दैनिक समाचारदाता
राजविराज, १५ माघ ।
प्रेस सेन्टर नेपालको २१ औं स्थापना दिवसको अवसरमा मंगलवार दलित समुदायका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
राजविराज नगरपालिका वडा नं. ९ का ४० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।
दलित समुदायका बालबालिकाहरुलाई कापी, कलम लगायतका शैक्षिक सामग्री वितरण गरिएको सेन्टरका सप्तरीका अध्यक्ष बिन्दु कुमार यादवले जानकारी दिए ।
सेन्टरका जिल्ला अध्यक्ष यादवको अध्यक्षतामा आयोजित शैक्षिक सामग्री वितरण कार्यक्रममा स्थानीय समाजसेवी सन्जु सिंह, महेन्द्र विन्देश्वरी क्याम्पसका अध्यापक चन्देश्वर यादव, सेन्टरका उपाध्यक्ष कमानन्द माझी, महेन्द्र मण्डल, मनोज कुमार यादव, पत्रकार रामनाथ यादव, अस्थायी प्रहरी पोष्ट खर्साल टोलका वरिष्ठ प्रहरी हवलदार ललित चौरसिया लगायतका व्यक्तिहरुको सहभागीता रहेको थियो ।
यस्तै स्थापना दिवसकै अवसरमा राजविराजस्थित दशन चौकमा मैनवती प्रज्जवलन गरिएको छ । सो अवसरमा राजविराज नगरपालिका वडा नं. ८ को वडा अध्यक्ष जयनारायण मण्डल, सेन्टरका निवर्तमान अध्यक्ष दिनानाथ यादव, उपाध्यक्ष कमानन्द माझी, मनोज यादव लगायतको सहभागिता थियो ।
प्रेस सेन्टरको स्थापना दिवसमा दलित समुदायका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान
सारांश
- राजविराज नगरपालिका वडा नं.
- ९ का ४० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।
- दलित समुदायका बालबालिकाहरुलाई कापी, कलम लगायतका शैक्षिक सामग्री वितरण गरिएको सेन्टरका सप्तरीका अध्यक्ष बिन्दु कुमार यादवले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया