आफैले चलाएको ट्रक दुर्घटनामा छोरीको मृत्यु, श्रीमती र छोरा घाइते

राजविराज राजविराज
|
बुधबार, भाद्र ९, २०७८
|
|
७५ पटक हेरिएको
Shares
आफैले चलाएको ट्रक दुर्घटनामा छोरीको मृत्यु, श्रीमती र छोरा घाइते

सारांश

  •     पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको सुरुङ्गा नगरपालिका ४ कदमाहा सडकखण्डमा सोमबार राती भएको उक्त दुर्घटनामा सुनसरीको रामधुनी इराही नगरपालिका ४ की ९ वर्षिया मेनुका चौधरीको मृत्यु भएको हो ।
  •       प्रहरीका अनुसार राती १२ बजेतिर कदमाहा चौक नजिकै रहेको दिलिप एण्ड ब्रदर्श पेट्रोल पम्प नजिक रोकिराखेको को.
  • १ख.

दैनिक समाचारदाता
राजविराज, ८ भदौं । 
    आफैले चलाएको ट्रक रोकिराखेको ट्याङकरमा ठोकिदा छोरीको मृत्यु भएको छ भने श्रीमती र छोरा घाइते भएका छन् । 
    पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको सुरुङ्गा नगरपालिका ४ कदमाहा सडकखण्डमा सोमबार राती भएको उक्त दुर्घटनामा सुनसरीको रामधुनी इराही नगरपालिका ४ की ९ वर्षिया मेनुका चौधरीको मृत्यु भएको हो । 
    प्रहरीका अनुसार राती १२ बजेतिर कदमाहा चौक नजिकै रहेको दिलिप एण्ड ब्रदर्श पेट्रोल पम्प नजिक रोकिराखेको को.१ख. ६९५६ नं को तेल ट्याङकरमा ना.८ख. ३४२२ नं. को ट्रक ठोकिदा ट्रकमा सवार मेनुकाको घटनास्थलमै मृत्यु भएको हो । 
    आफन्त कहाँ भएको एक समारोहमा सपरिवार सहभागि भई फर्किदै गर्दा सो दुर्घटना भएको प्रहरीको भनाई छ । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लले ट्रकका चालक मृतकका बुबा आशाराम, आमा चन्द्रकला र दाजु आशिष घाइते भएकाले उनीहरुलाई सिरहाको लहानस्थित सप्तऋषि अस्पतालमा उपचारका लागि भर्ना गराएको जानकारी दिएका छन् । 
    यता घटनापछि ट्याङकर चालक फरार भएको तथा दुबै गाडीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी