एकै दिन दुई हजार ४ सय भन्दा बढीले म्यादी प्रहरीका लागि आवदेन फारम लिए

राजविराज राजविराज
|
आइतबार, चैत्र ६, २०७८
|
|
४५ पटक हेरिएको
Shares
एकै दिन दुई हजार ४ सय भन्दा बढीले म्यादी प्रहरीका लागि आवदेन फारम लिए

सारांश

  •     २०७९ साल बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि सप्तरीमा ३ हजार १ सय ३९ म्यादी प्रहरीको माग गरिएको छ ।
  •       पहिलो दिनमै २ हजार ४ सय भन्दा बढीले म्यादी प्रहरी भर्नाका लागि आवेदन फारम बितरण भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
  • उनले आवेदन दर्ता गराएपछि चैत २२ मा नतिजा र चैत २८ देखी प्रशिक्षण कार्य सुरु गर्ने तालिका रहेको जानकारी पनि दिए ।

दैनिक समाचारदाता
राजविराज, ६ चैत । 
    स्थानिय निर्वाचनका लागि म्यादी प्रहरीको आवेदन खुलेको पहिलो दिन आइतबार सप्तरीमा २ हजार भन्दा बढीले आवेदन फारम बितरण भएको छ ।      
    २०७९ साल बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि सप्तरीमा ३ हजार १ सय ३९ म्यादी प्रहरीको माग गरिएको छ । 
    पहिलो दिनमै २ हजार ४ सय भन्दा बढीले म्यादी प्रहरी भर्नाका लागि आवेदन फारम बितरण भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । उनले आवेदन दर्ता गराएपछि चैत २२ मा नतिजा र चैत २८ देखी प्रशिक्षण कार्य सुरु गर्ने तालिका रहेको जानकारी पनि दिए । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीबाट आवेदन फारम बितरण गर्ने कार्य सुरु भएपछि भिड नियन्त्रण गर्ने कार्यमा समस्या देखिएकोले राजरंगशालामा आवेदन फारम बितरण गर्ने व्यवस्था मिलाइएको थियो । 
    तर, त्यहा पनि भिड उर्लिएपछि एसपी अभिनारायण काफ्ले र डिएसपी माधवप्रसाद काफ्ले आफै पुगेर भिड व्यवस्थापन गर्दै फारम बितरणको ब्यवस्था मिलाएका थिए । 
    प्रहरी प्रधान कार्यालय नक्सालले मंगलबार सूचना जारी गर्दै चैत ६ देखि ११ गतेसम्म दरखास्त दिने म्याद तोकेको छ । 
    म्यादी प्रहरीमा भर्ना हुनका लागि नेपाली नागरिक हुनुपर्ने, फौजदारी अभियोग लागेको नहुनुपर्ने, कुनै राजनीतिक दलको सदस्य हुनु नहुने, शारीरिक र मानसिकरुपले तन्दुरुस्त हुनुपर्ने लगायतका मापदण्ड राखिएको छ भने म्यादी प्रहरी भर्नाका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पूर्वसुरक्षाकर्मीलाई प्राथमिकता दिइएको छ । उनीहरुको सेवा अवधि ४० दिन रहेनछ । म्यादी प्रहरीका लागि प्रहरी जवानको तलब सरह (आधारभूत तलब महिनाको २२,६८० रुपैयाँ) ले ३० हजार २४० रुपैयाँ तोकिएको छ ।
    त्यस्तै खाद्यान्नवापत एकमुष्ठ ७ हजार २०० रुपैयाँ र पोशाक र अन्य सामग्री खरिदका लागि प्रतिव्यक्ति ६ हजार रुपैयाँका दरले थप रकम उपलब्ध गराइने र निर्वाचनमा खटिने कर्मचारीका लागि तयारी रुवरुप खटाइएको ठाउँमा आउन जान थप एक हजार रुपैयाँ उपलब्ध गराइने जनाइएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशी पीडित समाजको २०औं साधारण सभा सम्पन्न
कोशी पीडित समाजको २०औं साधारण सभा सम्पन्न
बच्चाको विषयमा झगडा, कुटपिट हुँदा  दुई जना घाइते, ट्याक्टर चालक कुटिए 
बच्चाको विषयमा झगडा, कुटपिट हुँदा  दुई जना घाइते, ट्याक्टर चालक कुटिए 
अझै फेला परेनन् एक सय ११ जना  बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
अझै फेला परेनन् एक सय ११ जना  बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
जलवायु परिवर्तनको चुनौति र स्थानीय तहको भूमिका
जलवायु परिवर्तनको चुनौति र स्थानीय तहको भूमिका
सेवा निबृत हुन दुई दिन बाँकी रहेका नासु मण्डल अख्तियारद्वारा पक्राउ 
सेवा निबृत हुन दुई दिन बाँकी रहेका नासु मण्डल अख्तियारद्वारा पक्राउ 
बिकास र समृद्विको महत्वपुर्ण आधार  कृषि नै हो ः कृषि मन्त्री साह 
बिकास र समृद्विको महत्वपुर्ण आधार  कृषि नै हो ः कृषि मन्त्री साह 
ग्यास सिलिण्डर सहज रुपमा बिक्रि बितरण नगरिए कारवाही ः जिप्रका
ग्यास सिलिण्डर सहज रुपमा बिक्रि बितरण नगरिए कारवाही ः जिप्रका
उपचार खर्च माग्दै पीडित परिवार तथा  आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
उपचार खर्च माग्दै पीडित परिवार तथा  आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
मैथिली भाषाले समुचित स्थान पाउन नसकेकोप्रति दुःख व्यक्त
खेतमा साग टिप्न गएकी महिलाको बियरको बोतल प्रहार गरि हत्या
खेतमा साग टिप्न गएकी महिलाको बियरको बोतल प्रहार गरि हत्या

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?