भैसीपालनमा बृद्वि गर्ने उद्देश्यले भैंसी प्रजनन् सम्बन्धी स्वास्थ शिविर 

राजविराज राजविराज
|
बुधबार, चैत्र २२, २०७९
|
|
४३ पटक हेरिएको
Shares
भैसीपालनमा बृद्वि गर्ने उद्देश्यले भैंसी प्रजनन् सम्बन्धी स्वास्थ शिविर 

सारांश

  •     रूपनी गाउपालिका वडा ६ स्थित चौधरीबस्तीमा बुधबार राष्ट्रिय भैंसी अनुसन्धान कार्यक्रम अन्तर्गत यस क्षेत्रको ५० वटा भैसीको स्वास्थ उपचारसँगै आबश्यक औषधी वितरण गरिएको गाउँपालिका अध्यक्ष दिनेश यादवले जानकारी दिए ।
  •     उक्त शिविरमा अधिकांश भैसीमा पोषणको समस्या देखिएको र शरिरमा चाहिने मासु नभएको र खानपानमा उचित सन्तुलन नभएको एनबिआरपीका डा.
  • पंकज झाले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, २२ चैत ।

    भैसीमा देखिने समस्या र भैंसी पालनमा बृद्वि गर्ने उद्देश्यले सप्तरीको रुपनी गाउापालिकामा भैंसी प्रजनन् सम्बन्धी एक दिने स्वास्थ शिबिरको आयोजना गरिएको छ ।
    रूपनी गाउपालिका वडा ६ स्थित चौधरीबस्तीमा बुधबार राष्ट्रिय भैंसी अनुसन्धान कार्यक्रम अन्तर्गत यस क्षेत्रको ५० वटा भैसीको स्वास्थ उपचारसँगै आबश्यक औषधी वितरण गरिएको गाउँपालिका अध्यक्ष दिनेश यादवले जानकारी दिए ।
    उक्त शिविरमा अधिकांश भैसीमा पोषणको समस्या देखिएको र शरिरमा चाहिने मासु नभएको र खानपानमा उचित सन्तुलन नभएको एनबिआरपीका डा.पंकज झाले जानकारी दिए ।
    भैंसी पालकहरूले समयमा औषधी उपचारसँगै आन्तरिक परिजिवी सम्बन्धी औषधी नदिएको पाईएकोले प्रजनन् सम्बन्धी समस्या हुने गरेको राष्ट्रिय भैसी अनुसन्धान कार्यक्रम तरहरा सुनसरीका प्रमुख पवन झाको भनाई छ । 
    उनले उचित खानपिन र आबश्यक औषधी नपाउदा दूध उत्पादनमा कमि आउने गरेकोले भैंसी पालनमा आकर्षण बढाउन समुचित ब्यबस्था गर्नुपर्नेमा जोड दिए ।
    प्रमुख झा अनुसार सुनसरी, सप्तरीको रूपनीसहित तिरहुतको डिमन, अग्नीसाईर कृष्णासवरण गाउँपालिकाको महुलीमा भैंसी स्वास्थ शिविर संचालन गर्दै आएको बताए ।
    यस अघि पहिलो चरणमा भैसीपालकहरूलाई भैसीपालन सम्बन्धी तालिम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरी दोस्रो चरणमा प्रजनन् स्वास्थ शिविरको आयोजना गरेको प्रमुख झा बताउछन ।
    सो अवसरमा भैसीहरूको उपचार पश्चात् रूपनी गाउपालिकाका अध्यक्ष यादबले कृषक÷भैसीपालकहरूलाई भैसीका लागि चाहिने आबश्यक औषधी वितरण गरेका थिए ।
    आई.एल.आर.आईको सहयोगमा तथा साईकृषी सहकारी संस्था रूपनी १ का अध्यक्ष तेज नारायण यादबको अगुवाईमा संचालित शिविरमा डा. शिवनाथ महतो, डा. पंकज झा, डा लिलाराम पाठक र डा. यनमनी नेपालले भैसिको उपचार गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?