नागरिकता प्रकरण ः उपप्रमुखलाई हिरासतमा राखी अनुसन्धान गर्न  चौथो पटक म्याद थपियो

राजविराज राजविराज
|
सोमबार, श्रावण १, २०८०
|
|
६६ पटक हेरिएको
Shares
नागरिकता प्रकरण ः उपप्रमुखलाई हिरासतमा राखी अनुसन्धान गर्न  चौथो पटक म्याद थपियो

सारांश

  •     उपप्रमुख यादवलाई थप ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको हो ।
  • यसअघि अदालतले असार २१ गते तीन दिन, असार २४ गते पाँच दिन र असार २८ गते चार दिन उपप्रमुख यादवलाई प्रहरी हिरासतमा राखी अनुसन्धान गर्न म्याद थपेको थियो ।
  •       सोही मुद्दाका अर्का आरोपी उनका पति महेन्द्र अझै फरार छन् ।

दैनिक समाचारदाता
राजविराज, १ साउन ।

    दुई देशको नागरिकता लिएको प्रकरणमा पक्राउ परेकी सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मिराकुमारी यादवलाई अनुसन्धानका लागि हिरासतमा राख्न चौथो पटक म्याद थप गरिएको छ । 
    उपप्रमुख यादवलाई थप ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको हो । यसअघि अदालतले असार २१ गते तीन दिन, असार २४ गते पाँच दिन र असार २८ गते चार दिन उपप्रमुख यादवलाई प्रहरी हिरासतमा राखी अनुसन्धान गर्न म्याद थपेको थियो । 
    सोही मुद्दाका अर्का आरोपी उनका पति महेन्द्र अझै फरार छन् । उनको खोजी कार्य जारि रहेको प्रहरी उपरिक्षक नरेन्द्र कुमारी कार्कीले जानकारी दिए । 
    नेपाल र भारतको नागरिकता लिएको आरोपमा उपप्रमुख यादवले असार २० गते आफै जिल्ला प्रहरी कार्यालय सप्तरीमा हाजिर भएकी थिइन् । उपप्रमुख मिरा र उनका पति महेन्द्र बिरुद्ध नागरिकता सम्बन्धी कसुर मुद्दामा जेठ ५ गते सप्तरी जिल्ला अदालतबाट परमादेश जारि भएपछि असार १७ गते जिल्ला प्रहरी कार्यालयले मुद्दा दर्ता गरेको थियो ।
    उपप्रमुख मिराकुमारी यादव र उनका पति महेन्द्रकुमार यादव भारतको बिहारस्थित मझारी पञ्चायत अन्तर्गतको मझारी गाउँका स्थानीय भएको दाबी गर्दै २०७९ साउनमा जिल्ला प्रशासन कार्यालय सप्तरीमा उजुरी परेको थियो । मिरा, महेन्द्रसहित उनीहरुका सन्तानले समेत झुठा विवरण पेस गरेर नेपाली नागरिकता लिएको उजुरीमा उल्लेख छ ।      

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दोहो¥याएर उम्मेदवारी दिएका आतेश र सरिता मात्र निर्वाचित
दोहो¥याएर उम्मेदवारी दिएका आतेश र सरिता मात्र निर्वाचित
नेपाली संस्कृति र विकास क्षेत्रमा नेपाल 
नेपाली संस्कृति र विकास क्षेत्रमा नेपाल 
भन्सार छली ल्याइएका किराना समानसहित अटो प्रहरी नियन्त्रणमा
भन्सार छली ल्याइएका किराना समानसहित अटो प्रहरी नियन्त्रणमा
अध्यादेश संविधान विपरीत रहेकोले थारुलाई झुक्याउने काम ः प्रदेशसभा सदस्य लेखी
अध्यादेश संविधान विपरीत रहेकोले थारुलाई झुक्याउने काम ः प्रदेशसभा सदस्य लेखी
बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
लोसपा परित्याग गरेका मण्डल राष्ट्रिय मुक्ति अभियानमा जुडे
लोसपा परित्याग गरेका मण्डल राष्ट्रिय मुक्ति अभियानमा जुडे
दश रुँपैया जरिवाना गरिएका महिलासहित ८ फरार प्रतिवादी पक्राउ
दश रुँपैया जरिवाना गरिएका महिलासहित ८ फरार प्रतिवादी पक्राउ
कोशी नदीमा उद्दारकला र पूर्वअभ्यासमा सहभागि दुई सशस्त्र प्रहरी बेपत्ता
कोशी नदीमा उद्दारकला र पूर्वअभ्यासमा सहभागि दुई सशस्त्र प्रहरी बेपत्ता
बिक्रिका लागि राखिएको लागु  औषधसहित कारोवारी पक्राउ
बिक्रिका लागि राखिएको लागु  औषधसहित कारोवारी पक्राउ
महँगी तथा भ्रष्टाचार विरुद्ध ¥याली
महँगी तथा भ्रष्टाचार विरुद्ध ¥याली