मालपोत कार्यालय राजविराजमा  अनलाइन प्रणाली सुरु हुँदै

राजविराज राजविराज
|
बिहिबार, माघ १७, २०७५
|
|
११६ पटक हेरिएको
Shares
मालपोत कार्यालय राजविराजमा  अनलाइन प्रणाली सुरु हुँदै

सारांश

  •     मालपोत कार्यालयका प्रमुख सिकेन्द्र प्रसादले नेपालका ५० मालोपोत कार्यालयमा अनलाइन प्रणाली लागु भइसकेको जानकारी दिँदै सप्तरीको राजविराज मालपोत कार्यालयमा अनलाइन प्रणाली लागु भएपछि जनताले सजिलैसँगै काम गर्न गराउने सक्ने बताए ।
  •       अहिले हुने गरेको कामकाज अलि जटिल रहेकोले अनलाइन प्रणालीबाट ग्राहक आफै पनि फारम भरेर जग्गा किनबेच, नामसारी लगायतका काम गर्न सक्ने बताए ।
  •       अनलाइन प्रणालीमा जग्गाधनीहरुले आफ्नो विवरण तथा खरीद बिक्रि गर्नेको विवरण, लिखत अधिकृत वारिसबाट गरिने विवरण, जग्गाको विवरण, कित्ताको विवरण, संरक्षक लगायतकाको विवरण भर्न सक्ने प्रावधान गरिएको उनले बताए ।

दैनिक समाचारदाता
राजविराज, १६ माघ ।
    भुमिसुधार तथा तथा मालपोत कार्यालय राजविराजले शुक्रबारदेखी अनलाइन प्रणाली सुरु गर्ने भएको छ । 
    मालपोत कार्यालयका प्रमुख सिकेन्द्र प्रसादले नेपालका ५० मालोपोत कार्यालयमा अनलाइन प्रणाली लागु भइसकेको जानकारी दिँदै सप्तरीको राजविराज मालपोत कार्यालयमा अनलाइन प्रणाली लागु भएपछि जनताले सजिलैसँगै काम गर्न गराउने सक्ने बताए । 
    अहिले हुने गरेको कामकाज अलि जटिल रहेकोले अनलाइन प्रणालीबाट ग्राहक आफै पनि फारम भरेर जग्गा किनबेच, नामसारी लगायतका काम गर्न सक्ने बताए । 
    अनलाइन प्रणालीमा जग्गाधनीहरुले आफ्नो विवरण तथा खरीद बिक्रि गर्नेको विवरण, लिखत अधिकृत वारिसबाट गरिने विवरण, जग्गाको विवरण, कित्ताको विवरण, संरक्षक लगायतकाको विवरण भर्न सक्ने प्रावधान गरिएको उनले बताए ।
    यसअघि सप्तरीको कंचनरुप नगरपालिकास्थित कंचनपुर मालपोत कार्यालय अनलाइन प्रणाली दुई महिना अघि नै सूचारु भइसकेको उनले जानकारी दिए ।  
    यता लेखापढी संघका पूर्व अध्यक्ष जयनारायण देवले अनलाईन प्रणालीमा बिटोरी र गाउँ ब्लकका जग्गा बारे कुनै विवरण उल्लेख नभएकोले यसप्रति कार्यालय जवाफदेहीता बन्नु पर्ने बताए । 
    सप्तरीमा २५ प्रतिशत गाउँ ब्लक र १० प्रतिशत जग्गा बिटोरी नै रहेकोले ती जग्गावालाहरुलाई आउने समस्याप्रति कार्यालय गम्भिर हुनुपर्ने जिकिर गरे । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टेलर्समा आगलागीहुँदा २२ लाखको क्षती, एक दर्जन बढी कामदार समस्यामा
टेलर्समा आगलागीहुँदा २२ लाखको क्षती, एक दर्जन बढी कामदार समस्यामा
एसइई परिक्षाको पहिलो दिन सप्तरीमा २ सय एक परीक्षार्थी अनुपस्थित, एक कैदीबन्दी र दुई थुनुवाले समेत दिँदै परिक्षा
एसइई परिक्षाको पहिलो दिन सप्तरीमा २ सय एक परीक्षार्थी अनुपस्थित, एक कैदीबन्दी र दुई थुनुवाले समेत दिँदै परिक्षा
खडेरीको मारमा परेका किसानलाई लक्षित गरि खाडोको पानी बाधेर खेत खेतमा पु¥याइयो
खडेरीको मारमा परेका किसानलाई लक्षित गरि खाडोको पानी बाधेर खेत खेतमा पु¥याइयो
कार्यालयको पर्खालमा कोरिदै मिथिला चित्रकला  
कार्यालयको पर्खालमा कोरिदै मिथिला चित्रकला  
चामलसँगै बोरा भित्र ठूलो परिमाणमा लागु औषध बरामद, दुई पक्राउ
चामलसँगै बोरा भित्र ठूलो परिमाणमा लागु औषध बरामद, दुई पक्राउ
ओमशान्ति मिडियाले दुई पत्रिका बजारमा ल्याउँदै
ओमशान्ति मिडियाले दुई पत्रिका बजारमा ल्याउँदै
नेतृत्व तहमा बोली र व्यवहार फरक हुँदा नागरिकमा वितृष्णा बढ्यो ः मन्त्री लेखी
नेतृत्व तहमा बोली र व्यवहार फरक हुँदा नागरिकमा वितृष्णा बढ्यो ः मन्त्री लेखी
ठूलो परिमाणको पटाका बरामदपछि नष्ट
ठूलो परिमाणको पटाका बरामदपछि नष्ट
संगिता बलात्कार तथा आत्महत्या  प्रकरणमा दुई मुख्य आरोपी पक्राउ
संगिता बलात्कार तथा आत्महत्या  प्रकरणमा दुई मुख्य आरोपी पक्राउ
माग सम्बोधन नभए निर्वाचन प्रक्रिया रोक्ने जनमतको चेतावनी
माग सम्बोधन नभए निर्वाचन प्रक्रिया रोक्ने जनमतको चेतावनी