मधेश प्रदेश
मिडिया मैत्री कानुन निर्माणमा प्रदेश २ सरकार कटिबद्ध
प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले प्रदेश २ मा मिडिया मैत्री कानून निर्माण गर्न प्रदेश सरकार कटिबद्ध रहेको बताएका छन् । सोमबार जनकपुरमा आयोजित मिडिया सम्बन्धी प्रादेशिक कानुन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै कानुन मन्त्री ज्ञानेन्द्र यादवले मिडिया सम्बन्धी विधेयक ल्याएपछि देखिएको केही इरर हटाउने प्रतिबद्धता गरिसकेको यसका लागि पत्रकारहरुलाई आन्दोलन गर्नु नपर्ने उल्लेख गरे । ….