विचार मिल्नेसित पार्टी एकीकरण र आंशिक रुपमा विचार मिल्नेसित सहकार्य ः अध्यक्ष नेपाल

राजविराज राजविराज
|
शनिबार, माघ १४, २०७९
|
|
४३ पटक हेरिएको
Shares
विचार मिल्नेसित पार्टी एकीकरण र आंशिक रुपमा विचार मिल्नेसित सहकार्य ः अध्यक्ष नेपाल

सारांश

  • उनले बाम एकता मुलुकको आवश्यकता भएपनि निहीत स्वार्थले त्यसमा वाधा पु¥याइरहेको बताए ।
  • पार्टीका संस्थापक नेता पुष्पलालले पनि २००६ सालमा आफ्नै पार्टीमा बिद्रोह गर्नु परेको प्रसङ्ग राख्दै उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कारण पार्टीमा बिग्रह आएको टिप्पणी गरे ।
  •   आफूहरुले एमालेलाई क्रान्तिकारी पार्टीको रुपमा उठाएको दाबीका साथ ओली नेतृत्वमा आएपछि एकल निर्णय गर्न थालेपछि आफूहरुले पनि बिद्रोह गर्नु परेको जिकिर दोह्¥याए ।

राजविराज÷नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले आफूहरु विचार मिल्नेसित पार्टी एकीकरण र आंशिक रुपमा विचार मिल्नेसित सहकार्य गरि दुबै विकल्पका लागि तयार रहेको बताएका छन् । 
पार्टीको जिल्ला किमिटी सप्तरीले शनिबार राजविराजमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 
अगुवा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा लगायतका दलसित मिलेर जान सकिने भन्दै त्यसका लागि छलफलमा रहेको समेत खुलासा गरे ।
उनले बाम एकता मुलुकको आवश्यकता भएपनि निहीत स्वार्थले त्यसमा वाधा पु¥याइरहेको बताए । पार्टीका संस्थापक नेता पुष्पलालले पनि २००६ सालमा आफ्नै पार्टीमा बिद्रोह गर्नु परेको प्रसङ्ग राख्दै उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कारण पार्टीमा बिग्रह आएको टिप्पणी गरे । 
आफूहरुले एमालेलाई क्रान्तिकारी पार्टीको रुपमा उठाएको दाबीका साथ ओली नेतृत्वमा आएपछि एकल निर्णय गर्न थालेपछि आफूहरुले पनि बिद्रोह गर्नु परेको जिकिर दोह्¥याए । 
एकल निर्णयकै आधारमा ओलीले प्रधानमन्त्री भएका बेला राष्ट्रपति समक्ष संसद विघटनको सिफारिस गरेको भन्दै उनले अदालतले उनको उक्त कदमलाई गैरसंबैधानिक ठहर गरिसकेको उल्लेख गरे । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु