तीन वर्षभित्र राजरंगशालालाई पूर्ण रुपमा  निर्माण गरि राष्ट्रिय प्रतियोगिता गराउने  लक्ष्य ः शिक्षा मन्त्रि यादव

राजविराज राजविराज
|
सोमबार, श्रावण २२, २०८०
|
|
७० पटक हेरिएको
Shares
तीन वर्षभित्र राजरंगशालालाई पूर्ण रुपमा  निर्माण गरि राष्ट्रिय प्रतियोगिता गराउने  लक्ष्य ः शिक्षा मन्त्रि यादव

सारांश

  •     सोमबार सप्तरी क्रिकेट संघको चौथो साधारण सभाको उद्घाटन सत्रमा प्रमुख अतिथिको आसन्नबाट बोल्दै उनले सो जानकारी दिएका हुन् ।
  •       मन्त्रि यादवले राजविराजस्थित पविमाविको खेल मैदानको स्तरोन्नतीका लागि ५० लाख तथा राजरंशालाको पुर्ननिर्माणका लागि १ करोड रकम बिनियोजित गरेको बताए ।
  • उनले राजविराज वडा नं.

दैनिक समाचारदाता
राजविराज, २२ साउन ।

    मधेश प्रदेशका शिक्षा तथा समाज कल्याण मन्त्रि महेश प्रसाद यादवले सप्तरीको खेलकुद क्षेत्रमा विकासका लागि चालु आ.ब.मा १ करोड ७५ लाख रकम बिनियोजित गरेको जानकारी दिएका छन् ।  
    सोमबार सप्तरी क्रिकेट संघको चौथो साधारण सभाको उद्घाटन सत्रमा प्रमुख अतिथिको आसन्नबाट बोल्दै उनले सो जानकारी दिएका हुन् । 
    मन्त्रि यादवले राजविराजस्थित पविमाविको खेल मैदानको स्तरोन्नतीका लागि ५० लाख तथा राजरंशालाको पुर्ननिर्माणका लागि १ करोड रकम बिनियोजित गरेको बताए । उनले राजविराज वडा नं. २ मा क्रिकेट ऐकेडेमीका लागि २५ लाख रकम समेत बिनियोजित गरेको जानकारी दिए ।
    सभामा बोल्दै उनले राजरंगशालालाई तीन वर्षभित्र पूर्ण रुपमा खेलमैदानको लागि तैयारी गर्ने लक्ष्य राखेको बताए । मधेश प्रदेश सरकारले ११ औं राष्ट्रिय प्रतियोगिता गराउन जिम्मा पाएकोमा सोही अनुसार तीन वर्षभित्र रंगशालालाई पूर्ण रुपमा निर्माण गरि उक्त प्रतियोगिता गराउने आफ्नो लक्ष्य रहेको उनको भनाई थियो । 
    यस्तै वडा नं. २ मा क्रिकेट ऐकेडेमी निर्माण भएपछि भविष्यमा त्यसलाई प्रदेश स्तरिय ऐकेडेमीको रुपमा विकास गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । सोही सभामा मन्त्रि यादवले खेलकुद ऐन यसै महिनाभित्र निर्माण भइसकेपछि खेलकुद क्षेत्रमा विकास गर्न सहज हुने बताए । 
    मन्त्रि यादवले खेलकुद ऐन निर्माण भइसकेपछि प्रदेश र जिल्ला स्तरिय खेलकुद विकास समितिमा हुने गरेको राजनीतिक भर्ति केन्द्र पूर्णरुपले बन्देज लगाउने बताउँदै ती समितिहरुमा खेलकुदमा लागेका व्यक्तिहरुलाई मात्र नियुक्ती गर्ने योजना रहेको जिकिर गरे । 
    खेलकुदमा प्रशिक्षकहरुलाई नयाँ प्रविधिसँगै तालिमको व्यवस्था गर्ने जानकारी दिँदै उनले १० औं राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशका खेलाडीहरुलाई प्रदेश सरकारले नै प्रशिक्षित गर्ने जनाए । 
    सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठको अध्यक्षतामा आयोजित उद्घाटन सत्रमा मधेश प्रदेशका सभासद् सतिशकुमार सिंह, मधेश प्रदेश क्रिकेट संघका अध्यक्ष, केन्द्रिय सदस्य लगायतका सप्तरी क्रिकेट संघका सदस्यका तर्फबाट राजेशकुमार झाले शुभकामना व्यक्त गरेका थिए भने संघका सचिव चन्दनकुमार यादवले प्रतिवेदन प्रस्तुत गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक स्वास्थ्यकर्मीसहित १७ जनामा कोरोना संक्रमण, आइसोलेशन बेडको अभावमा १४ संक्रमित अझै क्वारेन्टाइनमै
एक स्वास्थ्यकर्मीसहित १७ जनामा कोरोना संक्रमण, आइसोलेशन बेडको अभावमा १४ संक्रमित अझै क्वारेन्टाइनमै
बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज  फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज  फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
कार्यालयको पर्खालमा कोरिदै मिथिला चित्रकला  
कार्यालयको पर्खालमा कोरिदै मिथिला चित्रकला  
कोइलाडीले दोश्रो पटक गजेन्द्रनारायण सिंह स्मृति टी २० को उपाधी हात पा¥यो 
कोइलाडीले दोश्रो पटक गजेन्द्रनारायण सिंह स्मृति टी २० को उपाधी हात पा¥यो 
जनप्रतिनिधि र कर्मचारीकोे तलब भत्ताबाट राष्ट्र पुनर्निमाण कोषमा ५ लाख ५१ हजार
जनप्रतिनिधि र कर्मचारीकोे तलब भत्ताबाट राष्ट्र पुनर्निमाण कोषमा ५ लाख ५१ हजार
पिएम कपमा डाक्नेश्वरी बिजयी
पिएम कपमा डाक्नेश्वरी बिजयी
नवनिर्वाचित पदाधिकारीहरु घरदैलोमा
नवनिर्वाचित पदाधिकारीहरु घरदैलोमा
उबा संघ सप्तरीको नेतृत्वका लागि  तीन जनाको उम्मेदवारी घोषणा
उबा संघ सप्तरीको नेतृत्वका लागि  तीन जनाको उम्मेदवारी घोषणा
बिष्णु महायज्ञको धोजारोहन
बिष्णु महायज्ञको धोजारोहन
विपद् पूर्व अनुमानमा आधारित तालिम सम्पन्न 
विपद् पूर्व अनुमानमा आधारित तालिम सम्पन्न 

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी