स्थानिय समाचार
वेपत्ता भएको केही घण्टामै प्रहरीले गर्यो बालकको उद्दार
सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ लोखरमका एक तीन वर्षिय बालक वेपत्ता भएको केही घण्टामै प्रहरीले उद्दार गरि परिवारजनको जिम्मा लगाएको छ । आइतबार बिहान ११ः३० बजेतिर सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ लोखरमबाट अपरिचित व्यक्तिले वेपत्ता बनाएको सोही वडा निवासी प्रहलाद साहका ३ वर्षिय छोरा घनश्यामको प्रहरीले अलपत्र अवस्थामा फेला पारि उद्दार गरेको हो । बालकको स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार गराई आइतबार साँझ परिवारजनको जिम्मा लगाइएको छ । …..