हावाहुरीका कारण २५ लाख भन्दा बढीको केरा बगानमा क्षति

राजविराज राजविराज
|
मंगलबार, कार्तिक ९, २०७८
|
|
७५ पटक हेरिएको
Shares
हावाहुरीका कारण २५ लाख भन्दा बढीको केरा बगानमा क्षति

सारांश

  •     झण्डै १५ बिगहा क्षेत्रफलमा लगाइएको केरा बगानमा तयारी हुन लागेको ३५ सय केरा क्षति भएको छ ।
  •       दुई वर्ष अघि संचालनमा आएको सो केरा बगानमा २५ लाखभन्दा बढिको लगानी डुवेको फर्मका संचालक उमेश साहको भनाइ छ ।
  • उनले भने, “सुरुका वर्ष राम्रै कमाइ भएको तर, यस पटक हावाहुरी र वर्षाले लगानी समेत डुबायो ।

दैनिक समाचारदाता
राजविराज, ९ कात्तिक । 
    गत साता आएको अविरल वर्षासंगै चलेको हावहुरीका कारण सप्तरीको खडक नगरपालिका वडा नं. १० स्थित केरा बगानमा क्षति भएको छ । 
    झण्डै १५ बिगहा क्षेत्रफलमा लगाइएको केरा बगानमा तयारी हुन लागेको ३५ सय केरा क्षति भएको छ । 
    दुई वर्ष अघि संचालनमा आएको सो केरा बगानमा २५ लाखभन्दा बढिको लगानी डुवेको फर्मका संचालक उमेश साहको भनाइ छ । उनले भने, “सुरुका वर्ष राम्रै कमाइ भएको तर, यस पटक हावाहुरी र वर्षाले लगानी समेत डुबायो । घरका सबै जग्गा जमिन बैंककमा धितो राखेर ऋृण उठाएर बगानमै लगानी गरे तर, प्राकृतिक प्रकोपले सबै बर्वाद गरिदियो ।”
    बाली कृषि बिमाका लागि निवेदन दिदा हालसम्म त्यसको सुनुवाई नभएको उनले बताए । शिक्षण पेशा छोडेर कृषि पेशामा लागेकोमा अहिले पछुतो लागिरहेको उनको भनाइ छ । दश वर्ष शिक्षण पेशामा आवद्ध रहेका साहले कृषिमा राम्रो आम्दानी होला भन्ने सोचेका साथ सो पेशामा लागेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गरिव, विपन्न वर्गलाई निशुल्क कानुनी  सेवा दिन कानुनी कक्षको स्थापना
गरिव, विपन्न वर्गलाई निशुल्क कानुनी  सेवा दिन कानुनी कक्षको स्थापना
ठूलो परिमाणको गाजा बरामद, एक पक्राउ
ठूलो परिमाणको गाजा बरामद, एक पक्राउ
एन्फा सप्तरी लिग फुटबल प्रतियोगिता सुरु 
एन्फा सप्तरी लिग फुटबल प्रतियोगिता सुरु 
प्रेस युनियन सप्तरीद्वारा पत्रकार महासंघमा  निर्वाचित पदाधिकारीलाई सम्मान
प्रेस युनियन सप्तरीद्वारा पत्रकार महासंघमा  निर्वाचित पदाधिकारीलाई सम्मान
पाँच लाख भन्दा बढीको अवैध रेडिमेड कपडा बरामद
पाँच लाख भन्दा बढीको अवैध रेडिमेड कपडा बरामद
स्व. गजेन्द्र नारायण सिंहलाई सम्झिदै  निर्वाचित पदाधिकारीलाई सम्मान 
स्व. गजेन्द्र नारायण सिंहलाई सम्झिदै  निर्वाचित पदाधिकारीलाई सम्मान 
संघीय सरकारमा सप्तरीबाट दुई मन्त्री 
संघीय सरकारमा सप्तरीबाट दुई मन्त्री 
आन्दोलनले हटाएको राजतन्त्रको पुनःस्र्थापना  सम्भव छैन ः पूर्वप्रधानमन्त्री नेपाल 
आन्दोलनले हटाएको राजतन्त्रको पुनःस्र्थापना  सम्भव छैन ः पूर्वप्रधानमन्त्री नेपाल 
सर्पदंशबाट पीडित महिलाको मृत्यु पछि अस्पताल परिसर तनावग्रस्त
सर्पदंशबाट पीडित महिलाको मृत्यु पछि अस्पताल परिसर तनावग्रस्त
भ्रमण वर्षको अवसरमा प्रसिद्घ धार्मिक स्थलहरुमा सरसफाई 
भ्रमण वर्षको अवसरमा प्रसिद्घ धार्मिक स्थलहरुमा सरसफाई