पर्साले हात पा¥यो एक लाखसहित मिथिला कप

राजविराज राजविराज
|
मंगलबार, कार्तिक १६, २०७८
|
|
१५२ पटक हेरिएको
Shares
पर्साले हात पा¥यो एक लाखसहित मिथिला कप

सारांश

  •     सोमबार राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसको खेल मैदानमा भएको फाइनल खेलमा घरेलु टोली छिन्नमस्ता स्पोर्टस क्लब बरहीविरपुर सप्तरीलाई ५९ रनले हराउँदै युनाइटेड क्रिकेट क्लब पर्साले उक्त उपाधी हात पारेको हो ।
  • उपाधीसँगै पर्साले नगद एक लाख पनि पाएको छ ।
  •       टस हारेर ब्याटिङ गर्ने अवसर पाएको पर्साले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै १ सय ६१ रन बनाएको थियो ।

दैनिक समाचारदाता
राजविराज, १५ कात्तिक । 
    राजविराजमा संचालित सिजन ३ मिथिला कप क्रिकेट प्रतियोगिताको उपाधी पर्साले हात पारेको छ । 
    सोमबार राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसको खेल मैदानमा भएको फाइनल खेलमा घरेलु टोली छिन्नमस्ता स्पोर्टस क्लब बरहीविरपुर सप्तरीलाई ५९ रनले हराउँदै युनाइटेड क्रिकेट क्लब पर्साले उक्त उपाधी हात पारेको हो । उपाधीसँगै पर्साले नगद एक लाख पनि पाएको छ ।  
    टस हारेर ब्याटिङ गर्ने अवसर पाएको पर्साले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै १ सय ६१ रन बनाएको थियो । पर्साका लागि सन्तोष कार्कीले सर्वाधिक ३९, सैफअली हवारीले ३३, नरेश गिरीले २७ र इमरान शेखले १८ रनको योगदान दिएका थिए । बलिङतर्फ सप्तरीका उपेन्द्र रायले ३, महबुब आलम र दिनेश अधिकारीले समान २÷२ विकेट लिएका थिए ।
    एक सय ६२ रनको बिजयी लक्ष्य लिएर जवाफि ब्याटिङमा उत्रेको सप्तरीले १८ दशमलव ५ ओभरमै १ सय २ रन मात्र बनाउन सफल भएको थियो । सप्तरीका लागि रोहन बिक सर्वाधिक ३५, हासिम अन्सारी १८, सेना अनसारी १७ र आदिल अनसारीले १३ रनको योगदान दिएका थिए । 
    पर्साका लागि घातक बलिङ गर्दै राजा मंसुरीले ४ र अल्फाज मन्सुरीले ३ विकेट लिएका थिए । यस्तै नरेश गिरी र इमरान शेखले समान १÷१ विकेट बाडेका थिए । 
    फाइनल खेलको म्यान अफ दि म्याच राजा मन्सरी घोषित भए । यस्तै छिन्नमस्ता स्पोर्टस क्लब सप्तरीका आदिल अन्सारी म्यान अफ दि सिरिज घोषित भए । बेष्ट बलरमा रन्जितपुर राइडर्स सप्तरीका बिक्रान्त देव र बेष्ट ब्याट्सम्यानमा सोही टिमका पंकज देव घोषित भए । 
    प्रतियोगिता समाप्तिपछि आयोजक यूवा शक्ति क्लब बिष्णुपुरका अध्यक्ष रबिन्द्र यादवको अध्यक्षतामा आयोजित पुरस्कार बितरण समारोहमा प्रमुख अतिथि प्रदेश २ का अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, विष्णुपुर गाउँपालिकाका प्रमुख निलाम्बर यादव, राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहले बिजेता उपबिजेता टिमलाई पुरस्कार बितरण गरेका थिए ।       

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विवाह दर्ता र नागरिकता बनाईदिन  आग्रह गर्दा पतिद्वारा फोनबाटै ‘तलाक’
विवाह दर्ता र नागरिकता बनाईदिन  आग्रह गर्दा पतिद्वारा फोनबाटै ‘तलाक’
कोरोना पोजेटिभ पाइएका व्यक्तिको घर रहेको सप्तरीको दुई स्थानीय तहको दुई वडा शिल
कोरोना पोजेटिभ पाइएका व्यक्तिको घर रहेको सप्तरीको दुई स्थानीय तहको दुई वडा शिल
राजविराजमा राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सुरु
राजविराजमा राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सुरु
प्रदेश २ का सबै क्रिकेट खेलाडीको कोरोना बिमा गरिने 
प्रदेश २ का सबै क्रिकेट खेलाडीको कोरोना बिमा गरिने 
दुई महिनामै सहुलियत दरको जनस्वास्थ्य प्रयोगशालामा आकर्षण घट्दै
दुई महिनामै सहुलियत दरको जनस्वास्थ्य प्रयोगशालामा आकर्षण घट्दै
राजपाद्वारा प्रदर्शन
राजपाद्वारा प्रदर्शन
सप्तरीको चार क्षेत्र मध्ये तीन वटामा काँग्रेसको  संस्थापन पक्ष र एकमा संस्थापन इतर
सप्तरीको चार क्षेत्र मध्ये तीन वटामा काँग्रेसको  संस्थापन पक्ष र एकमा संस्थापन इतर
सडेगलेको अवस्थामा महिलाको शव फेला 
सडेगलेको अवस्थामा महिलाको शव फेला 
विटौरी जग्गाको समस्या समाधान  बारे मधेश सरकारको ध्यानाकर्षण 
विटौरी जग्गाको समस्या समाधान  बारे मधेश सरकारको ध्यानाकर्षण 
स्वामी विवेकानन्द संस्कृति ज्ञान  प्रतियोगिता २०७६ हुने
स्वामी विवेकानन्द संस्कृति ज्ञान  प्रतियोगिता २०७६ हुने