बढदै आत्महत्याका घट्ना, झुण्डिएको अवस्थामा पुरुष  र किशोरी मृत फेला, महिलाद्वारा विषादी सेवन 

राजविराज राजविराज
|
बिहिबार, चैत्र १६, २०७९
|
|
१७ पटक हेरिएको
Shares
बढदै आत्महत्याका घट्ना, झुण्डिएको अवस्थामा पुरुष  र किशोरी मृत फेला, महिलाद्वारा विषादी सेवन 

सारांश

  •     चालु आर्थिक वर्ष २०७९÷८० को हाल सम्मको अवधीमा विष सेवन र झुण्डिएर आत्महत्या गर्नेको संख्या ८१ पुगेको जिल्ला प्रहरी कार्यालय सप्तरीको तथ्याङ्कले देखाएको छ ।
  •       पछिल्लो पटक जिल्लाको कंचनरुप नगरपालिका ९ रुपनगर सरदार टोलका एक पुरुष पासो लगाई झुण्डिएर मृत अवस्थामा बिहीबार फेला परेका छन् ।
  •       घरदेखी ७ सय मिटर दक्षिण रहेको सिताराम कबराको आँप बगैँचामा ५५  वर्षिय राजकुमार सरदार आँपको रुखको हाङ्गामा गलबन्दिको पासो लगाई झुण्डीएर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, १६ चैत ।

    सप्तरीमा आत्महत्याका घटना निकै बढ्दै गइरहेको छ । दुई दिनमा एक पुरुष र एक किशोरी झुण्डिएर मृत अवस्थामा फेला परेका छन् भने एक महिलाले किरा मार्ने विषादी सेवन गरेकी छिन् ।
    चालु आर्थिक वर्ष २०७९÷८० को हाल सम्मको अवधीमा विष सेवन र झुण्डिएर आत्महत्या गर्नेको संख्या ८१ पुगेको जिल्ला प्रहरी कार्यालय सप्तरीको तथ्याङ्कले देखाएको छ । 
    पछिल्लो पटक जिल्लाको कंचनरुप नगरपालिका ९ रुपनगर सरदार टोलका एक पुरुष पासो लगाई झुण्डिएर मृत अवस्थामा बिहीबार फेला परेका छन् । 
    घरदेखी ७ सय मिटर दक्षिण रहेको सिताराम कबराको आँप बगैँचामा ५५  वर्षिय राजकुमार सरदार आँपको रुखको हाङ्गामा गलबन्दिको पासो लगाई झुण्डीएर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । बिहान स्थानियले झुण्डीरहेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटना बारे इलाका प्रहरी कार्यालय कंचनपुरले थप अनुसन्धान गरिरहेको जनाएको छ । 
    यसअघि जिल्लाको विष्णुपुर गाउँपालिका ३ मुसहरनिया टोल निवासी स्थानिय राम कुमार मण्डलकी १८ वर्षिया छोरी पुजा कुमारी मण्डल झुण्डिएर मृत अवस्थामा फेला परेकी छिन् । उनी घरमा कोई नभएको अवस्थामा सुत्ने कोठाको बाँसको बलोमा कपडाको डोरीले पासो लगाई झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 
    प्रारम्भिक अनुसन्धानले आत्महत्या नै देखाएपनि घरमा कोही नभएको बेला आत्महत्या गरेको देखिएको तथा कारण खुल्न नसकेको प्रहरीको भनाई छ । केही समय यता जिल्लामा आत्महत्याका घट्ना अत्यधिक बढेको पाइएको छ । जिल्लामा २०७८÷७९ मा झुण्डिएर, विष सेवन गरेर र आगो लगाएर १ सय ३६ जनाले ज्यान गुमाएका थिए । 
    यता बिहीबार दिउँसो जिल्लाको डाकनेश्वरी नगरपालिका ६ बिसनपुर निवासी मो. राजाउलकी श्रीमती २२ वर्षिया ननकी खातुनले किरा मार्ने बिषादी सेवन गरेकी छिन् । विषादी सेवन पश्चात् उनी बिरामी भएपछि स्थानिय उमाकान्त कल्पना मेमोरियल अस्पताल पातोमा उपचारार्थ छिन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मित्रमिलन समारोहमा टिम कालो ८ विकेटले बिजयी
मित्रमिलन समारोहमा टिम कालो ८ विकेटले बिजयी
भन्सार कार्यालयलाई निर्णय तुरुन्त फिर्ता लिन सिमा सम्वादको आग्रह
भन्सार कार्यालयलाई निर्णय तुरुन्त फिर्ता लिन सिमा सम्वादको आग्रह
सप्तरीसहित पाँच जिल्लामा दादुरा रुबेला रोग शुन्यमा, फागुन १३ देखि चैत २ गतेसम्म  दादुरा–रुबेला रोग विरुद्धको खोप अभियान
सप्तरीसहित पाँच जिल्लामा दादुरा रुबेला रोग शुन्यमा, फागुन १३ देखि चैत २ गतेसम्म  दादुरा–रुबेला रोग विरुद्धको खोप अभियान
सातदेखी ७५ वर्ष उमेर समूहका २५ जना अशक्तलाई ह्वील चेयर प्रदान
सातदेखी ७५ वर्ष उमेर समूहका २५ जना अशक्तलाई ह्वील चेयर प्रदान
पैगम्वर हजरत मोहम्मदको जन्मोत्सव मनाइयो 
पैगम्वर हजरत मोहम्मदको जन्मोत्सव मनाइयो 
मेयर कप प्रिमियर लिगको दोश्रो दिन तिलाठी जायन्टस र टिभिएस किंग्स बिजयी
मेयर कप प्रिमियर लिगको दोश्रो दिन तिलाठी जायन्टस र टिभिएस किंग्स बिजयी
करदाता सेवा कार्यालय यथावत  नराखिए आन्दोलन चर्काउने चेतावनी 
करदाता सेवा कार्यालय यथावत  नराखिए आन्दोलन चर्काउने चेतावनी 
१३ दिनदेखी व्यवसायी दासको अवस्था अज्ञात, साथीद्वारै श्रीमानको अपहरण ः अपहरितकी श्रीमती 
आर्थिक वर्षको पूर्वसन्ध्यामा राजविराज नगरपालिकामा एकपछी अर्को आन्दोलन, सरसफाई कर्मचारी, घाइतेको उपचार खर्च माग्दै गरिएको आन्दोलन नसकिदै अब कर्मचारी नै आन्दोलित
आर्थिक वर्षको पूर्वसन्ध्यामा राजविराज नगरपालिकामा एकपछी अर्को आन्दोलन, सरसफाई कर्मचारी, घाइतेको उपचार खर्च माग्दै गरिएको आन्दोलन नसकिदै अब कर्मचारी नै आन्दोलित
दुई लाख बराबरको मेशिनरी समान बरामद