एकै दिन मन्त्री साहले गरे तीन नवनिर्मित संरचनाको उद्घाटन

राजविराज राजविराज
|
आइतबार, श्रावण १५, २०७९
|
|
११४ पटक हेरिएको
Shares
एकै दिन मन्त्री साहले गरे तीन नवनिर्मित संरचनाको उद्घाटन

सारांश

  •     आइतबार हनुमाननगर कंकालिनी नगरपालिका वडा नं.
  • ५ जोगिनियामा मदरसा र सामुदायिक भवन तथा कंचनरुप नगरपालिकाको वडा नं.
  • १० बदगामामा नवनिर्मित आधारभुत विद्यालय भवनको मन्त्री साहले पालैपालो उद्घाटन गरेका हुन् ।

दैनिक समाचारदाता
राजविराज, १५ साउन । 
    मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साहले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका र कंचनरुप नगरपालिकामा एकै तीन वटा संरचनाको उद्घाटन गरेका छन् । 
    आइतबार हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ५ जोगिनियामा मदरसा र सामुदायिक भवन तथा कंचनरुप नगरपालिकाको वडा नं. १० बदगामामा नवनिर्मित आधारभुत विद्यालय भवनको मन्त्री साहले पालैपालो उद्घाटन गरेका हुन् । 
    तीन कोठे मदरसा भवन निर्माणका लागि मन्त्री साहले आफ्नो संसदीय विकास कोषबाट ४५ लाखको सहयोग उपलब्ध गराएका हुन् । त्यस्तै सोही वडामा मन्त्री साहको संसदीय विकास कोषबाट ३० लाख र मधेश प्रदेश सरकारको ५५ लाखको सहयोग गरि ८५ लाखका लागतमा सामुदायिक भवन निर्माण भएको हो । 
    कंचनरुप नगरपालिकामा आधारभुत विद्यालय भवन निर्माणमा ६५ लाख खर्च भएकोमा ४५ लाख मन्त्री साहको संसदीय विकास कोष तथा २० लाख सामाजिक विकास मन्त्रालयबाट सहयोग उपलब्ध गराइएको मन्त्री साहका स्वकीय सचिव राजकुमार यादवले जानकारी दिए । 
    नवनिर्मित संरचना सम्बन्धीत पदाधिकारीलाई हस्तान्तरण गर्दै मन्त्री साहले मुश्लिम समुदाय लक्षित कब्रिस्तान तथा मदरसा निर्माणमा विशेष ध्यान दिएको दाबी समेत गरे । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी