लोसपा असोज ३ लाई कालो दिन भन्दै सडकमा उत्रिए, जसपाको पनि संविधानप्रति असन्तुष्टी

राजविराज राजविराज
|
सोमबार, आश्विन ४, २०७८
|
|
१०० पटक हेरिएको
Shares
लोसपा असोज ३ लाई कालो दिन भन्दै सडकमा उत्रिए, जसपाको पनि संविधानप्रति असन्तुष्टी

सारांश

  •     मुलुकका विभिन्न ठाउँमा संविधान दिवसका कार्यक्रमहरु भईरहेका बेला लोसपाका नेता कार्यकर्ताहरुले यस दिनलाई कलो दिनको रुपमा विरोधका कार्यक्रम गरेको हो ।
  •       टाउकोमा कालो पट्टी र हातमा कालो झण्डा लिएर राजविराजस्थित पार्टी कार्यालयबाट निस्केका कार्यकर्ताहरुले विभिन्न सरकारी कार्यालय तथा सार्वजनिक स्थानहरुमा कालो झण्डा गाड्दै संविधान दिवसलाई विरोधका रुपमा मनाउन सर्वसाधारणलाई आग्रह समेत गरे ।
  •       मोटरसाईकल र्‍याली समेत प्रर्दशन गरेका उनीहरुले संविधान सर्वस्विर्काय हुनु पर्ने भनी आफुहरुको शूरु देखी नै माग रहेपनि अहिले सम्म त्यस्को सुनवाई नगरिएकोले यस दिनलाई विरोेध गरेर कार्यक्रम गर्नू परेको बताएका छन् ।

दैनिक समाचारदाता
राजविराज, ३ असोज ।
    लोकतान्त्रिक समाजवादी पार्टी नेपालले असोज ३ गतेलाई कालो दिनको रुपमा लिँदै आईतवार सप्तरीमा विरोधका कार्याक्रमहरु आयोजना गरेको छ । 
    मुलुकका विभिन्न ठाउँमा संविधान दिवसका कार्यक्रमहरु भईरहेका बेला लोसपाका नेता कार्यकर्ताहरुले यस दिनलाई कलो दिनको रुपमा विरोधका कार्यक्रम गरेको हो । 
    टाउकोमा कालो पट्टी र हातमा कालो झण्डा लिएर राजविराजस्थित पार्टी कार्यालयबाट निस्केका कार्यकर्ताहरुले विभिन्न सरकारी कार्यालय तथा सार्वजनिक स्थानहरुमा कालो झण्डा गाड्दै संविधान दिवसलाई विरोधका रुपमा मनाउन सर्वसाधारणलाई आग्रह समेत गरे । 
    मोटरसाईकल र्‍याली समेत प्रर्दशन गरेका उनीहरुले संविधान सर्वस्विर्काय हुनु पर्ने भनी आफुहरुको शूरु देखी नै माग रहेपनि अहिले सम्म त्यस्को सुनवाई नगरिएकोले यस दिनलाई विरोेध गरेर कार्यक्रम गर्नू परेको बताएका छन् । 
    संविधानमा विभेदकारी प्रावधान सच्याउनु पर्ने र त्यसका लागी संशोधन नै आवश्यक रहेको कारण आफुहरुको माग पुृरा नहुन्जेल सरकारले संविधान दिवस मनाए पनि आफुहरुले विरोध जारी राख्ने उनीहरुको भनाइ छ । 
    यता सत्तारुढ गठबन्धनमा रहेका जनता समाजवादी पार्टी (जसपा) नेपालले पनि आईतवारै संविधान दिवसका दिन विरोध कार्यक्रम गरेको छ । 
    संविधानमा विभेदकारी प्रावधान राखिएकोले संविधान संशोधनको आवश्यकता विषयक अन्तरक्रिया कार्यक्रम गरी उनीहरुले संविधान संशोधन गरी शोषित पीडित, आदीवासी, जनजाती, दलित, मधेशी, लगायत समुदायको माग सम्बोधन गर्नु पर्ने माग गरेका छन् । 
    राजविराज नगरपालिकाको सभाकक्षमा जसपा नेपालका जिल्ला अध्यक्ष केदार यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथी राष्ट्रिय सभाका सदस्य एवं जसपाका कार्यकारणी समिती सदस्य मृगेन्द कुमार सिह यादव, प्रदेश सभा सदस्य मनिष सुमन, जसपाका प्रदेश सचिव दिनेश यादव लगायतले संविधानमा रहेका विभेदकारी प्रावधान हटाएर आफुहरुले अघि सारेका मागहरु सम्बोधन नगरिए सम्म विरोध जारी रहने उदघोष गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहमति कार्यान्वयनको माग गर्दै चन्द कार्यकर्ताद्वारा जिप्रकामा धर्ना
सहमति कार्यान्वयनको माग गर्दै चन्द कार्यकर्ताद्वारा जिप्रकामा धर्ना
सप्तरीको १८ वटै स्थानिय तहमा कोरोना संक्रमित, संक्रमितको संख्या २ सय ४८, निको हुने १ सय १८ जना
सप्तरीको १८ वटै स्थानिय तहमा कोरोना संक्रमित, संक्रमितको संख्या २ सय ४८, निको हुने १ सय १८ जना
राजविराज नगरपालिकाको न्यायिक  समितिबाट एक सय १७ वटा मुद्दा फछ्र्यौट 
राजविराज नगरपालिकाको न्यायिक  समितिबाट एक सय १७ वटा मुद्दा फछ्र्यौट 
जिम्मेवारी कसले लिने ?  विद्युत प्राधिकरणको बिल र  ई–सेवाको बिलमा फरक फरक रकम 
जिम्मेवारी कसले लिने ?  विद्युत प्राधिकरणको बिल र  ई–सेवाको बिलमा फरक फरक रकम 
सुरुङभित्रबाट मेकानिकल फोरम्यान सञ्जय साहसहित दुईको उद्धार उद्धार गरिएको खवर पाएपछी टोलवासी र आफन्तजन खुशी
सुरुङभित्रबाट मेकानिकल फोरम्यान सञ्जय साहसहित दुईको उद्धार उद्धार गरिएको खवर पाएपछी टोलवासी र आफन्तजन खुशी
पिएम कप प्रदेशस्तरिय छनोट खेलमा महोत्तरी र धनुषा बिजयी
पिएम कप प्रदेशस्तरिय छनोट खेलमा महोत्तरी र धनुषा बिजयी
कारागारका कर्मचारी बलात्कारको आरोपमा पूर्पक्षका लागि कारागार चलान
कारागारका कर्मचारी बलात्कारको आरोपमा पूर्पक्षका लागि कारागार चलान
२७ दिनमा ३५ जनाले गरे आत्महत्याका प्रयास, ६ जनाले गुमाए ज्यान, एकै दिन थप दुई युवाले गरे आत्महत्या
२७ दिनमा ३५ जनाले गरे आत्महत्याका प्रयास, ६ जनाले गुमाए ज्यान, एकै दिन थप दुई युवाले गरे आत्महत्या
हिन्दु धर्म र संस्कृति माथीको आक्रमण तत्कालन रोक्न माग
हिन्दु धर्म र संस्कृति माथीको आक्रमण तत्कालन रोक्न माग
जसपा केन्द्रिय सदस्य डा. बबीले पेस्तोल पड्काएपछी …
जसपा केन्द्रिय सदस्य डा. बबीले पेस्तोल पड्काएपछी …