दैनिक समाचारदाता
राजविराज, ११ साउन ।
हालै राजबिराजमा सम्पन्न महेन्द्र नारायण निधी प्रदेश स्तरी क्रिकेट प्रतियोगिताका बिजेता सप्तरीका टोलीलाई बुधवार एक कार्यक्रमका बिच नगद तथा प्रमाणसहित सम्मान गरिएको छ । राजबिराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख ईसरत परवीनको प्रमुख आतिथ्यतामा आयोजित सम्मान कार्यक्रममा बिजेता टोलीका खेलाडीहरु महवुव आलम, बिवेक यादव, रोहन बिक, राहुल मण्डल, अभिशेक कार्कि, रोहित सिंह, अमित यादव, अनिल यादव, निरज यादव, राज बर्मा, धिरज मण्डल, बिशाल यादव, नितेश यादव, अजय यादव र टिम व्यवस्थापक आशिष सिंहलाई नगद १२ हजार ५ सय तथा प्रमाणपत्र सहित सम्मान गरिएको हो ।
यस्तै कार्यक्रममा हालै सम्पन्न सप्तरी अम्पाएर तथा स्कोरर संघका निर्वाचित पदाधिकारीहरुलाई समेत प्रमाण पत्रसहित सम्मान गरिएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देव, नेपाल क्रिकेट संघका प्रमुख छनौटकर्ता दिपेन्द्र चौधरी, सिटिजन ईन्टरनेश्नल बैंकका शाखा प्रबन्धक फिरोज अहमद, पत्रकार शौरव यादवलगायतको उपस्थिती रहेको थियो ।
बालबालिका, महिला, युवा तथा खेलकुद मन्त्रालयसँगको साझेदारीमा तथा मधेश क्रिकेट संघको सहयोगमा सप्तरी क्रिकेट संघद्वारा आयोजित प्रदेश स्तरी महेन्द्र नारायण निधी प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता अन्र्तगत सप्तरीले सिरहालाई ६ बिकेटले पराजित गर्दै उपाधी जितेको थियो ।
सप्तरीका क्रिकेटरहरु सम्मानित
सारांश
- यस्तै कार्यक्रममा हालै सम्पन्न सप्तरी अम्पाएर तथा स्कोरर संघका निर्वाचित पदाधिकारीहरुलाई समेत प्रमाण पत्रसहित सम्मान गरिएको छ ।
- कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देव, नेपाल क्रिकेट संघका प्रमुख छनौटकर्ता दिपेन्द्र चौधरी, सिटिजन ईन्टरनेश्नल बैंकका शाखा प्रबन्धक फिरोज अहमद, पत्रकार शौरव यादवलगायतको उपस्थिती रहेको थियो ।
- बालबालिका, महिला, युवा तथा खेलकुद मन्त्रालयसँगको साझेदारीमा तथा मधेश क्रिकेट संघको सहयोगमा सप्तरी क्रिकेट संघद्वारा आयोजित प्रदेश स्तरी महेन्द्र नारायण निधी प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता अन्र्तगत सप्तरीले सिरहालाई ६ बिकेटले पराजित गर्दै उपाधी जितेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया