स्थानिय समाचार
डेढ वर्षअघि वेपत्ता भएकी महिलाको कंकाल फेला
डेढ वर्षअघि हराएकी एक महिलाको बुधबार कंकाल फेला परेको छ । सप्तरीको राजगढ गाउँपालिका १ झुटकीकी ७५ वर्षिया राशोदेवी पण्डितको कंकाल फेला परेको हो । बुधबार दिउँसो १ बजेतिर पोखरी जिर्णोधार गर्ने क्रममा कंकाल फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । वेपत्ता पण्डितको कंकाल भेटिएको खबर फैलिएपछि उक्त पोखरी किनारमा गाउँलेको भिड लागेको थियो ।…..