दैनिक समाचारदाता
राजविराज, ७ चैत ।
डाका मुद्दाका फरार एक अभियुक्त २० वर्ष पछी पक्राउ परेका छन्् । पक्राउ पर्नेमा सप्तरीको बोदेबर्साइन नगरपालिका ३ का ६५ वर्षिय फुल कुमार चौधरी थारु छन् ।
प्रहरीेले उनलाई गाँउघरमै लुकि वसेको अवस्थामा सोमवार साँझ पक्राउ गरेको हो । थारुले २०५८ साल जेठ २ गते सोही नगरपालिकाका सूर्य नारायण पालको घरमा घुसी पालको हात खुट्टा बाँधेर ६७ हजार ४० रुपैया बराबरको धनमाल लुटेर लगेका जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
डकौतिको मुख्य योजनाकार थारु नै रहेको तथा सो मुद्दा संलग्न अन्य १०÷११ जना भने अझै फरार रहेको र खोजी कार्य भईरहेको प्रहरीको भनाई छ ।
उनलाई जिल्ला अदालत सप्तरीले २०७१ साल चैत्र १० गते ६ वषै कैद सजाय र १ लाख १९ हजार १ सय ८२ रुपैया जरिवाना ठहर गरेको थियो । घट्ना पछी उनी फरार थिए । पक्राउ परेका थारुलाई अदालतमा उपस्थित गराउँदा आदेशानुसार मंगलवार कैद सजाय भुक्तानका लागी राजविराज कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
डाका मुद्दामा फरार अभियुक्त २० वर्षपछी पक्राउ
सारांश
- प्रहरीेले उनलाई गाँउघरमै लुकि वसेको अवस्थामा सोमवार साँझ पक्राउ गरेको हो ।
- थारुले २०५८ साल जेठ २ गते सोही नगरपालिकाका सूर्य नारायण पालको घरमा घुसी पालको हात खुट्टा बाँधेर ६७ हजार ४० रुपैया बराबरको धनमाल लुटेर लगेका जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
- डकौतिको मुख्य योजनाकार थारु नै रहेको तथा सो मुद्दा संलग्न अन्य १०÷११ जना भने अझै फरार रहेको र खोजी कार्य भईरहेको प्रहरीको भनाई छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय
गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु
जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम
परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
प्रतिक्रिया
० प्रतिक्रिया