सप्तरीमा बुधबारदेखी पाठेघरको मुखको क्यान्सरबिरुद्ध एचपिभी खोप अभियान संचालन हुँदै

राजविराज राजविराज
|
मंगलबार, माघ २२, २०८१
|
|
२२ पटक हेरिएको
Shares
सप्तरीमा बुधबारदेखी पाठेघरको मुखको क्यान्सरबिरुद्ध एचपिभी खोप अभियान संचालन हुँदै

सारांश

  •     जिल्लामा विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समुह र विद्यालयमा कक्षा ६ देखी १० सम्म अध्ययनरत ३६ हजार ७ सय १ जना किशोरीलाई लक्षित गरि उक्त अभियान संचालन गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख देवकान्त झाले जानकारी दिएका छन् ।
  •       प्रमुख झाले एचपीभी खोप अभियान पहिलो चरण माघ २३ देखी ३० सम्म जिल्लाको डाक्नेश्वरी नगरपालिका, बोदेबर्साइन नगरपालिका, सुरुङ्गा नगरपालिका, खडक नगरपालिका, शम्भुनाथ नगरपालिका तथा रुपनी गाउँपालिका, छिन्नमस्ता गाउँपालिका, राजगढ गाउँपालिका र बलान विहुल गाउँपालिका संचालन हुने बताए ।
  •       यस्तै दोश्रो चरण फागुन १ गतेबाट राजविराज नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, सप्तकोशी नगरपालिका, कञ्चनरुप नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका, तिरहुत गाउँपालिका, महादेवा गाउँपालिका, अग्नीसाईर कृष्णासवरण गाउँपालिका र विष्णुपुृर गाउँपालिकामा संचालन हुने प्रमुख झाले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, २२ माघ ।

    सप्तरी जिल्लामा बुधबारदेखी एचपीभी खोप अभियान संचालन हुँदैछ । पाठेघरको मुखको क्यान्सर बिरुद्ध उक्त खोप अभियान मुलुकभर मंगलबारदेखी संचालन भएपनि सप्तरीमा मंगलबार सरस्वती पुजाको मूर्ती सेलाउन दिन विद्यालयहरु बन्द रहेका कारण बुधबारदेखी संचालन हुन गइरहेको हो । 
    जिल्लामा विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समुह र विद्यालयमा कक्षा ६ देखी १० सम्म अध्ययनरत ३६ हजार ७ सय १ जना किशोरीलाई लक्षित गरि उक्त अभियान संचालन गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख देवकान्त झाले जानकारी दिएका छन् । 
    प्रमुख झाले एचपीभी खोप अभियान पहिलो चरण माघ २३ देखी ३० सम्म जिल्लाको डाक्नेश्वरी नगरपालिका, बोदेबर्साइन नगरपालिका, सुरुङ्गा नगरपालिका, खडक नगरपालिका, शम्भुनाथ नगरपालिका तथा रुपनी गाउँपालिका, छिन्नमस्ता गाउँपालिका, राजगढ गाउँपालिका र बलान विहुल गाउँपालिका संचालन हुने बताए । 
    यस्तै दोश्रो चरण फागुन १ गतेबाट राजविराज नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, सप्तकोशी नगरपालिका, कञ्चनरुप नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका, तिरहुत गाउँपालिका, महादेवा गाउँपालिका, अग्नीसाईर कृष्णासवरण गाउँपालिका र विष्णुपुृर गाउँपालिकामा संचालन हुने प्रमुख झाले जानकारी दिए । 
    जनस्वास्थ्य अधिकृत जागेश्वर खडकाले जिल्लामा एचपीभी खोप अभियान संचालनका लागी ४ सय ५० खोप केन्द्र कायम गरिएको र यसमा १ हजार भन्दा बढी स्वास्थ्यकर्मी परिचालन हुने जानकारी दिए । 
    विश्व स्वास्थ्य संगठनका प्रतिनीधी एवं खोप अधिकृत सरला न्यौपानेले पाठेघरको मुखको क्यान्सरबाट नेपालमा दैनिक चार महिलाको मृत्यु हुने गरेको बताउँदै मृत्युदर घटाउन र महिलालाई पाठेघरको मुखको क्यान्सर रोगबाट जोगाउन अहिले नेपालमा एचपीभी खोप अभियान चलाइएको बताइन । 
    नेपालमा क्यान्सरको कारणबाट महिलाहरुको मृत्यु हुनुमा पाठेघरको मुखको क्यान्सर नै पहिलो कारण देखिएको भन्दै उनले अभियान सफल बनाउन सबैसँग आग्रह समेत गरेकी छिन ।    

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छोरीको अपहरण, बलात्कार र हत्या तथा छोरा  वेपत्ता प्रकरणमा आमाद्वारा न्यायको अपिल, हिरासतमा रहेका वडाअध्यक्षलाई अनुसन्धान गर्न पुनः दश दिनको म्याद थप
छोरीको अपहरण, बलात्कार र हत्या तथा छोरा  वेपत्ता प्रकरणमा आमाद्वारा न्यायको अपिल, हिरासतमा रहेका वडाअध्यक्षलाई अनुसन्धान गर्न पुनः दश दिनको म्याद थप
सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
बैदेशिक रोजगारीमा पीडित भएकाहरुलाई न्याय दिलाएको भन्दै एसपी विष्ट सम्मानित
ट्रफि र कुखुरा पुरस्कार राखेर मैत्रीपूर्ण  फुटवल प्रतियोगिताको आयोजना
ट्रफि र कुखुरा पुरस्कार राखेर मैत्रीपूर्ण  फुटवल प्रतियोगिताको आयोजना
नाम झैं सबल बन्दै सबल नेपाल
नाम झैं सबल बन्दै सबल नेपाल
अदालतको आदेश विपरीत कार्य जारि, आदेशको पालना गर्न आग्रह
अदालतको आदेश विपरीत कार्य जारि, आदेशको पालना गर्न आग्रह
व्यवस्थित नहुँदै प्रयोगमा ल्याउँदा लथालिङ बन्यो शौचालय, दुर्गन्धले विद्यार्थीदेखी सर्वसाधारण समस्यामा
व्यवस्थित नहुँदै प्रयोगमा ल्याउँदा लथालिङ बन्यो शौचालय, दुर्गन्धले विद्यार्थीदेखी सर्वसाधारण समस्यामा
मुटु रोगको निःशुल्क शिविरबाट एक  हजार भन्दा बढीले पाए उपचार
मुटु रोगको निःशुल्क शिविरबाट एक  हजार भन्दा बढीले पाए उपचार
लघुवित्तिय संस्था विरुद्ध प्रदर्शन
लघुवित्तिय संस्था विरुद्ध प्रदर्शन
प्रहरीको घुमुवाको आतंकप्रति  व्यापारी बिरोधमा उत्रे
प्रहरीको घुमुवाको आतंकप्रति  व्यापारी बिरोधमा उत्रे