित दुबै यूवकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो । 
    भारतीय सीमा क्षेत्रबाट चोर बाटो हुँदै मोटरसाइकलमा नेपालतर्फ लागुऔषधसहित आउँदै गरेका राजविराज नगरपालिका ८ बस्ने ४३ वर्षिय गज्जु दास र विष्णुपुर गाउँपालिका ७ कनकटा बस्ने २८ वर्षिय अभिमन्यु कुमारलाई पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ ।  
    उनीहरुको साथबाट प्रतिबन्धित लागुऔषध डाइजेपाम सुई ६५, डाइजेल्याब सुई ६४, फेनारगन सुई र लेजिस सुई ६५/६५ थान तथा नाइट्रोक्सन ट्याबलेट ५० थान बरामद गरिएको जनाइएको छ ।
    यस्तै उनीहरुको साथबाट लागुऔषध ओसारपोसारमा प्रयोग गरिएको एक थान मोटरसाइकल तथा जिल्ला प्रशासन कार्यालय सप्तरीबाट लक्ष्मी कुमार मण्डल र बोधनी देवीको नाममा जारि गरिएको दुई थान नागरिकताको प्रतिलिपी समेत बरामद गरिएको छ । 
    प्रहरीलाई देख्ना साथ भाग्न खोजेका दुबै जनालाई सशस्त्र प्रहरी हवल्दार मो. फारुक मियाँ नेतृत्वको टोलीले पछ्याउँदै घटना स्थलबाट केही दुरीमै पक्राउ गर्न सफल भएको सशस्त्र प्रहरी उपरिक्षक राजु श्रेष्ठले जानकारी दिए । 
    पक्राउ परेका दुबैमाथी नेपाल प्रहरीको समन्वयमा थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरी बल गण नं. ६ हेडक्वारटर राजविराजले जनाएको छ ।     

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पिएम कप प्रदेशस्तरिय छनोट खेलमा स्पिनर अजय यादबको उत्कृष्ट बलिङले सप्तरी बिजयी 
पिएम कप प्रदेशस्तरिय छनोट खेलमा स्पिनर अजय यादबको उत्कृष्ट बलिङले सप्तरी बिजयी 
पोषण सप्ताहको अवसरमा बिद्यालयमा बिभिन्न कार्यक्रम संचालन
पोषण सप्ताहको अवसरमा बिद्यालयमा बिभिन्न कार्यक्रम संचालन
तीन दिनमा २१ जना फरार अभियुक्त पक्राउ
तीन दिनमा २१ जना फरार अभियुक्त पक्राउ
महासंघलाई मास्क र पिपिई प्रदान
महासंघलाई मास्क र पिपिई प्रदान
नेपाली काँग्रेस र नेविसंघद्वारा अग्निपीडितलाई ट्युवेल र खाद्यान्न प्रदान
नेपाली काँग्रेस र नेविसंघद्वारा अग्निपीडितलाई ट्युवेल र खाद्यान्न प्रदान
स्वदेश मै रोजगारीको अवसर सृजना गर्नु पर्ने सुझाव
स्वदेश मै रोजगारीको अवसर सृजना गर्नु पर्ने सुझाव
बजाजको नयाँ मोडलका बाइकको बिक्रि सुरु
बजाजको नयाँ मोडलका बाइकको बिक्रि सुरु
प्रदेशस्तरिय हिरो कप फुटवल प्रतियोगिता सुरु, उद्घाटन खेलमा सिरहा बिजयी  
प्रदेशस्तरिय हिरो कप फुटवल प्रतियोगिता सुरु, उद्घाटन खेलमा सिरहा बिजयी  
माओवादीले सप्तरी क्षेत्र नं. २ मा  प्रतिनिधिसभा तथा प्रदेशसभा १  बाट कसैको नाम सिफारिस गरेन
माओवादीले सप्तरी क्षेत्र नं. २ मा  प्रतिनिधिसभा तथा प्रदेशसभा १  बाट कसैको नाम सिफारिस गरेन
हरवा चरवाहरुको समस्या दलहरुले घोषणा पत्रमा समावेश गर्नुपर्ने माग
हरवा चरवाहरुको समस्या दलहरुले घोषणा पत्रमा समावेश गर्नुपर्ने माग