दरभंगाकी मेयरलाई राजविराज नगरपालिकाद्वारा अभिनन्दन

राजविराज राजविराज
|
आइतबार, माघ २३, २०७८
|
|
४८ पटक हेरिएको
Shares
दरभंगाकी मेयरलाई राजविराज नगरपालिकाद्वारा अभिनन्दन

सारांश

  •     राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवलले नगरपालिकामा आयोजित एक कार्यक्रमबीच उनलाई अभिनन्दन गरेका हुन् ।
  •       अभिनन्दन समारोहमा बोल्दै दरभंगाकी मेयर मुन्नी देवीले नेपाल भारतबीच रहेको घनिष्ट सम्बन्धलाई अझै प्रगाढ बनाउनका लागि आफूले सक्दो प्रयास गर्ने बताइन् ।
  •       रोटी बेटीको सम्बन्धलाई अझै घनिष्ट बनाउनका लागि आफ्नो क्षेत्रबाट सदा प्रयत्नशिल रहने बताउँदै उनले सप्तरी र भारतको सीमावर्ती कुनौली बजार क्षेत्र जोड्ने जीर्ण पुलको मरमत सम्भार गरी नयाँ संरचनाको नेपाल भारतमैत्री पुल निर्माणका लागि आफूले पहल गर्ने समेत बताइन् ।

दैनिक समाचारदाता
राजविराज, २३ माघ । 

    राजविराज नगरपालिकाले छिमेकी मुलुक भारत बिहार राज्य अन्तरगत दरभंगाकी मेयर मुन्नी देवीलाई आइतबार अभिनन्दन गरेको छ । 
    राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवलले नगरपालिकामा आयोजित एक कार्यक्रमबीच उनलाई अभिनन्दन गरेका हुन् । 
    अभिनन्दन समारोहमा बोल्दै दरभंगाकी मेयर मुन्नी देवीले नेपाल भारतबीच रहेको घनिष्ट सम्बन्धलाई अझै प्रगाढ बनाउनका लागि आफूले सक्दो प्रयास गर्ने बताइन् । 
    रोटी बेटीको सम्बन्धलाई अझै घनिष्ट बनाउनका लागि आफ्नो क्षेत्रबाट सदा प्रयत्नशिल रहने बताउँदै उनले सप्तरी र भारतको सीमावर्ती कुनौली बजार क्षेत्र जोड्ने जीर्ण पुलको मरमत सम्भार गरी नयाँ संरचनाको नेपाल भारतमैत्री पुल निर्माणका लागि आफूले पहल गर्ने समेत बताइन् । 
    अभिनन्दन समारोहमा राजविराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादवले दुई छिमेकी मुलुकबीचको सम्बन्धलाई विगार्न विभिन्न चलखेल हुने गरेको बताउँदै यसबाट दुई देशका नागरिक सचेत हुनुपर्नेमा जोड दिए ।
    कार्यक्रममा नेपाल भारत मैत्री संघ सप्तरीका अध्यक्ष मनोज मुन्धडाले पाहुना भारतीय मेयरलाई मायाको चिनो प्रदान गरे । कार्यक्रममा पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देव, समाजसेवी उमेश साह लगायतले पनि शुभकामना दिएका थिए । यसअघि मेयर मुन्नी देवीले सप्तरीको प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिरमा पुगेर पुजापाठ गरेकी थिइन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तकोशीको ४१ वटा ढोका खोलिए
सप्तकोशीको ४१ वटा ढोका खोलिए
फोरम सप्तरीको पालिका स्तरीय  अधिवेशन वैशाख ५ भित्र गरिने निर्णय  
फोरम सप्तरीको पालिका स्तरीय  अधिवेशन वैशाख ५ भित्र गरिने निर्णय  
तिलाठीमा बर्थिङ सेन्टरसहितको स्वास्थ्य  चौकी र वडा कार्यालय निर्माण हुने
तिलाठीमा बर्थिङ सेन्टरसहितको स्वास्थ्य  चौकी र वडा कार्यालय निर्माण हुने
चैत ९ देखी अत्यावश्यक सेवा बाहेक सबै बन्द, १० देखी लामो दुरीको सवारी संचालनमा रोक
सप्तरीका ४ सय ३९ सामुदायिक विद्यालयका एक लाख भन्दा बढी विद्यार्थी पढाईबाट बञ्चित
सप्तरीका ४ सय ३९ सामुदायिक विद्यालयका एक लाख भन्दा बढी विद्यार्थी पढाईबाट बञ्चित
नेताको सम्पत्ति अनुसन्धान, अनुगमन र छानविन
नेताको सम्पत्ति अनुसन्धान, अनुगमन र छानविन
पानीको समस्या समाधान गर्न प्रजिअद्वारा  स्थलगत निरिक्षणका साथै निर्देशन
पानीको समस्या समाधान गर्न प्रजिअद्वारा  स्थलगत निरिक्षणका साथै निर्देशन
सप्तरीमा २० हजारको हाराहारीमा एकल  महिला भएको तथ्याङ्क सार्वजनिक
सप्तरीमा २० हजारको हाराहारीमा एकल  महिला भएको तथ्याङ्क सार्वजनिक
प्रदेश स्तरीय महिला क्रिकेटमा सर्लाही र बारा बिजयी 
प्रदेश स्तरीय महिला क्रिकेटमा सर्लाही र बारा बिजयी 
राजविराज कारागारबाट पाँच कैदीबन्दी रिहा
राजविराज कारागारबाट पाँच कैदीबन्दी रिहा