स्थानिय समाचार

आंशिक प्राध्यापकद्वारा क्याम्पस प्रमुख कक्षमा तालाबन्दी

 सम्पूर्ण आंशिक प्राध्यापकलाई करार गर्न माँग गर्दै नेपाल आंशिक प्राध्यापक संघ मविव क्याम्पस इकाई समिति राजविराजले आइतबार क्याम्पस प्रमुखको कार्यकक्षमा तालबन्दी गरेको छ ।  विगत लामो समयदेखी विभिन्न आन्दोलनका कार्यक्रमलाई अझ सशक्त रुपमा अगाडी बढाउने निर्णय अनुसार दबाब स्वरुप सो तालाबन्दी गरिएको नेपाल आंशिक प्राध्यापक संघ मविव क्याम्पस इकाई समितिका अध्यक्ष रणधीर कुमार कर्णले जनाएका छन् । ….