दैनिक समाचारदाता
राजविराज, २२ असोज ।
जेनजी समूहका युवाहरुले बुधबार बिहान राजविराज विमानस्थलको भिआईपी कक्षको निरिक्षण गरेका छन् ।
जेनजी समूहले यस अघि नै विमानस्थल कार्यालयमा सञ्चालनमा रहेका भिआइपी कक्षलाई बन्द गनुपर्ने चेतावनी दिएका थिए । सोको पालना भए नभएको भनि हेर्न आएका थिए ।
जेनजी समूहका युवाहरुलाई मुल गेटमा सेना र प्रहरीले केहीबेर रोकेका थिए । सो क्रममा सामान्य भनाभन समेत भएको थियो ।
त्यसपछि जेनजीका अगुवाहरु मध्येका एक मोहन यादवको अगुवाइमा ५÷६ जना युवालाई भित्र प्रवेश गर्न दिइएको थियो । उनीहरु भिआइपी कक्ष बन्द रहेको आफ्नै आँखाले देखेपछि आश्वस्त भई फर्केका थिए ।
कुनै अप्रिय घटना नहोस् भन्ने उद्देश्यले विमानस्थल कार्यालयलाई दुई घण्टा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले सुरक्षा व्यवस्था मिलाएको नेपाल नागरिक उड्ययन प्राधिकरण कार्यालय राजविराजका प्रमुख ज्योति प्रकाश साहले बताए ।
विमानस्थल सुरक्षाका लागि आफै खटेका बरखगणका गणपती सोवित बहादुर चन्दले सम्भावित क्षतिबाट विमानस्थललाई जोगाउन सुरक्षा व्यवस्था कडा पारिएको बताए । उनले मुलुकको संरचना जोगाउने काम आफूहरुको मात्र नभई जेनजीका युवा भाइहरुको पनि रहेको भन्दै आफ्नो कुरा र गतिविधि संयमित भएर गर्न सचेत गराएका थिए ।
कार्यालय प्रमुख साहले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन पश्चात नै विमानस्थलमा रहेको भिआइपी कक्ष बन्द गरिएको गराएका थिए ।
विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
सारांश
- जेनजी समूहले यस अघि नै विमानस्थल कार्यालयमा सञ्चालनमा रहेका भिआइपी कक्षलाई बन्द गनुपर्ने चेतावनी दिएका थिए ।
- सोको पालना भए नभएको भनि हेर्न आएका थिए ।
- जेनजी समूहका युवाहरुलाई मुल गेटमा सेना र प्रहरीले केहीबेर रोकेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘लालपुर्जा’ पाउन नगरवासी फेरी आन्दोलनको तयारीमा, मन्त्रीको निर्देशन समेत कर्मचारीले टेरेनन्
हुंकार मधेशको सप्तरी अभियन्ता समूह गठन
यु–१९ क्रिकेट छनोट प्रतियोगितामा सप्तरी १५ रनले विजयी
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
प्रतिक्रिया
० प्रतिक्रिया