बजाज युथ र छिन्नमस्ता बरहीबिरपुर सेमिफाईनलमा प्रवेश

राजविराज राजविराज
|
बिहिबार, कार्तिक ११, २०७८
|
|
७१ पटक हेरिएको
Shares
बजाज युथ र छिन्नमस्ता बरहीबिरपुर सेमिफाईनलमा प्रवेश

सारांश

  •     युवा शक्ति ष्स्क्लिव बिष्णुपुरद्वारा आयोजित उक्त प्रतियोगिताको पहिलो खेलमा टस जितेर रौतहट ११ ले निर्धारित २० ओभरमा ८ बिकेट गुमाई ९५ रनको योगफल खडा गरेको थियो ।
  • जसमा शनि साह २६ रन, नितेश यादब १५ रन अविजित र सुमित यादबले ११ रन जोडेका थिए ।
  • बलिँगतर्फ बजाजका बसिर अहमद ३, अनिल खरेल २ तथा राहुल मण्डल र बिबेक यादब १/१ बिकेट हात पारेका थिए ।

दैनिक समाचारदाता
राजविराज, ११ कात्तिक । 
    राजविराजमा जारि मिथिला कप सिजन ३ टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको बिहिवार सम्पन्न खेलमा बजाज युथ क्रिकेट एकेडमी तथा छिन्नमस्ता बरही सप्तरी सेमिफाईनलमा प्रवेश गरेको छ ।
    युवा शक्ति ष्स्क्लिव बिष्णुपुरद्वारा आयोजित उक्त प्रतियोगिताको पहिलो खेलमा टस जितेर रौतहट ११ ले निर्धारित २० ओभरमा ८ बिकेट गुमाई ९५ रनको योगफल खडा गरेको थियो । जसमा शनि साह २६ रन, नितेश यादब १५ रन अविजित र सुमित यादबले ११ रन जोडेका थिए । बलिँगतर्फ बजाजका बसिर अहमद ३, अनिल खरेल २ तथा राहुल मण्डल र बिबेक यादब १/१ बिकेट हात पारेका थिए ।
    जवाफमा बजाज ले १२ ओभरमा ७ बिकेट गुमाई बिजय हात पारेका थिए । जसमा बिबेक यादब ३६ राहुल मण्डल १५ अविजित र आशिष झा ले १७ रन जोडेका थिए । बलिँगतर्फ रौतहटका जितेन्द्र मुखिया ३, रंजित मुखिया २ र राजेश झा १ बिकेट लिएका थिए भने खेलको म्यान अफ दि म्याच बिजय टिमका बिबेक यादब घोषित भएको आयोजक समितिका उदित यादबले जानकारी दिए ।
    यस्तै बिहीबारै सम्पन्न दोश्रो चरणको खेलमा लहान क्रिकेट क्लब र छिन्नमस्ता बरही सप्तरीविचको खेलमा लहानले टस जितेर ब्याटिङ गर्दै सम्पुर्ण ओभर खेल्दै ८ विकेट गुमाएर १ सय रन बनायो । सोही खेलमा जित हाँसिल गर्ने लक्ष्य लिएर मैदानमा उत्रेका छिन्नमस्ता टिमले १२ ओभरमै ३ विकेट मात्र गुमाएर १ सय ३ रन बनाउदै विजयी हासिल गर्‍यो ।
    सो खेलमा आदिल अंसारीको विस्फोटक ब्याटिङले छिन्नमस्ता टिम विजय भएको खेलका प्राविधिक उदित यादवले जानकारी दिए । सो खेलमा छिन्नमस्ता टिमका आदिल असांरी घोषित भएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चाडपर्वमा सस्तो पसल संचालनमा आउन सकेन
चाडपर्वमा सस्तो पसल संचालनमा आउन सकेन
धान रोपेर दही, च्युरा र आँप खाँदै दिवस मनाइयो
धान रोपेर दही, च्युरा र आँप खाँदै दिवस मनाइयो
सप्तकोशीमा पानीको बहाव बढेसँगै  गोबरगाढाका ७५ परिवार बिस्थापित
सप्तकोशीमा पानीको बहाव बढेसँगै  गोबरगाढाका ७५ परिवार बिस्थापित
बहुविवाहका फरार प्रतिवादी पक्राउपछि जेल चलान
बहुविवाहका फरार प्रतिवादी पक्राउपछि जेल चलान
बौद्धिक अपाङ्गता भएका बालबालिका बीच शुभकामना आदान प्रदान
बौद्धिक अपाङ्गता भएका बालबालिका बीच शुभकामना आदान प्रदान
उपचार खर्च तिर्न नसक्दा शव तीन दिनदेखी अस्पतालमै
उपचार खर्च तिर्न नसक्दा शव तीन दिनदेखी अस्पतालमै
वैद्य–प्रकाश मानवअधिकार पुरस्कारबाट थानसिंह भंसाली सम्मानित, मैथिली गीत गायनतर्फ कञ्चन झा पुरस्कृत
वैद्य–प्रकाश मानवअधिकार पुरस्कारबाट थानसिंह भंसाली सम्मानित, मैथिली गीत गायनतर्फ कञ्चन झा पुरस्कृत
चाड पर्वमा सुरक्षित यात्राका लागि प्रहरीद्वारा शुभकामना
चाड पर्वमा सुरक्षित यात्राका लागि प्रहरीद्वारा शुभकामना
सप्तरीका अधिकांश सडकको अवस्था वेहाल, सडकको पानीले निकास नपाउँदा सडक मै पानी….
सप्तरीका अधिकांश सडकको अवस्था वेहाल, सडकको पानीले निकास नपाउँदा सडक मै पानी….
प्रदेश सभा सदस्यका लागि एमालेबाट लेखी सशक्त दाबेदार
प्रदेश सभा सदस्यका लागि एमालेबाट लेखी सशक्त दाबेदार