दैनिक समाचारदाता
राजविराज, १ जेठ ।
राजविराजबाट ११ दिनअघि वेपत्ता भएकी दिदीबहिनी मंगलबार भारतको बृन्दावनमा भेटाएकी छिन् ।
भारतको बिहार राज्य अन्तरगत दरभंगा जिल्ला जालेग्राम पंचायत निवासी १८ वर्षिया रिंकी यादव र १९ वर्षिया पिंकी यादव गत बैशाख २१ गते राजविराज ७ खरसाल टोलबाट सम्पर्कबिहीन भएकी थिइन् ।
दिदीबहिनी रिंकी र पिंकी मामा अशोक यादवको छोराको बिवाह कार्यक्रममा सहभागि हुन आएको बेला बैशाख २१ गतेदेखी सम्पर्कबिहीन भएकी थिइन् ।
विवाह कार्यक्रममा आएकी दिदीबहिनीको बैशाख २० गते आमा देवकी देवीसँग विवाद भएको थियो । सोही कारणले कसैलाई कुनै जानकारी नदिई भान्जीहरु बैशाख २१ गते घरबाट निस्केको मामा अशोकले जिल्ला प्रहरी कार्यालय सप्तरीमा जानकारी दिएका थिए ।
सम्पर्कबिहीन भएको दिनदेखी नै दिदीबहिनीले बोकेको मोबाइलको पनि स्विच अफ भएपछि परिवारजनले दिएको हुलिया विवरणसहित प्रहरीले खोजिकार्य गरिरहेको थियो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी ढुण्डिराज नेउपानेले खोजिकार्य जारि राखेको बेला उनीहरु भारतको बृन्दावन शहरमा भेटिएको परिवारजन मार्फत बुझिन आएको जानकारी दिए ।
मामा अशोकका अनुसार भान्जीहरु रिंकी र पिंकीले बोकेको मोवाइल चालु भएपछि उनीहरु सम्पर्कमा आएको र सोही आधारमा बृन्दावनको एक धर्मशालाबाट सकुशल अवस्थामा फेला परेको बताए ।
वेपत्ता दिदीबहिनी बृन्दावनमा भेटिइन्
सारांश
- भारतको बिहार राज्य अन्तरगत दरभंगा जिल्ला जालेग्राम पंचायत निवासी १८ वर्षिया रिंकी यादव र १९ वर्षिया पिंकी यादव गत बैशाख २१ गते राजविराज ७ खरसाल टोलबाट सम्पर्कबिहीन भएकी थिइन् ।
- दिदीबहिनी रिंकी र पिंकी मामा अशोक यादवको छोराको बिवाह कार्यक्रममा सहभागि हुन आएको बेला बैशाख २१ गतेदेखी सम्पर्कबिहीन भएकी थिइन् ।
- विवाह कार्यक्रममा आएकी दिदीबहिनीको बैशाख २० गते आमा देवकी देवीसँग विवाद भएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भण्डारण गरिराखेको २१ क्विन्टल गाँजासहित दुई पक्राउ
एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय
गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु
जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम
परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
प्रतिक्रिया
० प्रतिक्रिया