अक्षयकोषवाट बालवालिकालाई छात्रबृति 

राजविराज राजविराज
|
मंगलबार, पौष १, २०८२
|
|
२३ पटक हेरिएको
Shares
अक्षयकोषवाट बालवालिकालाई छात्रबृति 

सारांश

  •     समुन्नति कार्यक्रम अन्तर्गत नवजागृती सहकारी संस्था लि.
  • मा उक्त बाल अक्षयकोष स्थापना गरिएको हो ।
  •       नगर कार्यक्रम सल्लाहकार समितिद्धारा मंगलबार नगर नगरपालिकाको बिभिन्न वडामा गरेका कार्यहरुको अनुगमन पश्चात् बसको समिक्षा बैठकमा सो सहकारी संस्थाले यसरी अक्षयकोष स्थापना गरेर बालबालिकाको पढाईलाई प्राथमिकतामा राखेको कार्यप्रति प्रशंसा गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, १ पुस । 

    सप्तरीको सुरूङा नगरपालिका वडा नं. ७ हरिपुरमा दलित, जेहेन्दा र एकल परिवारका बालबालिकाका लागि उच्च शिक्षा हासिल गर्ने उद्देश्यले बाल अक्षयकोष स्थापना गरिएको छ ।
    समुन्नति कार्यक्रम अन्तर्गत नवजागृती सहकारी संस्था लि.मा उक्त बाल अक्षयकोष स्थापना गरिएको हो । 
    नगर कार्यक्रम सल्लाहकार समितिद्धारा मंगलबार नगर नगरपालिकाको बिभिन्न वडामा गरेका कार्यहरुको अनुगमन पश्चात् बसको समिक्षा बैठकमा सो सहकारी संस्थाले यसरी अक्षयकोष स्थापना गरेर बालबालिकाको पढाईलाई प्राथमिकतामा राखेको कार्यप्रति प्रशंसा गरिएको छ ।
    सेभ द चिल्ड्रेनको सहयोगमा सबल नेपालले ५ लाख ६५ मुल्य बराबरको अक्षयकोष स्थापना गरि उक्त आम्दानी गरिएका पैसाबाट गरिब, जेहेन्दार र एकल महिलाका छोरा÷छोरीलाई पढाईमा १० प्रतिशत खर्च गर्ने गरेका छन् । 
    सहकारी संस्था लि.का प्रबन्धक नारायण प्रसाद साहका अनुसार २०७५ सालमा यस वर्षको बार्षिक साधारणमा ६५ हजार थप सहयोग गरेको रकमबाट वडा नं. ६ देखि ११ सम्मका बालबालिकाको लागि पढाई खर्च जुटाउन ५ लाखको अक्षयकोष स्थापना गरेपछि दलित, टुहुरा, असहाय बिपन्न परिवारका ७ जना छात्र÷छात्रालाई मासिक रुपमा तीन सयका दरले आएको ब्याज वापत पढाई खर्च दिने गरिएको छ ।
    अनुगमनकै क्रममा वडा नं. ९ स्थित जनता आधारभुत बिधालय प्रमाणपुर तथा मुसहरनियाँ अधारभुत बिधालय समसेरपुरमा सबल नेपालले बिधालयको गुणस्तरिय शिक्षामा टेवा पुरयाउन शैक्षिक सामग्री, रंगरोवन, शौचालय निर्माण, हरित बिधालय निर्माणमा गरेको सहयोग वारेमा अनुगमन गरी आबश्यक सल्लाह र सुझाव दिएको अनुगमन समितिका सदस्य तथा वडा ४ का अध्यक्ष देवेन्द्र चौधरीले जानकारी दिए ।
    नगरपालिका उपप्रमुख रूद्र बहादुर कार्की, वडा ४ का देवेन्द्र चौधरी, समाजिक बिकास संयोजक, ७ का शिवनारायण चौधरी, कृषि शाखा रोशन चौधरी, स्वास्थका भूषण सुनरैत, दशन चौधरी, शिक्षा प्रमुख हिरालाल राणा, नगर बाल संजाल अध्यक्ष देव साह, प्रणिशा पाण्डे, सबल नेपालका फिल्ड संयोजक अशोक कुमार साह, राधेश्यम राम, अनुगमन संयोजक चन्दन चौधरी, पत्रकार चन्दन कुमार यादब, महेश सिंह, सहितका सहभागिता रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
बालविवाह तथा बहुविवाह गरेको कसुरमा  एक वर्ष तीन महिना कैद सजाय 
बालविवाह तथा बहुविवाह गरेको कसुरमा  एक वर्ष तीन महिना कैद सजाय 
नेपालमा पनि कोरोना संक्रमण बढ्न सक्ने  भन्दै मन्त्रालयद्वारा सचेत हुन आग्रह
नेपालमा पनि कोरोना संक्रमण बढ्न सक्ने  भन्दै मन्त्रालयद्वारा सचेत हुन आग्रह
जिल्लामा विपद पूर्व तयारी र अभ्यास गरिदै
जिल्लामा विपद पूर्व तयारी र अभ्यास गरिदै
जनताको सम्पत्ति तथा अदालत जलाउनेलाई कानुनी दायरामा ल्याउनुपर्छ ः प्रधानन्यायाधीश
जनताको सम्पत्ति तथा अदालत जलाउनेलाई कानुनी दायरामा ल्याउनुपर्छ ः प्रधानन्यायाधीश
बालिका बलात्कार गर्ने मुखिया १३ वर्षपछि पक्राउ
बालिका बलात्कार गर्ने मुखिया १३ वर्षपछि पक्राउ
पुन: ३५ जना संक्रमित थपिएसँगै सप्तरीमा संक्रमितको संख्या २ सय २७ 
पुन: ३५ जना संक्रमित थपिएसँगै सप्तरीमा संक्रमितको संख्या २ सय २७ 
पविमाबि खेल मैदानमा क्रिकेट खेलाडीका लागि पभेलियन भवन निर्माण हुँदै 
पविमाबि खेल मैदानमा क्रिकेट खेलाडीका लागि पभेलियन भवन निर्माण हुँदै 
हावाहुरीले एक करोड भन्दा बढीको क्षति, पूर्णरुपमा विद्युत सूचारु गर्न अझ केही दिन लाग्ने ः विद्युत प्राधिकरण
हावाहुरीले एक करोड भन्दा बढीको क्षति, पूर्णरुपमा विद्युत सूचारु गर्न अझ केही दिन लाग्ने ः विद्युत प्राधिकरण
विशेष सुरक्षा योजना लागु
विशेष सुरक्षा योजना लागु