सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद,  संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा

राजविराज राजविराज
|
मंगलबार, माघ १३, २०८२
|
|
९१ पटक हेरिएको
Shares
सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद,  संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा

सारांश

  •     जिल्लामा तीन पार्टीका केन्द्रिय अध्यक्षसहित १ सय २ जना ल स्उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रेका छन् ।
  • त्यसमा एक जना मधेश प्रदेशका पूर्वमुख्यमन्त्री र लगातार तिन पटक प्रनिधिसभा सांसद रहिसकेका सम्म चौथो पटक जित निकाल्न चुनावी रणभुमीमा होमिएका छन् ।
  •       विशेषगरी सप्तरी क्षेत्र नं २ मा स्वाभिमान पार्टीबाट मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंह, जनमत पार्टीका अध्यक्ष एवं निवर्तमान सांसद डा.

दैनिक समाचारदाता
राजविराज, १३ माघ ।     

    सप्तरीमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको रौनक बढेको छ । जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।
    जिल्लामा तीन पार्टीका केन्द्रिय अध्यक्षसहित १ सय २ जना ल स्उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रेका छन् । त्यसमा एक जना मधेश प्रदेशका पूर्वमुख्यमन्त्री र लगातार तिन पटक प्रनिधिसभा सांसद रहिसकेका सम्म चौथो पटक जित निकाल्न चुनावी रणभुमीमा होमिएका छन् ।  
    विशेषगरी सप्तरी क्षेत्र नं २ मा स्वाभिमान पार्टीबाट मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंह, जनमत पार्टीका अध्यक्ष एवं निवर्तमान सांसद डा. सीके राउत, जसपा नेपालबाट पूर्व सिंचाईमन्त्री उमेशकुमार यादव, पुर्व मन्त्री समेत रहेका राष्ट्रिय मुक्ति पार्टीका अनिस अंसारी, नेकपाका केन्द्रिय नेता एवं पुर्व सांसद सुर्यनाथ यादव, नेपाली काँग्रेसका जिल्ला उपसभापति रामकुमार यादव, तथा रास्वपाबाट ई. रामजी यादव चुनावी प्रतिस्पर्धामा उत्रिएपछि कसले बाजी मार्ला ? भन्ने आमजनता माझ चासोको विषय बनेको छ । यस क्षेत्रमा ३४ जना उम्मेदवार कायम रहेका छन् । 
    यस्तै निर्वाचन क्षेत्र नं १ मा दुईजना विगतको निर्वाचनमा गरि दुई पटक तथा एक जना एक पटक पराजित भइसकेका उम्मेदवारहरु आफ्नो पहिलो जितको सुनिश्चितताका लागि चुनावी मैदानमा छन् । नेकपा एमालेका केन्द्रिय नेता एवं पुर्व राष्ट्रियसभा सदस्य सुमनराज प्याकुरेल र नेपाली काँग्रेस सप्तरीका सभापति समेत रहेका रामदेव साह दुई पटक र जनमत पार्टीका केन्द्रिय नेता डा. जयकान्त राउत एक पटक पराजित भएका थिए । उनीहरु तीनैजना आफ्नो पहिलो जितको निकाल्न चुनावी मैदानमा होमिएका हुन् । यस्तै सोही क्षेत्रमा नेकपाका रबिन्द्र चौधरी, स्वाभिमान पार्टीका सुमित साह र रास्वपाका पुष्पा चौधरी लगायतका उम्मेदवार पहिलो पटक चुनावी मैदानमा उत्रेका छन् । स्वाभिमान पार्टीका उम्मेदवार साह पुर्व मन्त्री नवलकिशोर साहका पुत्र हुन् । यसअघिको निर्वाचनमा सुमितका वुवा साह यसै क्षेत्रबाट निर्वाचित भएका थिए । यस क्षेत्रमा २१ जना उम्मेदवार कायम छन् ।  
    यस्तै क्षेत्र नं. ३ मा जसपा नेपालका अध्यक्ष एवं पुर्व उप–प्रधानमन्त्री उपेन्द्र यादव चुनावी मैदानमा छन् । उनलाई नेपाली काँग्रेस सप्तरीका पूर्वसभापति तथा निवर्तमान सांसद दिनेश कुमार यादव र नेकपा एमालेका जिल्ला अध्यक्ष ताराकान्त चौधरीले कडा टक्कर दिने देखिएको छ । जस कारण यस क्षेत्रको पनि चुनावी माहोल निकै तातिएको छ । जसपा नेपालका अध्यक्ष यादव यसअघि क्षेत्र नं. २ मा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग पराजित भएपछी उपनिर्वाचनमा बाराबाट निर्वाचत भएका थिए । र अहिले उनी पुनः सप्तरी नै रोजेका छन् । यसले गर्दा पनि यस क्षेत्रमा पनि निकै रोचक प्रतिस्पर्धा हुने देखिएको छ । यस क्षेत्रमा राष्ट्रिय मुक्ति पार्टीका केन्द्रिय सहसचिव गजेन्द्र मंडल र रास्वपाका युवा नेता अमरकान्त चौधरी समेत गरी २२ जना उम्मेदवार छन् । 
    क्षेत्र नं ४ मा जितको ह्याट्रिक लगाइसकेका निवर्तमान युवा तथा खेलकूद मन्त्री एवं नेपाली काँग्रेसका प्रभावशाली नेता तेजुलाल चौधरी चौथो पटक जित निकाल्न चुनावी मैदानमा उत्रिएका छन् । उनलाई केही दिन अघिमात्रै काँग्रेस परित्याग गरेर रास्वपामा प्रवेश गरी उम्मेदवारी दिएका सीताराम साहले कडा टक्कर दिने स्थानियहरुको भनाई छ । यस्तै उक्त क्षेत्रबाट जसपा नेपालकी नेतृ डा. बबि सिंह यादव समेतले चौधरीलाई टक्कर दिने देखिएको छ । उनी पनि राजनीति परिवेशकै परिवारबाट आएकी छिन् । उनी राष्ट्रियसभा सदस्य मृगेन्द्र कुमार सिंह यादवकी पुत्री हुन् । उक्त क्षेत्रमा जनमत पार्टीबाट जितेन्द्र साह र नेपाली कम्युनिष्ट पार्टीबाट रुवी कुमारी कर्ण सहित २५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रेका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिला कामदारलाई करणी गरेको आरोपमा रेष्टुरेन्ट संचालक पक्राउ
महिला कामदारलाई करणी गरेको आरोपमा रेष्टुरेन्ट संचालक पक्राउ
बाल दिवसमा बालबालिकाद्वारा विरोध  प्रदर्शन, प्रमुखलाई पाँच रुपैयाको सहयोग 
बाल दिवसमा बालबालिकाद्वारा विरोध  प्रदर्शन, प्रमुखलाई पाँच रुपैयाको सहयोग 
राजविराजमा अनलाइन प्रणालीबाट भत्ता बितरण गरिँदै 
राजविराजमा अनलाइन प्रणालीबाट भत्ता बितरण गरिँदै 
किर्ते गरी गोप्य ढंगले जिल्ला फुटवल संघको निर्वाचन गर्न लागिएको आरोप
किर्ते गरी गोप्य ढंगले जिल्ला फुटवल संघको निर्वाचन गर्न लागिएको आरोप
स्थानीय तहमा दलितको पहुँच भएपनि अधिकारमा पहुँच भएन ः समाजिक विकास मन्त्री साह
स्थानीय तहमा दलितको पहुँच भएपनि अधिकारमा पहुँच भएन ः समाजिक विकास मन्त्री साह
नागरिकता बनाइदिन भन्दा पतिद्वारा पत्नीमाथि खुकुरी प्रहार, अवस्था गम्भिर
सप्तरीमा निर्वाचन प्रहरीका लागि झण्डै दोब्बर आवेदन
सप्तरीमा निर्वाचन प्रहरीका लागि झण्डै दोब्बर आवेदन
राष्ट्रिय मुक्ति क्रान्तिले सबै जिल्लाका संयोजक तोक्यो, सप्तरी संयोजकमा दिपेन्द्र चौधरी
राष्ट्रिय मुक्ति क्रान्तिले सबै जिल्लाका संयोजक तोक्यो, सप्तरी संयोजकमा दिपेन्द्र चौधरी
राजबिराज बसपार्कको एक हप्ता भित्रै उद्घाटन हुने
राजबिराज बसपार्कको एक हप्ता भित्रै उद्घाटन हुने
राजनीतिक प्रतिशोध साध्न गरिएको शिक्षक सरुवा खारेज गर्न चार दलको माग
राजनीतिक प्रतिशोध साध्न गरिएको शिक्षक सरुवा खारेज गर्न चार दलको माग

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी