राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु 

राजविराज राजविराज
|
बुधबार, मंसिर २४, २०८२
|
|
६८ पटक हेरिएको
Shares
राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु 

सारांश

  •     मधेश प्रदेशका मुख्यमन्त्री कृष्णा यादव र अर्थमन्त्री महेश प्रसाद यादवले संघीय सरकारका अर्थमन्त्री रामेश्वर खनालसंग भेट गरी आन्तरिक राजस्व कार्यालय स्थापनाका लागि पहल गरेका हुन् ।
  •     सरकारले करदाता सेवा कार्याल खारेज गर्ने निर्णय गरेपछि विगत एक महिनादेखि आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै यहाँका उद्योगी व्यापारी आन्दोलित रहेको बेला मधेश प्रदेश सरकारका मुख्यमन्त्री र अर्थमन्त्रीले नेपाल सरकारका अर्थमन्त्री खनालको ध्यानाकर्षण गराएका छन् ।
  •       मधेश प्रदेशका नवनियुक्त अर्थमन्त्री महेश प्रसाद यादवले राजविराजमा हुँदै आएको आन्दोलनबारे अर्थमन्त्री खनाललाई जानकारी गराउँदै ज्ञापनपत्र बुझाएर अर्थमन्त्री खनालको ध्यानाकर्षण समेत गराए ।

दैनिक समाचारदाता
राजविराज, २४ मंसिर ।  

    राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश प्रदेश सरकारले पहल सुरु गरेको छ ।
    मधेश प्रदेशका मुख्यमन्त्री कृष्णा यादव र अर्थमन्त्री महेश प्रसाद यादवले संघीय सरकारका अर्थमन्त्री रामेश्वर खनालसंग भेट गरी आन्तरिक राजस्व कार्यालय स्थापनाका लागि पहल गरेका हुन् ।
    सरकारले करदाता सेवा कार्याल खारेज गर्ने निर्णय गरेपछि विगत एक महिनादेखि आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै यहाँका उद्योगी व्यापारी आन्दोलित रहेको बेला मधेश प्रदेश सरकारका मुख्यमन्त्री र अर्थमन्त्रीले नेपाल सरकारका अर्थमन्त्री खनालको ध्यानाकर्षण गराएका छन् ।  
    मधेश प्रदेशका नवनियुक्त अर्थमन्त्री महेश प्रसाद यादवले राजविराजमा हुँदै आएको आन्दोलनबारे अर्थमन्त्री खनाललाई जानकारी गराउँदै ज्ञापनपत्र बुझाएर अर्थमन्त्री खनालको ध्यानाकर्षण समेत गराए । ध्यानाकर्षणपत्र बुझ्दै अर्थमन्त्री खनालले राजविराजमा करदाता सेवा कार्यालय हाललाई यथावतै राख्ने प्रतिबद्धता जनाएको मधेश प्रदेशका अर्थमन्त्री यादवले जानकारी दिए । 
    राजविराज दैनिकसँग विशेष कुराकानी गर्दै अर्थमन्त्री यादवले आफूहरु सँगको भेटमा राजविराजस्थित रहेको करदाता सेवा कार्यालय तत्काल खारेज नगर्ने प्रतिबद्धता जनाएको बताए । “राजविराजमा करदाता सेवा कार्यालय अहिले यथावत रहन्छ, पछी सोही कार्यालयलाई स्तरोन्नती गरि आन्तरिक राजश्व कार्यालयमै परिणत गर्छौ ।” भेटमा खनालले प्रतिवद्धता जनाएको अर्थमन्त्री यादवले भने ।
    बुझाइएको ज्ञापनपत्रमा “नेपाल सरकारको नीति अनुरुप राजविराजमा स्थापित करदाता सेवा कार्यालय खारेज गर्ने नेपाल सरकारको निर्णय पुनर्विचार गरी साविक बमोजिम नै करदाता सेवा कार्यालय सुचारु हुने व्यवस्था गरी जनभावनाको सम्बोधन एवं सम्मानको लागि सकारात्मक पहल हुने विश्वासको साथ मधेश प्रदेश सरकारको तर्फबाट गम्भीर ध्यानाकर्षण गराईएको छ ।” उल्लेख छ । 
    राजविराजस्थित करदाता सेवा कार्यालयको आफ्नै जग्गा, प्रशासकीय भवन, कर्मचारी आवास लगायत पूर्वाधार तथा बजेट समेत रहेको छ । गत कात्तिक १७ गते नेपाल सरकारले देशभरीका ३८ स्थानमा रहेका करदाता सेवा कार्यालय खारेज गर्ने निर्णय गरेको थियो । करदाता सेवा कार्यालय राजविराज समेत सोही खारेजीमा परेकोले सप्तरी उद्योग बाणिज्य संघको नेतृत्वमा उक्त निर्णय बिरुद्ध तीन चरणको आन्दोलन सम्पन्न भइसकेको छ ।
    यसैबीच आन्तरिक राजश्व कार्यालय सप्तरीमा पुनःस्थापनाको माग गर्दै मंसिर २१ र २२ गते गठित संघर्ष समितिको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय सप्तरीमा धर्ना दिइएको थियो भने मंसिर २३ गते जिल्लाका पालिका तथा कार्यालयहरु बन्दको घोषणा गरिएको थियो ।  
    सप्तरीमा ७२ हजार भन्दा बढी करदाता रहेका छन् । यस कार्यालयले गत आ.व. २०८१÷०८२ मा कार्यालयले ८७ करोड २७ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । बि.स. २०७५ साल भदौं १६ गते तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले राजविराज वडा नं. ६ सिरहा रोडस्थित सो कार्यालय उद्घाटन गरेका थिए । त्यसपछी उक्त कार्यालय राजविराज वडा नं. ७ स्थित आफ्नै भवनमा सरेको थियो । तर भदौं २५ गते जेनजी आन्दोलनका क्रममा कार्यालयमा आगजनी भएपछी कार्यालय क्षतिग्रस्त हुँदा हाल नजिकैको भाडाको भवनमा संचालन हुँदै आएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरीद्वारा बरामद पटाका नष्ट
प्रहरीद्वारा बरामद पटाका नष्ट
भारततर्फ तस्करीका लागि लैजादै गरेको भन्दै ४  लाख बढीको मदिरासहित चालक र सवारी नियन्त्रणमा
भारततर्फ तस्करीका लागि लैजादै गरेको भन्दै ४  लाख बढीको मदिरासहित चालक र सवारी नियन्त्रणमा
डुवानको समस्या तथा राहत वितरण प्रभावकारी  नभएको भन्दै नेकपाद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण
डुवानको समस्या तथा राहत वितरण प्रभावकारी  नभएको भन्दै नेकपाद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण
कोशीमा मृत फेला परेका पुरुषको पहिचान खुलेन 
कोशीमा मृत फेला परेका पुरुषको पहिचान खुलेन 
प्रधानमन्त्री स्वेच्छाचारी तरिकाले अघि  बढीरहेका छन् : डा. कोइराला
प्रधानमन्त्री स्वेच्छाचारी तरिकाले अघि  बढीरहेका छन् : डा. कोइराला
जिल्लाको विकासका लागि हरसम्भव प्रयासरत छु ः नेकपा प्रदेश २ सचिव प्याकुरले
जिल्लाको विकासका लागि हरसम्भव प्रयासरत छु ः नेकपा प्रदेश २ सचिव प्याकुरले
मर्निङवाक छाडेर दुषित पोखरी सफाईमा  जुटे ६० वर्षिय प्राध्यापक डा. पाण्डे, हौसला बढाउन मन्त्री पनि सहभागि
मर्निङवाक छाडेर दुषित पोखरी सफाईमा  जुटे ६० वर्षिय प्राध्यापक डा. पाण्डे, हौसला बढाउन मन्त्री पनि सहभागि
विपद् कोषमा मन्त्री साहद्वारा एक लाख सहयोग
विपद् कोषमा मन्त्री साहद्वारा एक लाख सहयोग
प्रदेश २ मा १४ लाख भन्दा बढी बोटबिरुवा रोपिदै 
प्रदेश २ मा १४ लाख भन्दा बढी बोटबिरुवा रोपिदै 
मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु