सप्तरीमा महिलामाथी घरेलु हिंसा र घर निकालाका घट्ना तिब्र 

राजविराज राजविराज
|
मंगलबार, जेठ ३१, २०७९
|
|
४६ पटक हेरिएको
Shares
सप्तरीमा महिलामाथी घरेलु हिंसा र घर निकालाका घट्ना तिब्र 

सारांश

  •     अन्यायमा परेका उनीहरुलाई अदालतको संरक्षानात्मक आदेश पश्चात् उनीहरुलाई घरमा प्रवेश गराइएको छ ।
  •       पछिल्लो पटक सोमवार राजविराज नगरपालिका ३ कि २३ वर्षिया आरती दासलाई अदालतको आदेशबाट गृह प्रवेश गराइएको छ ।
  • उक्त वडाका नवीन दासकी पत्नी आरतीलाई जनप्रतिनीधी, कानुन व्यवसायी, संचारकर्मी, अधिकारकर्मी, प्रहरी र स्थानीयको उपस्थितीबीच घर भित्र्याइएको हो ।

दैनिक समाचारदाता
राजविराज, ३० जेठ । 
    सप्तरी जिल्लामा महिलामाथी घरेलु हिंसा र घर निकालाका घट्ना तिब्र भएको छ । विगत तीन महिनाको अवधीमा ५ महिलामाथी घरेलुहिंसा र घर निकालाका घट्ना भएका छन् । 
    अन्यायमा परेका उनीहरुलाई अदालतको संरक्षानात्मक आदेश पश्चात् उनीहरुलाई घरमा प्रवेश गराइएको छ । 
    पछिल्लो पटक सोमवार राजविराज नगरपालिका ३ कि २३ वर्षिया आरती दासलाई अदालतको आदेशबाट गृह प्रवेश गराइएको छ । उक्त वडाका नवीन दासकी पत्नी आरतीलाई जनप्रतिनीधी, कानुन व्यवसायी, संचारकर्मी, अधिकारकर्मी, प्रहरी र स्थानीयको उपस्थितीबीच घर भित्र्याइएको हो ।
    घर प्रवेशका लागी टोली आउन लागेको थाहा पाएपछि आरतीका पती, सासु, ससुरा, नन्द लगायतका परिवारका सदस्यहरुले घरको मुल गेटमा भित्र पट्टीबाट ताला लगाएर बसेका थिए । 
    टोलीमा रहेका कानुन व्यवसायी, प्रहरी, जनप्रतिनीधी, अधिकारकर्मी, संचारकर्मी सहितले पटक पटक आग्रह गर्दा पनि ढोका नखोलेपछि बाहिरबाट सिढी लगाएर आरतीलाई घरको कम्पाउण्ड भित्र छिराइएको थियो । त्यस पछि आरतीले ढोकाको ताल्चा फुटाएकी थिइन । 
    धनुषाको जनकपुर उपमहानगरपालिका माईत रहेकी आरतीको डेढ वर्ष अघि नवीनसँग विवाह भएको थियो । केही दिन पछि दाईजोको विषयलाई लिएर परिवारका सदस्यसँग परेको खटपटका कारण आफुलाई घर निकाला गरिएको पीडित महिला आरतीको भनाइ छ । 
    न्यायका लागी सप्तरी जिल्ला अदालतमा घरेलु हिंसाको मुद्दा दर्ता गर्न पुगेकी दासलाई अधिवक्ता किरण कुमारी साहले निशुःल्क कानुनी सहायता उपलब्ध गराइएकी थिइन । 
    उक्त मुद्दा उपर सुनवाई गर्दै सोमवार न्यायधिश ऋशिराम आर्चायको इजलाशले मुद्दाको अन्तिम निर्णय नभएसम्म अन्तरिम संरक्षनात्मक आदेश जारी गरेपछि उनलाई घर प्रवेश गराइएको प्रहरीले जनाएको छ । 
    अदालतको आदेशमा आरतीलाई निज बसि आएको घरमा वसोवास गर्न दिनु तथा कुटपिट र गाली बेईजत नगर्नू उल्लेख छ । आरतीले दाईजोका लागी पटक पटक पतीका साथै सासु राजकुमारी, ससुरा घनश्याम, नन्द शोभा, आशा र नीतुले मानसिक तथा शारिरीक यातना दिने गरेको सुनाईन । 
    पछिल्लो पटक त गर्भवती रहेकै अवस्थामा कुटपिट गर्दै घर निकाला नै गरिदिए पछि अन्तिम स्थितीमा अदालतमा पुगेको उनको भनाई छ । उनले कुटपिट कै कारण आफ्नो ६ महिनाको गर्भ समेत तुहिएको बताएकि छिन । 
    यता अदालतले दिएको संरक्षनात्मक आदेश पछि तीन महिना भित्र जिल्लामा ५ जना पीडित महिलालाई यसरी घर भित्र्याइएको अधिवक्ता किरण साहले बताईन । 
    यस अघि परिवारजनबाट दाइजो लगायत विभिन्न वहानामा कुटपिट गरी घर निकाला गरिएकी राजविराज ५ कि २० वर्षिया ब्युटि झा, राजविराज नगरपालिका १ कि २१ वर्षिया सरस्वती दास, रुपनी गाउँपालिका ५ कि २४ वर्षिया लक्ष्मी भगत तथा अग्नीसाईर कृष्णासवरण गाउँपालिका ६ कि २५ वर्षिया सिमा कर्णलाई अदालत कै आदेशमा घर भित्र्याई सकिएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

६ महिनाअघि करेन्ट लागेर युवकको मृत्यु भएको घटना हत्या भएको खुलासा ः प्रहरी, हत्यामा मृतककी श्रीमतीसहित तीन महिलाको संलग्नता
६ महिनाअघि करेन्ट लागेर युवकको मृत्यु भएको घटना हत्या भएको खुलासा ः प्रहरी, हत्यामा मृतककी श्रीमतीसहित तीन महिलाको संलग्नता
हावाहुरीले दर्जनौं घरको छाना उडायो, दुई कुखुरा फर्ममा क्षति
हावाहुरीले दर्जनौं घरको छाना उडायो, दुई कुखुरा फर्ममा क्षति
प्रदेश २ सरकारको पहिलो आवधिक योजना पुस्तक सार्वजनिक
प्रदेश २ सरकारको पहिलो आवधिक योजना पुस्तक सार्वजनिक
छिन्नमस्ता सखडा शक्तिपीठमा शुक्रबारदेखी गंगा आरती हुने
छिन्नमस्ता सखडा शक्तिपीठमा शुक्रबारदेखी गंगा आरती हुने
हत्यामा संलग्न रहेको आरोपमा युवक पक्राउ
हत्यामा संलग्न रहेको आरोपमा युवक पक्राउ
कांग्रेसको शुभेच्छुक संस्थाहरुद्वारा प्रदर्शन
कांग्रेसको शुभेच्छुक संस्थाहरुद्वारा प्रदर्शन
सरकारले जनताको जीउधनको सुरक्षा  गर्न सकेन् ः जसपा अध्यक्ष यादव
सरकारले जनताको जीउधनको सुरक्षा  गर्न सकेन् ः जसपा अध्यक्ष यादव
पिएम कप प्रदेशस्तरीय छनोटमा सिरहा विजयी
पिएम कप प्रदेशस्तरीय छनोटमा सिरहा विजयी
बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज  फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज  फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
राजविराजबाट रात्रिकालिन उडान अन्यौलमा 
राजविराजबाट रात्रिकालिन उडान अन्यौलमा 

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु