एक संक्रमितको मृत्यु, सहरी क्षेत्रमा निषेधाज्ञा

राजविराज राजविराज
|
आइतबार, बैशाख २६, २०७८
|
|
४५ पटक हेरिएको
Shares
एक संक्रमितको मृत्यु, सहरी क्षेत्रमा निषेधाज्ञा

सारांश

  •     जिल्लाको बोदेबरसाइन नगरपालिका १० निवासी ६० वर्षिय पुरुषको बिराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको सो अस्पतालले जनाएको छ ।
  •       यसैबीच कोरोना संक्रमितहरु बढ्दै जाँदा त्यसको रोकथाम र नियन्त्रणका लागि आइतबारदेखी सप्तरीका सहरी क्षेत्रमा निषेधाज्ञा जारि गरिएको छ ।
  •       निषेधाज्ञाका कारण आइतबार जिल्लाका ती क्षेत्रहरुमा पूर्ण रुपमा यातायातका साधन चलेनन् भने मानिसहरुको चहलपहल लगभग शुन्य रहेको छ ।

दैनिक समाचारदाता
राजविराज, २६ बैशाख । 
    सप्तरीका एक कोरोना संक्रमितको आइतबार बिहान उपचारका क्रममा मृत्यु भएको छ । 
    जिल्लाको बोदेबरसाइन नगरपालिका १० निवासी ६० वर्षिय पुरुषको बिराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको सो अस्पतालले जनाएको छ । 
    यसैबीच कोरोना संक्रमितहरु बढ्दै जाँदा त्यसको रोकथाम र नियन्त्रणका लागि आइतबारदेखी सप्तरीका सहरी क्षेत्रमा निषेधाज्ञा जारि गरिएको छ । 
    निषेधाज्ञाका कारण आइतबार जिल्लाका ती क्षेत्रहरुमा पूर्ण रुपमा यातायातका साधन चलेनन् भने मानिसहरुको चहलपहल लगभग शुन्य रहेको छ । यस्तै पसलहरु बन्द गरिएको छ । 
    जिल्ला संकट व्यवस्थापन केन्द्रको बिहीबार सम्पन्न बैठकले अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा जारि रहने निर्णय गरेको थियो । 
    प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलको अध्यक्षतामा सम्पन्न बैठकले जिल्ला सदरमुकाम राजविराजसहित फत्तेपुर, कंचनपुर, बरमझिया, भारदह, हनुमाननगर, रुपनी, कठौना, कल्याणपुर, पातो, तोपा, महुली, बिरेन्द्र बजार, खरचुहिया, विष्णुपुर, छिन्नमस्ता, जिरिया हटिया, मंसापुर, पत्थरगाडा र बोदेबरसाइन लगायतका बजारहरुमा निषेधाज्ञा जारि गरिएको जनाइएको छ ।
    हाल जिल्लामा कोरोना संक्रमितको संख्या ३ सय ४९ पुगेको छ भने मृत्यु हुनेको संख्या ४७ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।    

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सार्वजनिक यातायात चलाउन माँग गर्दै मजदुर उत्रे सडकमा
सार्वजनिक यातायात चलाउन माँग गर्दै मजदुर उत्रे सडकमा
चुनावी प्रक्रिया र समाजवाद उन्मुख समाजको परिकल्पना विषयक अन्तरक्रिया सम्पन्न
चुनावी प्रक्रिया र समाजवाद उन्मुख समाजको परिकल्पना विषयक अन्तरक्रिया सम्पन्न
डा. टेक नारायणद्वारा हावाहुरीमा ज्यान गुमाएका परिवारलाई राहत प्रदान
डा. टेक नारायणद्वारा हावाहुरीमा ज्यान गुमाएका परिवारलाई राहत प्रदान
लेखापढीहरुद्वारा सरकारी निर्णयको अवज्ञा,  भू–सेवा केन्द्रबाट हुने काम लेखापढीले  आफै गरेर तीन हजार रकम शुल्क असुल्दै
लेखापढीहरुद्वारा सरकारी निर्णयको अवज्ञा,  भू–सेवा केन्द्रबाट हुने काम लेखापढीले  आफै गरेर तीन हजार रकम शुल्क असुल्दै
शम्भुनाथमा सन्तगुरु कवीर साहेबको मुर्ती अनावरण
शम्भुनाथमा सन्तगुरु कवीर साहेबको मुर्ती अनावरण
१०औं राष्ट्रिय परिवार नियोजन दिवसमा अन्तरक्रिया 
१०औं राष्ट्रिय परिवार नियोजन दिवसमा अन्तरक्रिया 
लहानलाई हराउँदै सर्लाही ११ फाईनलमा 
विद्यापति स्मृति पर्व धुमधामका साथ मनाइयो
विद्यापति स्मृति पर्व धुमधामका साथ मनाइयो
एकै पटक सरिताले जन्म दिइन् तिम्ल्याहा शिशु 
एकै पटक सरिताले जन्म दिइन् तिम्ल्याहा शिशु 
छुट्टाछुट्टै दुर्घटनामा दुई चालकको मृत्यु
छुट्टाछुट्टै दुर्घटनामा दुई चालकको मृत्यु