सपथग्रहण लगत्तै नवनिर्वाचित वडाअध्यक्ष पक्राउ, वडा अध्यक्ष साहमाथी अपहरण, जबरजस्तीकरणी र कर्तब्य ज्यान मुद्दामा अनुसन्धान सुरु ः प्रहरी

राजविराज राजविराज
|
शुक्रबार, मंसिर २१, २०८१
|
|
४८ पटक हेरिएको
Shares
सपथग्रहण लगत्तै नवनिर्वाचित वडाअध्यक्ष पक्राउ, वडा अध्यक्ष साहमाथी अपहरण, जबरजस्तीकरणी र कर्तब्य ज्यान मुद्दामा अनुसन्धान सुरु ः प्रहरी

सारांश

  •     तीन वर्ष अघि भएको सोही वडाकी १९ वर्षिया एक युवतीको अपहरण, जबरजस्तीकरणी र कर्तव्य ज्यान घटनामा उनको समेत संलग्नता रहेको भन्दै प्रहरीमा परेको उजुरी र अदालतको परमादेशको आधारमा नवनिर्वाचित वडाअध्यक्ष साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
  •       यही मंसिर १६ गते सम्पन्न उपनिर्वाचनमा साह जनता समाजवादी पार्टी (जसपा) नेपालबाट वडाअध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
  • अघिल्लो दिन विहीवार पदभार ग्रहण कार्यक्रममा सरिक हुन पुगेका बेला उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

दैनिक समाचारदाता
राजविराज, २१ मंसिर । 

    सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं. १ का नवनिर्वाचित वडाअध्यक्ष धीरेन्द्र कुमार साह सपथग्रहण लगत्तै पदभार ग्रहण कार्यक्रममा सहभागी हुन पुगेका बेला पक्राउ परेका छन् । 
    तीन वर्ष अघि भएको सोही वडाकी १९ वर्षिया एक युवतीको अपहरण, जबरजस्तीकरणी र कर्तव्य ज्यान घटनामा उनको समेत संलग्नता रहेको भन्दै प्रहरीमा परेको उजुरी र अदालतको परमादेशको आधारमा नवनिर्वाचित वडाअध्यक्ष साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।  
    यही मंसिर १६ गते सम्पन्न उपनिर्वाचनमा साह जनता समाजवादी पार्टी (जसपा) नेपालबाट वडाअध्यक्ष पदमा निर्वाचित भएका हुन् । अघिल्लो दिन विहीवार पदभार ग्रहण कार्यक्रममा सरिक हुन पुगेका बेला उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । 
    प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले साह उपर अपहरण तथा शरिर बन्धक, जबरजस्तीकरणी र कर्तब्य ज्यान मुद्दामा अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिए । अघिल्लो दिन साँझ पक्राउ परेका साहलाई लगातार सार्वजनिक विदा परेकाले सोमवार मात्र म्याद थपका लागी अदालतमा उपस्थित गराईने उनको भनाई छ । 
    प्रहरीका अनुसार साह र अन्य केही प्रतिवादी माथी सोही वडाकी १९ वर्षिया युवतीको २०७९ साल साउन १७ गते अपहरण तथा शरीर बन्धक, जबरजस्तीकरणी र कर्तव्य ज्यान लगायतका अपराध गरेकोे आरोप छ । 
    यसरी युवतीलाई अपहरण, बलात्कार र कर्तब्य ज्यान लगायतका अपराध गरेको भन्दै साह सहितका ब्यक्तीहरु विरुद्ध २०७९ साल साउन १९ गते पीडित परिवारद्वारा इलाका प्रहरी कार्यालय कल्याणपुरमा जाहेरी परेको थियो । त्यसपछी उनी फरार भएका थिए । यसबारे २०८० साल जेठ १० गते जिल्ला सरकारी वकिल कार्यालय सप्तरीबाट समेत इलाका प्रहरी कार्यालय कल्याणपुरमा जाहेरी परेको र २०८० चैत्र उच्च अदालत जनकपुर–राजविराज इजलाशबाट परमादेश जारी भएको प्रहरीको भनाइ छ । 
    यस्तै २०८१ साउन १४ गते इलाका प्रहरी कार्यालय कल्याणपुरमा उक्त मुद्दा दर्ता भएको थियो । त्यस पश्चात् २०८१ साउन १५ गते साहसहित प्रतिवादी विरुद्ध पक्राउ पूर्जी प्राप्त भएपछी साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 
    प्रहरीले खोजतलास गरिरहेको र पक्राउ पर्न सक्ने आँकलन गर्दै साह उम्मेदारी मनोनयनका दिन आफु उपस्थित नभई वारेस मार्फत मनोनयन पत्र दर्ता गराएका थिए । 
    यसअघि वडाअध्यक्ष पदमा उक्त वडाबाट निर्वाचित भएका नेपाली काँग्रेसका प्रितमलाल चौधरीको निधन भएका कारण उपनिर्वाचन भएको थियो । तर नवनिर्वाचित वडाअध्यक्ष संगिन अपराधमा पक्राउ परे पछी एक पल्ट फेरी उक्त वडा अहिले जनप्रतिनिधीविहिन बन्न पुगेको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीको एउटै पालिकाको दुई वडामा उपनिर्वाचन हुँदै
सप्तरीको एउटै पालिकाको दुई वडामा उपनिर्वाचन हुँदै
प्रजातन्त्र दिवसमा प्रभातफेरी
प्रजातन्त्र दिवसमा प्रभातफेरी
राजविराजमा ट्राफिक प्रहरीको आक्रमक व्यवहार, सर्वसाधारणलाई दुःख दिइरहदा पनि सञ्चारकर्मीलाई तस्बिर खिच्न रोक
राजविराजमा ट्राफिक प्रहरीको आक्रमक व्यवहार, सर्वसाधारणलाई दुःख दिइरहदा पनि सञ्चारकर्मीलाई तस्बिर खिच्न रोक
लैङ्गिक हिंसा रोक्न सडक नाटक मार्फत सन्देश
लैङ्गिक हिंसा रोक्न सडक नाटक मार्फत सन्देश
चट्याङ् लागेर एक बालिकासहित तीनको मृत्यु 
प्रहरीको गोलीबाट लालु यादवको मृत्यु, मृत्युको बिरोधमा दिनभर राजविराजमा प्रदर्शन, भिंड नियन्त्रण गर्न तीन राउण्ड आश्रु ग्यास प्रहार
प्रहरीको गोलीबाट लालु यादवको मृत्यु, मृत्युको बिरोधमा दिनभर राजविराजमा प्रदर्शन, भिंड नियन्त्रण गर्न तीन राउण्ड आश्रु ग्यास प्रहार
पूर्वमन्त्री चतुर्भुजप्रसाद सिंहको निधन
पूर्वमन्त्री चतुर्भुजप्रसाद सिंहको निधन
अब स्वाब परिक्षणमा परिचयपत्र अनिवार्य
अब स्वाब परिक्षणमा परिचयपत्र अनिवार्य
राजविराज नगरपालिकाका अधिकृत मनोज यादवलाई २४ घण्टे स्पष्टिकरण
राजविराज नगरपालिकाका अधिकृत मनोज यादवलाई २४ घण्टे स्पष्टिकरण
राष्ट्रिय मुक्ती पार्टी नेपालको सप्तरीमा संगठन विस्तार अभियान सुरु
राष्ट्रिय मुक्ती पार्टी नेपालको सप्तरीमा संगठन विस्तार अभियान सुरु

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?