स्थानिय समाचार
भारतीय महिलाले किर्ते गरी लिएको नेपाली नागरिकता बदर गर्न माग
एक भारतीय महिलाले किर्ते गरी लिएको नेपाली नागरिकता बदरको माग गर्दै प्रहरीमा जाहेरी परेको छ । सप्तरीको राजगढ गाउँपालिका ५ निवासी राधेश्याम झाले भारत विहार राज्य जिला मधुवनी ग्रामपंचायत लोकही वडा नं.५ कि फातमा खातुनले नाम परिवर्तन गरी ठकनी खातुन राखेर नेपाली नागरिकता लिएको दाबी प्रमाणका साथ जाहेरी दिएका छन् । प्रहरीले वास्तविकता नबुझुी जाहेरी दर्ता गर्न आलटाल गरेको भन्दै झाले बुधबार हुलाक मार्फत उक्त जाहेरी पठाएका छन् । …..