दैनिक समाचारदाता
राजविराज, ४ असोज ।
राष्ट्रिय दलित जागरण अभियान नेपालले त्रिभुवन राम हत्या घटनाका दोषीलाई कारवाही हुनुपर्ने माग गर्दै मंगलबार राजविराजमा प्रदर्शनसहित ज्ञापन पत्र बुझाइएको छ ।
अभियानका सदस्य जयप्रसाद रामको नेतृत्वमा स्थानीय शिव मन्दिर प्राङ्गणबाट निकालिएको विरोध र्यालीका सहभागीहरुले अदालत सडकमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनपछि २०७७ असार २९ गते ४५ वर्षीय त्रिभुवन रामलाई वेपत्ता पारि हत्या गरिएको घटनाका दोषीलाई कारवाही हुनुपर्ने मागसहित जिल्ला प्रशासन कार्यालय र सप्तरी जिल्ला अदालतमा ज्ञापन पत्र बुझाइएको छ ।
प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाका लागि बुझाइएको ज्ञापन पत्र सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीलाई बुझाइएको छ भने अदालतका मुख्य न्यायाधिसका लागि पनि ज्ञापन पत्र बुझाइएको अभियानका सदस्य रामले बताए ।
जिल्लाको शम्भुनाथ नगरपालिका ३ कचनदाहाका त्रिभुवन हत्या घटनामा पक्राउ परेका सोही ठाउँका प्रभु साह, शम्भु चौधरी, पंकज चौधरी र सुरेन्द्र पाललाई पुर्पक्षका लागि कारागार छन् । मृतक त्रिभुवनकी पत्नी घुरनी देवी रामले यसअघि सोमवार मात्रै पत्रकार सम्मेलन गर्दै न्यायको गुहार गरेकी थिइन् ।
छोरीको सामुहिक बलात्कारपछि न्यायका लागि कानूनी बाटोमा लागेका पति त्रिभुवनको पनि हत्या भएको भन्दै दोषीहरु छुट्नसक्ने सुनेपछि न्याय गुहार्न बाध्य भएको घुरनी देवीको कथन छ ।
हत्याका दोषीलाई कारवाहीको माग गर्दै ज्ञापन
सारांश
- अभियानका सदस्य जयप्रसाद रामको नेतृत्वमा स्थानीय शिव मन्दिर प्राङ्गणबाट निकालिएको विरोध र्यालीका सहभागीहरुले अदालत सडकमा प्रदर्शन गरेका हुन् ।
- प्रदर्शनपछि २०७७ असार २९ गते ४५ वर्षीय त्रिभुवन रामलाई वेपत्ता पारि हत्या गरिएको घटनाका दोषीलाई कारवाही हुनुपर्ने मागसहित जिल्ला प्रशासन कार्यालय र सप्तरी जिल्ला अदालतमा ज्ञापन पत्र बुझाइएको छ ।
- प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाका लागि बुझाइएको ज्ञापन पत्र सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीलाई बुझाइएको छ भने अदालतका मुख्य न्यायाधिसका लागि पनि ज्ञापन पत्र बुझाइएको अभियानका सदस्य रामले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया