दैनिक समाचारदाता
राजविराज, १२ जेठ ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले डोम समुदायकी एकल महिलालाई प्रमुख अतिथी बनाउदै बिहीबार सपथ तथा पदभार ग्रहण गरेका छन् ।
छिन्नमस्ता ३ स्थित गोविन्दपुरकी डोम समुदायकी ५० वर्षिया एकल महिला राजोदेवी मरिकलाई प्रमुख अतिथी बनाएर गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष विद्यानन्द चौधरीले सपथ तथा पदभार ग्रहण गरेका हुन् ।
प्रमुख अतिथी मरिकले दिप प्रज्वलन गर्दै समारोहको उद्घाटन गरिन् । यी दृश्यले डोम जातीलाई छुन नहुने मान्यतालाई ख्स्निरुत्साहित गर्न हौसला समेत बढाएको छ ।
नवअध्यक्ष विद्यानन्द चौधरीले डोम समुदायलाइ पनि सम्मान गर्ने तथा जातीय छुवाछुत प्रथालाई निरुत्साहित गर्ने उद्देश्यले मरिकलाई प्रमुख अतिथी बनाइएको स्पष्ट पारेका छन् ।
उनले प्रमुख अतिथी मरीकलाई आफ्नो छेऊ मै वसाउँदै दोसल्ला ओढाए्र सम्मान समेत गरे । कार्यक्रममा सो गाउँपालिकास्थित प्रसिद्ध शक्तीपीठ छिन्नमस्ता भगवती मन्दिरका पिठाधिश महाकान्त ठाकुर तथा इस्लाम धर्मका मौलाना लगायतका धर्मगुरुहरुले नवनिर्वाचित पदाधिकारीहरुको कार्यकाल सफलताका लागी आर्शिबचन दिएका थिए ।
पदभार ग्रहणपछि नवनिर्वाचित अध्यक्ष चौधरीद्वारा गाउपालिका भित्रका सबै सामुदायिक विद्यालयहरुमा अंग्रेजी माध्यमबाट पठनपाठनको व्यवस्था मिलाउने पहिलो निर्णय गरिएको प्रमुख प्रशासकिय अधिकृत दिलीप यादवले जानकारी दिएका छन् ।
डोम एकल महिलालाई प्रमुख अतिथी बनाउँदै जनप्रतिनिधिद्वारा पदस्थापना
सारांश
- छिन्नमस्ता ३ स्थित गोविन्दपुरकी डोम समुदायकी ५० वर्षिया एकल महिला राजोदेवी मरिकलाई प्रमुख अतिथी बनाएर गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष विद्यानन्द चौधरीले सपथ तथा पदभार ग्रहण गरेका हुन् ।
- प्रमुख अतिथी मरिकले दिप प्रज्वलन गर्दै समारोहको उद्घाटन गरिन् ।
- यी दृश्यले डोम जातीलाई छुन नहुने मान्यतालाई ख्स्निरुत्साहित गर्न हौसला समेत बढाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया