दैनिक समाचारदाता
राजविराज, ९ मंसिर ।
सप्तरी प्रहरीले भ्रष्टाचार मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको रुपनी गाउँपालिका १ का रामबाबु यादव छन् ।
झुठा विवरण पेश गरि भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालत काठमाडौबाट फैसला भएपश्चात् यादव फरार थिए । उनलाई १० हजार रुपैया जरिवाना तथा ६ महिना कैद सजाय तोकिएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोली उनलाई घरबाटै नियन्त्रणमा लिएको जनाएको छ ।
पक्राउ परेका यादवलाई मंगलबार आवश्यक कारबाहीका लागि सप्तरी जिल्ला अदालत राजविराज दाखिला गरिएको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी डम्बर बहादुर पुरीले जानकारी दिए ।
भ्रष्टाचार मुद्दाका फरार प्रतिवादी पक्राउ
सारांश
- झुठा विवरण पेश गरि भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालत काठमाडौबाट फैसला भएपश्चात् यादव फरार थिए ।
- उनलाई १० हजार रुपैया जरिवाना तथा ६ महिना कैद सजाय तोकिएको छ ।
- जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोली उनलाई घरबाटै नियन्त्रणमा लिएको जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया