दैनिक समाचारदाता
राजविराज, १४ फागुन ।
राजविराजस्थित बहिरा बालक स्कुलका बालबालिकाहरुलाई एक बृद्ध समाजसेवीले शैक्षिक सामग्रि तथा भोजन गराएर आफ्नो ७५ औं जन्मदिन मनाएका छन् ।
राजविराज ६ स्थित बहिरा बालक स्कुलमै पुगेर राजविराज ७ निवासी समाजसेवी ७५ वर्षिय फुसराज दुगडले आइतबार त्यहा अध्ययनरत ३५ वटै सुस्त श्रवण विद्यार्थीहरुलाई शैक्षिक सामाग्रि बितरण गर्नुका साथै भोजन गराएका हुन् ।
बितरण गरिएका शैक्षिक सामाग्रिहरुमा स्कुल ब्याग, पानीको बोतल, पोशाक तथा कपि, कलम, इरेजर, पेन्सिल लगायतका शैक्षिक छन् ।
कार्यक्रममा उनका जेठा छोरा मनोज र कान्छो छोरा मनिषले बालबालिकाहरुलाई मिष्ठान भोजन गराउँदै भविष्यमा विद्यार्थी र विद्यालयलाई आवश्यक पर्ने थप सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएको विद्यालयकी निमित्त प्रधानाध्यापक चाँदनी कुमारी यादवले बताईन् ।
कार्यक्रममा दुगडका भाई हनुमान दुगड, वडा अध्यक्ष शशि चौधरी, निवर्तमान वडा अधयक्ष मागिलाल नाई, समाजसेवी प्रेम श्रेष्ठ, कृष्णप्रसाद सिटौला, संचारकर्मी लगायतको पनि उपस्थिति रहेको थियो ।
शैक्षिक सामाग्रि र भोजन गराएर दुगडले मनाए ७५ औं जन्मदिन
सारांश
- राजविराज ६ स्थित बहिरा बालक स्कुलमै पुगेर राजविराज ७ निवासी समाजसेवी ७५ वर्षिय फुसराज दुगडले आइतबार त्यहा अध्ययनरत ३५ वटै सुस्त श्रवण विद्यार्थीहरुलाई शैक्षिक सामाग्रि बितरण गर्नुका साथै भोजन गराएका हुन् ।
- बितरण गरिएका शैक्षिक सामाग्रिहरुमा स्कुल ब्याग, पानीको बोतल, पोशाक तथा कपि, कलम, इरेजर, पेन्सिल लगायतका शैक्षिक छन् ।
- कार्यक्रममा उनका जेठा छोरा मनोज र कान्छो छोरा मनिषले बालबालिकाहरुलाई मिष्ठान भोजन गराउँदै भविष्यमा विद्यार्थी र विद्यालयलाई आवश्यक पर्ने थप सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएको विद्यालयकी निमित्त प्रधानाध्यापक चाँदनी कुमारी यादवले बताईन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया