दैनिक समाचारदाता
राजविराज, २२ साउन ।
सप्तरीको सप्तकोशी नगरपालिका ४ स्थित चन्द्र नहरको बाँध ठाउँ ठाउँमा भत्किएको छ ।
शनिबार राती पहाडी क्षेत्रमा भएको अविरल वर्षाका कारण टेङग्रा खोलाको अनियन्त्रित वहावले तुलसी चौक आसपासका उक्त नहरको चार स्थानमा बाँध भत्काएको हो ।
सप्तकोशी नगरपालिकाका नगर प्रमुख कृष्ण ढकालले बाँध भत्किएपछि एउटा घर कटानमा परेको जानकारी दिँदै उच्च वहाव कायमै रहेकाले एउटा पुल र त्यस क्षेत्रका आधा दर्जन घर उच्च जोखिममा परेको बताएका छन् ।
बाढीले ठाउँ ठाउँमा नहरको बाँध भत्काउनुका साथै सो खण्डको करिब एक सय मिटर सडक समेत क्षतिग्रस्त बनाएको स्थानियले बताएका छन् । नहरको बाँध भत्किएपछि आसपासका बासिन्दा बिस्थापित हुने खतरामा पुगेकोमा कटान क्षेत्रमा आइतबार बिहानै पुगेका नगर प्रमुख ढकालसहितको एक टोलीले नियन्त्रणको प्रयास गरिरहेको नगरपालिकाले जनाएको छ ।
बाँध भत्किएको ठाउँमा तारजाली, ढुङ्गा र बोरामा बालुवा भरेर रोक्ने प्रयासका साथै जेसिभि र अन्य साधनको प्रयोग गरि मर्मतसम्भारको काम थालिएको नगर प्रमुख ढकालले बताए । उनले नहर छेउमा बसोवास गरिरहेका जोखिममा रहेकाले उनीहरुलाई सुरक्षित गर्न सबै उपाय प्रयोग गर्न लागिपरेको जानकारी पनि दिए ।
बाढीले चन्द्र नहरको बाँध भत्किदा आधा दर्जन घर उच्च जोखिममा
सारांश
- शनिबार राती पहाडी क्षेत्रमा भएको अविरल वर्षाका कारण टेङग्रा खोलाको अनियन्त्रित वहावले तुलसी चौक आसपासका उक्त नहरको चार स्थानमा बाँध भत्काएको हो ।
- सप्तकोशी नगरपालिकाका नगर प्रमुख कृष्ण ढकालले बाँध भत्किएपछि एउटा घर कटानमा परेको जानकारी दिँदै उच्च वहाव कायमै रहेकाले एउटा पुल र त्यस क्षेत्रका आधा दर्जन घर उच्च जोखिममा परेको बताएका छन् ।
- बाढीले ठाउँ ठाउँमा नहरको बाँध भत्काउनुका साथै सो खण्डको करिब एक सय मिटर सडक समेत क्षतिग्रस्त बनाएको स्थानियले बताएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘लालपुर्जा’ पाउन नगरवासी फेरी आन्दोलनको तयारीमा, मन्त्रीको निर्देशन समेत कर्मचारीले टेरेनन्
हुंकार मधेशको सप्तरी अभियन्ता समूह गठन
यु–१९ क्रिकेट छनोट प्रतियोगितामा सप्तरी १५ रनले विजयी
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
प्रतिक्रिया
० प्रतिक्रिया