बन्दका कारण यातायात र शिक्षण संस्था ठप्प 

राजविराज राजविराज
|
बुधबार, मंसिर १, २०७८
|
|
३७ पटक हेरिएको
Shares
बन्दका कारण यातायात र शिक्षण संस्था ठप्प 

सारांश

  •     पेट्रोलियम पदार्थमा भएको मुल्यबृद्धिको बिरोधमा गरिएको नेपाल बन्दका कारण लामो तथा छोटो दुरीका यातायात र शिक्षण संस्थामा भने पूर्ण रुपमा बन्द रहेको थियो ।
  •       सप्तरी सदरमुकाम राजविराजबाट चल्ने लामो तथा छोटो दुरीका यात्रुबाहक बस र माइक्रो संचालनमा आएनन् भने शिक्षण संघसंस्थाहरु पूर्ण रुपमा ठप्प रहे ।
  • यद्दपी मुख्य बजार र ग्रामिण क्षेत्रमा छोटो दुरीमा चल्ने टेम्पो र सिटी रिक्सा फाटफुट रुपमा संचालनमा देखियो ।

दैनिक समाचारदाता
राजविराज, ३० कात्तिक । 
    विप्लव नेतृत्वको नेकपाले मंगलबार आह्वान गरेको नेपाल बन्दका कारण सप्तरीको जनजिवन आंशिक रुपमा प्रभावित भएको छ । 
    पेट्रोलियम पदार्थमा भएको मुल्यबृद्धिको बिरोधमा गरिएको नेपाल बन्दका कारण लामो तथा छोटो दुरीका यातायात र शिक्षण संस्थामा भने पूर्ण रुपमा बन्द रहेको थियो । 
    सप्तरी सदरमुकाम राजविराजबाट चल्ने लामो तथा छोटो दुरीका यात्रुबाहक बस र माइक्रो संचालनमा आएनन् भने शिक्षण संघसंस्थाहरु पूर्ण रुपमा ठप्प रहे । यद्दपी मुख्य बजार र ग्रामिण क्षेत्रमा छोटो दुरीमा चल्ने टेम्पो र सिटी रिक्सा फाटफुट रुपमा संचालनमा देखियो । 
    यता बन्दको असर कलकारखाना, उद्योगधन्दा, पसल र बजारमा आंशिक देखिए पनि पार्टीका स्थानिय नेता÷कार्यकर्ता सडकमा कमै देखिए पनि फोन मार्फत बन्दको अवज्ञा नगर्न सचेत गराएपछि यातायात र शिक्षण संस्थामा असर परेको हो ।
    पेट्रोलियम पदार्थमा पटक पटक मुल्य बृद्धि हुँदा हरेक क्षेत्रमा महँगीको असर परेकाले मुल्यबृद्धि फिर्ता नलिए आन्दोलन थप सशक्त बनाउँदै लैजाने सो पार्टीका नेता÷कार्यकर्ताले बताएका छन् । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देश कंगाल, नेता मालामाल बन्दै गएका छन् ः आजपा अध्यक्ष साह  
देश कंगाल, नेता मालामाल बन्दै गएका छन् ः आजपा अध्यक्ष साह  
पचहत्तर शैय्याको कार्डिक सेन्टर र एनेक्स भवनको शिलान्यास
पचहत्तर शैय्याको कार्डिक सेन्टर र एनेक्स भवनको शिलान्यास
मानव बेचबिखन मुद्दामा कैद सजाय पाएर फरार  प्रतिबादी पक्राउ 
मानव बेचबिखन मुद्दामा कैद सजाय पाएर फरार  प्रतिबादी पक्राउ 
सत्तारुढ गठबन्धनका साझा उम्मेदवार ठाकुरले  सार्वजनिक गरे स्थानियस्तरका २६ बुँदे प्रतिबद्धता पत्र
सत्तारुढ गठबन्धनका साझा उम्मेदवार ठाकुरले  सार्वजनिक गरे स्थानियस्तरका २६ बुँदे प्रतिबद्धता पत्र
प्रमुखमाथी भएको दुव्र्यवहार तथा  हातपातको बिरोध गर्दै स्थानिय तह बन्द
प्रमुखमाथी भएको दुव्र्यवहार तथा  हातपातको बिरोध गर्दै स्थानिय तह बन्द
अपहरण मुद्दामा ९ वर्ष कैद सजाय पाएका  फरार अभियुक्त १० वर्षपछि पक्राउ
अपहरण मुद्दामा ९ वर्ष कैद सजाय पाएका  फरार अभियुक्त १० वर्षपछि पक्राउ
सप्तरीमा १० हजार भन्दा बढीको स्वाब संकलन, थप १२ जनामा कोरोना पुष्टि
सप्तरीमा १० हजार भन्दा बढीको स्वाब संकलन, थप १२ जनामा कोरोना पुष्टि
मोटरसाइकल दुर्घटनामा आमा छोरीसहित तीन जना घाइते
मोटरसाइकल दुर्घटनामा आमा छोरीसहित तीन जना घाइते
घरपटीलाई कोठामै थुनेर लाखौंको धनमाल चोरी
घरपटीलाई कोठामै थुनेर लाखौंको धनमाल चोरी
दृष्टिविहिन भोल्वी विचल्लीमा