सहकारी संस्थाहरुले दिइरहेको सेवाप्रति सम्बन्धीत निकायले प्रोत्साहित गर्नु पर्नेमा जोड

राजविराज राजविराज
|
शनिबार, पौष ३०, २०७९
|
|
३५ पटक हेरिएको
Shares
सहकारी संस्थाहरुले दिइरहेको सेवाप्रति सम्बन्धीत निकायले प्रोत्साहित गर्नु पर्नेमा जोड

सारांश

  • कार्यक्रममा नेपाली काँग्रेसका युवा नेता एवं संस्थाका वरिष्ठ सल्लाहकार ईर्साद अन्सारीले हालको आर्थिक मन्दीको समयमा सहकारीले पु¥याएको योगदान बारे चर्चा गर्दै सहकारी सस्तो लोकप्रियताबाट नभई बलियो सामाजिक आधार भएको समुदाय केन्द्रित व्यवसाय रहेको बताए ।
  • उनले सहकारीको संरक्षण र सम्बद्र्धनका लागि सबै एकजुट भई सहकारी क्षेत्रको बिकास सँगै राष्ट्र निर्माणमा अगाडी बढनुपर्नेमा जोड दिए ।
  • कार्यक्रममा सबिर आजमले शुभकामना मन्तव्य व्यक्त गर्दै सहकारी क्षेत्रका चुनौतीलाई सामना गर्दै करौडो कारोबार गरेको भन्दै प्रशंसा गरे ।

राजविराज÷राष्ट्र निर्माणमा सहकारीहरुको भूमिका सहनिय रहेको भन्दै हालको आर्थिक मन्दीमा सहकारी संस्थाहरुले दिइरहेको सेवाप्रति सम्बन्धीत निकायले प्रोत्साहित गर्नु पर्ने शनिबार राजविराजमा आयोजित एक सहकारी संस्थाको साधारणसभाका वक्ताहरुले जोड दिएका छन् । 
प्रभु बचत तथा ऋण सहकारी संस्था लि. राजबिराज ४ को ११ औ बार्षिक साधारण सभाका वक्ताहरुले सो कुरामा जोड दिएका हुन् ।  
सभाका प्रमुख अतिथि सहकारीकर्मी एवं अभियान्ता ध्रुव नारायण यादवले आर्थिक सम्पन्नता तथा समाजिक क्षेत्रमा सहकारीको भूमिका अविस्मरणीय रहेको बताए । उनले समुदायस्तरमा जनताको आर्थिक स्तर बढाउन सहकारीको अहम भूमिका रहेको भन्दै समुदाय केन्द्रित रहेर सहकारीहरुले अझ सेवा गर्नुपर्नेमा जोड दिए । उनले हाल सरकारी तथा निजि वित्तिय संस्थाहरुले ऋण नदिइरहेको बेला सहकारी संस्थाहरुले नै जनताको आर्थिक अभाव पुरा गरिरहेको बताए । 
कार्यक्रममा नेपाली काँग्रेसका युवा नेता एवं संस्थाका वरिष्ठ सल्लाहकार ईर्साद अन्सारीले हालको आर्थिक मन्दीको समयमा सहकारीले पु¥याएको योगदान बारे चर्चा गर्दै सहकारी सस्तो लोकप्रियताबाट नभई बलियो सामाजिक आधार भएको समुदाय केन्द्रित व्यवसाय रहेको बताए । उनले सहकारीको संरक्षण र सम्बद्र्धनका लागि सबै एकजुट भई सहकारी क्षेत्रको बिकास सँगै राष्ट्र निर्माणमा अगाडी बढनुपर्नेमा जोड दिए ।
कार्यक्रममा सबिर आजमले शुभकामना मन्तव्य व्यक्त गर्दै सहकारी क्षेत्रका चुनौतीलाई सामना गर्दै करौडो कारोबार गरेको भन्दै प्रशंसा गरे ।
आयोजित साधारण सभामा संस्थाका अध्यक्ष सरफराज अन्सारीले आ.ब. २०७८÷७९ को आर्थिक प्रतिवेदन प्रस्तुत गरे । तीन हजार शेयर सदस्य रहेको संस्थाको पुजी तथा दायित्व १६ करोड ३० लाख ५ हजार ६२ रूपैया ४७ पैसा, बचत तथा निक्षेप १३ करोड ९५ लाख ५७ हजार १ सय ९० रूपैया २५ पैसा, १२ करोड ७८ लाख ५४ हजार ७ सय २२ रूपैया ऋण लगानी रहेको प्रतिवेदनमा उल्लेख छ । उक्त अवसरमा पत्रकार नवीन गुप्ता, चन्दन यादब लगायतले शुभकामना मन्तब्य दिएका थिए । 
सोही अवसरमा आगामी चार वर्षका लागि संस्थाको नयाँ कार्यसमिति चयन गरिएको छ । नव निर्वाचित कार्यसमिति, लेखा समिति तथा ऋण समितिका पदाधिकारीहरुलाई शनिबारै सपथ गराइएको छ । संस्थाको अध्यक्षमा पुनः सरफराज अन्सारी चयन भएका छन् । त्यस्तै सदस्हरुमा नोमान अन्सारी, पिंकी कुमारी साह, समिर श्रेष्ठ, मुन्ना साफी, सोनी रजक र समसाद आलम चयन भएका छन् । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह