स्थानिय समाचार
उपचारमा भएको ढिलाईका कारण अध्ययनका लागि भारत गएका नेपाली विद्यार्थीको मृत्यु
भारतको पंजाबमा अध्ययनरत एक नेपाली विद्यार्थीको उपचारमा भएको ढिलाईका कारण मृत्यु भएको छ । चार महिनाअघि उच्च शिक्षा (डिप्लोमा इन्जिनियरिङ) हासिल गर्न भारतको पंजाब राज्यस्थित रिम्ट युनिभरसिटी पुगेका सप्तरीको महदेवा गाउँपालिका २ महदेवा टोल निवासी १९ वर्षिय हेमन्त मण्डलको युनिभरसिटी प्रशासनको लापरवाहीले ज्यान गएको परिवारजनले बताएका छन् । उनको मृत्यु बुधबार भएपनि आफूहरुलाई बिहीबार दिउँसो मात्र खबर गरिएको हेमन्तका बुबा बलरामले बताए । ….