दैनिक समाचारदाता
राजविराज, ८ भदौ ।
सप्तरीको दुई छुट्टाछुटै घटनामा एक बालकसहित दुई जनाको ज्यान गएको छ ।
बुधबार दिउँसो पोखरीमा डुबेर हनुमाननगर कंकालिनी नगरपालिका ४ मधवापुर निवासी जितेन्द्र सीपलियाका ७ वर्षिय छोरा देबिलको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार घरमा कोही नभएको बेला घर नजिकैको आफ्नै पोखरीमा नुहाउन गएको बेला उनको डुबेर मृत्यु भएको हो ।
यस्तै ६ दिन अघि टेम्पोको ठक्करबाट गम्भिर घाइते भएका सप्तरीको विष्णुपुर गाउँपालिका ६ गोरगामाका ५५ वर्षिय रामविलास रायको बुधबार उपचारका क्रममा राजविराजस्थित छिन्नमस्ता अस्पतालमा मृत्यु भएको छ ।
साइकलबाट घरतर्फ आउँदै गर्दा राजविराज–तिलाठी सडक खण्डमा प्रदेश–२–०१००१६–०९१८ नम्बरको टेम्पोले ठक्कर दिँदा उनी गम्भिर घाइते भएका थिए ।
दुबै घटना बारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् ।
एक बालकसहित दुईको मृत्यु
सारांश
- बुधबार दिउँसो पोखरीमा डुबेर हनुमाननगर कंकालिनी नगरपालिका ४ मधवापुर निवासी जितेन्द्र सीपलियाका ७ वर्षिय छोरा देबिलको मृत्यु भएको छ ।
- जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार घरमा कोही नभएको बेला घर नजिकैको आफ्नै पोखरीमा नुहाउन गएको बेला उनको डुबेर मृत्यु भएको हो ।
- यस्तै ६ दिन अघि टेम्पोको ठक्करबाट गम्भिर घाइते भएका सप्तरीको विष्णुपुर गाउँपालिका ६ गोरगामाका ५५ वर्षिय रामविलास रायको बुधबार उपचारका क्रममा राजविराजस्थित छिन्नमस्ता अस्पतालमा मृत्यु भएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भण्डारण गरिराखेको २१ क्विन्टल गाँजासहित दुई पक्राउ
एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय
गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु
जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम
परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
प्रतिक्रिया
० प्रतिक्रिया