मेयर कपमा मझौको विजयी सुरुवात

राजविराज राजविराज
|
आइतबार, पौष २४, २०७९
|
|
७० पटक हेरिएको
Shares
मेयर कपमा मझौको विजयी सुरुवात

सारांश

  •     प्रतियोगिताको उद्घाटन खेलमा नबो बुध्द फुटबल क्लव मझौ खडक नगरपालिका सप्तरीले विजयी सुरुवात गरेको छ ।
  •       आईतवार सम्पन्न उद्घाटन खेलमा बेलका फुटबल टिम रातापानी उदयपुरलाई  शुन्यका बिरुद्ध चार गोल अन्तरले पराजित गर्दै मझौले विजयी सुरुवात गरेको हो ।
  • खेलको पाँचौ मिनेटमा मझौका आकाश राईले गोल गरी टिमलाई अग्रता दिलाएको थियो ।

दैनिक समाचारदाता
राजविराज, २४ पुस । 

    सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेलमैदानमा आईतवारदेखि चौथो मेयरकप २०७९ फुटबल प्रतियोगिताको सुरु भएको छ ।
    प्रतियोगिताको उद्घाटन खेलमा नबो बुध्द फुटबल क्लव मझौ खडक नगरपालिका सप्तरीले विजयी सुरुवात गरेको छ । 
    आईतवार सम्पन्न उद्घाटन खेलमा बेलका फुटबल टिम रातापानी उदयपुरलाई  शुन्यका बिरुद्ध चार गोल अन्तरले पराजित गर्दै मझौले विजयी सुरुवात गरेको हो । खेलको पाँचौ मिनेटमा मझौका आकाश राईले गोल गरी टिमलाई अग्रता दिलाएको थियो । खेलको १४ औं मिनेटमा मझौका कृपा चौधरीले दोश्रो गोल गरी टिमको अग्रता फराकिलो बनाएको थियो ।  
    खेलको २१ औं मिनेटमा मझौकै सजन क्षेत्रीले तेश्रो र २२ औं मिनेटमा कृपा चौधरीले आफ्नो दोश्रो तथा टिमको लागि चौथो गोल गरेका थिए ।
    प्रतियोगिता अन्तर्गत भोली सोमवारको खेल रियल स्टार फुटबल क्लव सिरहा र तालतलैया फुटबल टिम सुनसरी बीच हुनेछ  संयासी युवा क्लवका सचिव श्रवण कुमार चौधरीले जानकारी दिए । 
    शम्भुनाथ नगरपालिकाको सहयोगमा संयासी युवा क्लब पोखरीया द्वारा सञ्चालित प्रतियोगितामा  सप्तरी, सिरहा, महोत्तरी, उदयपुरका बिभिन्न १२ क्लबको सहभागिता रहेको छ । प्रतियोगिता माघ ६ गतेसम्म चल्ने प्रतियोगिताका बिजेताले  नगद रु.  ५५  हजार  तथा ट्रफि र उपविजेताले  नगद रु. ४५ हजार प्राप्त गर्नेछ ।
    प्रतियोगिताको एक कार्यक्रममा बिच शम्भुनाथ नगरपालिकाका प्रमुख जितेन्द्र प्रसाद गुप्ताले उद्घाटन गरे । खेलकुद समितिका अध्यक्ष ब्रहमदेव  चौधरीको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, स्थानीयबासी, समाजसेवी लगायतको उपस्थिति रहेको थियो । संयासी युवा क्लवले गत २०४३ सालदेखि फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा संक्रमितको संख्या २ सय ६४  ६१ जनाको परिक्षण गर्दा ३८ जना संक्रमित
सप्तरीमा संक्रमितको संख्या २ सय ६४  ६१ जनाको परिक्षण गर्दा ३८ जना संक्रमित
राष्ट्रिय मुक्ति पार्टीको केन्द्रिय महासचिवमा  केशव झा र सहमहासचिवमा गजेन्द्र मण्डल
राष्ट्रिय मुक्ति पार्टीको केन्द्रिय महासचिवमा  केशव झा र सहमहासचिवमा गजेन्द्र मण्डल
गलत सूचना प्रकाशन, झुठा समाचार र ब्ल्याकमेल गर्ने जस्ता प्रवृत्तिलाई नियन्त्रण गर्न कानुनी प्रावधान आवश्यक छ ः मन्त्री लेखी 
गलत सूचना प्रकाशन, झुठा समाचार र ब्ल्याकमेल गर्ने जस्ता प्रवृत्तिलाई नियन्त्रण गर्न कानुनी प्रावधान आवश्यक छ ः मन्त्री लेखी 
मृतक तीन मध्ये एकको रिपोर्ट पोजेटिभ, दुईको निगेटिभ
मृतक तीन मध्ये एकको रिपोर्ट पोजेटिभ, दुईको निगेटिभ
सप्तरीमा ५५ जनामा कोरोना संक्रमण, सबैको साइकृष्णाको आइसोलेशनमा उपचार गरिँदै
सप्तरीमा ५५ जनामा कोरोना संक्रमण, सबैको साइकृष्णाको आइसोलेशनमा उपचार गरिँदै
बालविवाह न्युनिकरण गर्न समुदाय स्तरमा  दवाव सृजना गर्नुपर्छ ः उपप्रमुख साधना झा
बालविवाह न्युनिकरण गर्न समुदाय स्तरमा  दवाव सृजना गर्नुपर्छ ः उपप्रमुख साधना झा
एनआईसी एशियाको २ सय ७९  शाखा महदेवामा संचालन
एनआईसी एशियाको २ सय ७९ शाखा महदेवामा संचालन
रेशम चौधरीलाई जेलमुक्त नगरेसम्म  सरकारमा नजाने : नेता महतो
रेशम चौधरीलाई जेलमुक्त नगरेसम्म  सरकारमा नजाने : नेता महतो
बोक्सीको आरोपमा कुटिएकी कबिताले चार वर्षपछि पाइन न्याय, कुटपिट गर्नेलाई १५ दिन कैद, १५ हजार क्षतिपूर्ती र १० हजार जरिवाना
बोक्सीको आरोपमा कुटिएकी कबिताले चार वर्षपछि पाइन न्याय, कुटपिट गर्नेलाई १५ दिन कैद, १५ हजार क्षतिपूर्ती र १० हजार जरिवाना
जिल्ला प्रहरी कार्यालय परिसर भित्रै  प्रहरीद्वारा जसपा अध्यक्ष यादवमाथी कुटपिट
जिल्ला प्रहरी कार्यालय परिसर भित्रै  प्रहरीद्वारा जसपा अध्यक्ष यादवमाथी कुटपिट