राजविराज÷प्रगतिशील लेखक संघ नेपालको प्रथम सम्मेलनबाट पार्वती राउतको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ ।
सप्तरीको कञ्चनरुप नगरपालिकामा सम्पन्न सप्तरी जिल्ला सम्मेलनले राउतको अध्यक्षतामा जिल्ला कार्य समिति चयन गरेको हो ।
गठित समितिको उपाध्यक्षमा मेघराज पौडेल, सचिवमा भोजराज मुखाले, सहसचिवमा रोमा लम्साल र कोषाध्यक्षमा इश्वरीप्रसादलाई चयन गरिएको छ भने समितिको सदस्यहरुमा इन्द्रबहादुर थापा, बोधराज सुबेदी, शिवप्रसाद आचार्य र मनोहरकुमार रहेका छन् ।
एक समारोहका बीच सम्मेलनको प्रलेस नेपालका केन्दीय उपाध्यक्ष मिश्र बैजयन्तीले पानसमा बत्ती बालेर उद्घाटन गरिन् ।
उद्घाटनका गर्दै उनले उपभोक्तावादी संस्कृति हावी हुंदै गएकोले प्रगतिशील लेखक तथा साहित्यकारहरुले सचेत हुनुपर्नेमा जोड दिए । त्यस्तै सम्मेलनमा राष्ट्रिय सभाका सदस्य सुमनराज प्याकुरेलले मुलुकमा प्रगतिशील लेखकीय र साहित्यको भूमिका झनै बढेको बताए ।
कञ्चनरुप नगर प्रमुख बसन्त मिश्रले समाजमा भइरहेको बेथितीविरुद्ध लेखकहरुले खवरदारी गरिरहनु पर्ने बताए । त्यस्तै सप्तकोशी नगर प्रमुख उत्तम शर्माले समाज परिवर्तनको लागि साहित्य नै महत्वपूर्ण र धारिलो हतियार रहेको बताए ।
कार्यक्रममा चन्द्रमणी पौडेल, तिर्थराज पोखरेल, नन्दलाल आचार्य, मेघराज पौडेल, भोजराज मुखाले, पार्वती राउत, रोमा लम्साल, सुरेन्द्र गुप्ता, बोधराज सुबेदीलगायतले कविता, गजल र मुक्तक वाचन गरेका थिए ।
सम्मेलनले आगामी चैत २२–२३ मा हुने राष्ट्रिय सम्मेलनका लागि चन्द्रमणी पौडेल, लम्साल र मुखालेलाई पठाउने निर्णय गरेको छ ।
प्रगतिशील लेखक संघको अध्यक्षमा पार्वती राउत
सारांश
- एक समारोहका बीच सम्मेलनको प्रलेस नेपालका केन्दीय उपाध्यक्ष मिश्र बैजयन्तीले पानसमा बत्ती बालेर उद्घाटन गरिन् ।
- उद्घाटनका गर्दै उनले उपभोक्तावादी संस्कृति हावी हुंदै गएकोले प्रगतिशील लेखक तथा साहित्यकारहरुले सचेत हुनुपर्नेमा जोड दिए ।
- त्यस्तै सम्मेलनमा राष्ट्रिय सभाका सदस्य सुमनराज प्याकुरेलले मुलुकमा प्रगतिशील लेखकीय र साहित्यको भूमिका झनै बढेको बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया