दैनिक समाचारदाता
राजविराज, १० चैत ।
जिल्लाकै सर्वाधिक पुरस्कार राशी भएको मेयर कप सप्तरी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको चौंथो संस्करण बिहीबारदेखी राजविराजमा सुरु भएको छ ।
प्रतियोगिताको नगर प्रमुख शम्भु प्रसाद यादवले ब्याटिंग तथा उपप्रमुख साधना झाले बलिङ्ग गर्दै उदघाटन गरेका छन् । दुई पटक नो बल फ्यालेकी उपप्रमुख झाले तेश्रो बलमा भने नगर प्रमुख यादवलाई क्लिन बोल्ड गरिन् ।
प्रतियोगिताको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन बजाज खडक वारियर्सले राजविराज ब्रर्दशलाई चार विकेटले पराजित गर्दै विजयी शूरुआत गरेको छ ।
टस जितेर ब्याटिङ्ग रोजेको राजविराज ब्रर्र्दशले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १ सय ३९ रन जोडेको थियो । जसमा अमित कुमार यादवले सर्वाधिक ३९, निरज यादवले २६ र प्रसान्त सिंहले २७ (अविजित) रनको योगदान गरे । बलिङ्ग तर्फ बजाज खडक वारियर्सका अरनिको यादव र रोविन सिंहले समान ३÷३ विकेट बाँडेका थिए ।
एक सय ४० रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रेका बजाज खडक वारियर्स १८ दशमलव ५ ओभर मै विजयी लक्ष्य भेटाएको थियो । बजाज खडकका लागी राहुल मण्डलले सर्वाधिक ६६, अरनिको यादव ५० (अविजित) र श्रवण यादवले ११ (अविजित) रनको योगदान दिए ।
बलिङ्ग तर्फ राजविराज ब्रर्दशका लागी अनुज कुमार चनरा र दिपेश कँडेलले समान २÷२ विकेट लिएका थिए । उक्त खेलको म्यान अफ द म्याच विजयी टिमका अरनिको यादव घोषित भए ।
प्रतियोगिताको विजेताले ट्रफिसहित ३ लाख र उप विजेताले १ लाख ५० हजार रुपैया पुरस्कार स्वरुप पाउनेछन ।
राजविराज नगरपालिकाको प्रमुख सहयोग तथा क्रिकेट संघ सप्तरीको आयोजनामा संचालित प्रतियोगितामा खडक नगरपालिका, तिलाठी कोईलाडी गाउँपालिका, आईडियल सहकारी संस्था लि, प्रमजल पानी उधोग लगायतका संघ संस्थाले पनि सहयोग गरेको आयोजक क्रिकेट संघ सप्तरीका अध्यक्ष आयुष श्रेष्ठले जानकारी दिए ।
चैत १६ गतेसम्म चल्ने प्रतियोगितामा बजाज खडक वारियर्स, टिभिएस किंग्स राजविराज, राजविराज ब्रर्दश, राजविराज किंग्स र तिलाठी कोईलाडी जायन्टस गरी कुल पाँच टिमको सहभागिता रहेको छ ।
करिब ५० लाख खर्च हुने अनुमान गरिएको प्रतियोगितामा सहभागि टिमका खेलाडीहरुको डाक बढाबढ अक्सन मार्फत छनौट गरिएको थियो ।
प्रतियोगितामा प्रत्येक टिममा राष्ट्रिय र स्थानीय खेलडीहरुको मिश्रण गरी टिम तयार पारिएको छ । प्रतियोगिताको निर्णायक तथा स्कोररमा कमलेश ठाकुृर, योगेश देव, निरज सिंह, मुकेश साह, शम्भु दास, पवन दास लगायतको प्राविधीक रहेको आयोजक समितीले जनाएको छ ।
क्रिकेट संघ सप्तरीका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा आयोजित उदघाटन समाहरोमा नगर प्रमुख यादव, उपप्रमुख झा, प्रजिअ जर्नादन गौतम, नेपाल खेलकुद पत्रकार मंच सप्तरीका अध्यक्ष मनोज माझी, प्रेस मंचका महासचिव अवधेश झा लगायतको उपस्थिती रहेको थियो ।
सर्वाधिक पुरस्कार राशी भएको मेयर कप लिग सुरु उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन बजाज खडक बिजयी
सारांश
- प्रतियोगिताको नगर प्रमुख शम्भु प्रसाद यादवले ब्याटिंग तथा उपप्रमुख साधना झाले बलिङ्ग गर्दै उदघाटन गरेका छन् ।
- दुई पटक नो बल फ्यालेकी उपप्रमुख झाले तेश्रो बलमा भने नगर प्रमुख यादवलाई क्लिन बोल्ड गरिन् ।
- प्रतियोगिताको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन बजाज खडक वारियर्सले राजविराज ब्रर्दशलाई चार विकेटले पराजित गर्दै विजयी शूरुआत गरेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया