दैनिक समाचारदाता
राजविराज, ९ साउन ।
भारतबाट तस्करी भई आउँदै गरेको रंगपेन्ट्स तथा पानी तान्ने मोटर लगायतका सरसामानसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले शुक्रबार चेकजाचका क्रममा राजविराज ४ स्थित कुनौली मोड नजिकबाट रंगरोघन पेन्ट्स तथा पानी तान्ने मोटरसहित सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ बस्ने २४ वर्षिय विष्णुकुमार मेहतालाई पक्राउ गरेको हो ।
मेहताले तस्करीका लागि प्रयोग गरेको प्रदेश १–०२–०४१प८७६५ नं. को मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ । बरामद सामानको १ लाख ७६ हजार मुल्याङन गरिएको प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
उक्त अवैध मालसामान र मोटरसाइकलसहित मेहतालाई आवश्यक कारवाहीका लागि राजविराज भन्सार कार्यालय चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
तस्करीका सामानसहित मेहता पक्राउ
सारांश
- जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले शुक्रबार चेकजाचका क्रममा राजविराज ४ स्थित कुनौली मोड नजिकबाट रंगरोघन पेन्ट्स तथा पानी तान्ने मोटरसहित सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ बस्ने २४ वर्षिय विष्णुकुमार मेहतालाई पक्राउ गरेको हो ।
- मेहताले तस्करीका लागि प्रयोग गरेको प्रदेश १–०२–०४१प८७६५ नं.
- को मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया