दैनिक समाचारदाता
राजविराज, २४ भदौ ।
जनज्योति कृषि सहकारी संस्था लि. राजविराजको ११ औं साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।
आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष विश्वनाथ मण्डलले अध्यक्षीय प्रतिवेदन प्रस्तुत गर्दै २०७९ असार ३२ गतेसम्म संस्थामा १ हजार २ सय ६३ पुरुष र ६ सय ६२ महिला गरि १ हजार ९ सय ५६ शेयर सदस्य आवद्ध रहेको तथा शेयर पुँजी २ करोड ६२ लाख ९९ हजार ४ सय रहेको जानकारी दिएका छन् ।
उनले ५ करोड ५२ लाख ४७ हजार ३ सय १७ रुँपैया २३ पैसा बचत तथा १५ करोड ८५ लाख ३७ हजार ३ सय ४० रुँपैया ५० पैसा रकम कर्जा लगानी गरिएको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको कुल २० करोड ६८ लाख ४३ हजार १ सय ९ रुँपैया ३ पैसा सम्पत्ति रहेको जानकारी दिए ।
प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष मण्डलले कोभिड १९ को दोश्रो लहरको अवधीमा संस्थाले महामारीमा समेत सेवालाई निरन्तरता दिएको तथा सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा विभिन्न संघसंस्था एवं सदस्यहरुलाई आर्थिक तथा भौतिक सहयोग प्रदान गरेको जानकारी दिए । सोही अन्तरगत प्रदेश २ प्रहरी तालिम केन्द्र राजविराजमा शुद्ध खानेपानीको ट्याङ्की निर्माणको लागि आर्थिक सहयोग तथा नेपाल पत्रकार महासंघ सप्तरीलाई एक थान साउण्ड सिस्टम प्रदान गरिएको बताए ।
प्रस्तुत प्रतिवेदनमा शेयर सदस्य, शेयर पूँजी र बचत बृद्धि, व्यवसाय केन्द्रित पुँजी परिचालन र आपतकालिन ऋण व्यवस्था, शिक्षा तालिम र सूचना, जनशक्ति व्यवस्थापन प्रविधिको उच्चतम प्रयोग र भौतिक व्यवस्थापन, सदस्य सेवा, राहत, सम्मान पुरस्कार तथा सामाजिक उत्तरदायित्व, संस्थागत सुशासन व्यवसायी गुणस्तर विकास तथा प्रकाशन, बिनियम पुनर लेखन तथा कार्यविधि स्वीकृती लगायतका भावि योजना रहेको उल्लेख छ ।
संस्थाका अध्यक्ष मण्डलको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघका संचालक एवं कृषि सहकारी संघका केन्द्रिय अध्यक्ष खेम बहादुर पाठकको प्रमुख आतिथ्यमा आयोजित साधारणसभामा राजविराज नगरपालिका प्रमुख (निलम्बित) भिमराज यादव, मधेश प्रदेश कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सहकारी शाखा प्रमुख ओमनारायण झा, राजविराज वडा नं. ९ का अध्यक्ष जवाहर यादव, विभिन्न संघसंस्थाका प्रतिनिधि, संस्थाका शेयर सदस्य तथा संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।
जनज्योतिको साधारण सभा सम्पन्न, विभिन्न भावी योजना तयार
सारांश
- आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष विश्वनाथ मण्डलले अध्यक्षीय प्रतिवेदन प्रस्तुत गर्दै २०७९ असार ३२ गतेसम्म संस्थामा १ हजार २ सय ६३ पुरुष र ६ सय ६२ महिला गरि १ हजार ९ सय ५६ शेयर सदस्य आवद्ध रहेको तथा शेयर पुँजी २ करोड ६२ लाख ९९ हजार ४ सय रहेको जानकारी दिएका छन् ।
- उनले ५ करोड ५२ लाख ४७ हजार ३ सय १७ रुँपैया २३ पैसा बचत तथा १५ करोड ८५ लाख ३७ हजार ३ सय ४० रुँपैया ५० पैसा रकम कर्जा लगानी गरिएको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको कुल २० करोड ६८ लाख ४३ हजार १ सय ९ रुँपैया ३ पैसा सम्पत्ति रहेको जानकारी दिए ।
- प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष मण्डलले कोभिड १९ को दोश्रो लहरको अवधीमा संस्थाले महामारीमा समेत सेवालाई निरन्तरता दिएको तथा सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा विभिन्न संघसंस्था एवं सदस्यहरुलाई आर्थिक तथा भौतिक सहयोग प्रदान गरेको जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया