जागिर छाडेर चुनावी मैदान

राजविराज राजविराज
|
सोमबार, माघ २६, २०८२
|
|
६३ पटक हेरिएको
Shares
जागिर छाडेर चुनावी मैदान

सारांश

  •     विष्णुपुर गाउँपालिका निवासी डा.
  • चमन जिल्लाको सुरुङ्गा नगरपालिकास्थित जनता मावि सिसवारीमा ६ बर्षदेखि शिक्षक पेशामा जागिर गर्दै आएका थिए भने त्यो संगै उनी महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा पनि १६ बर्ष देखि आंशिक शिक्षकको रुपमा अध्यापन पेशामा लागेका थिए ।
  • चुनाव लड्नकौ लागि शिक्षण पेशाबाट राजिनामा दिएर उनी चुनावी मैदानमा होमिएका हुन् ।

दैनिक समाचारदाता
राजविराज, २६ माघ ।

    फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सप्तरी क्षेत्र नं. ३ मा नेपाल जनता पार्टीका तर्फबाट डा. सन्तोष कुमार चमन जागिर छोडेर उम्मेदवारी दिएका छन् ।  
    विष्णुपुर गाउँपालिका निवासी डा. चमन जिल्लाको सुरुङ्गा नगरपालिकास्थित जनता मावि सिसवारीमा ६ बर्षदेखि शिक्षक पेशामा जागिर गर्दै आएका थिए भने त्यो संगै उनी महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा पनि १६ बर्ष देखि आंशिक शिक्षकको रुपमा अध्यापन पेशामा लागेका थिए । चुनाव लड्नकौ लागि शिक्षण पेशाबाट राजिनामा दिएर उनी चुनावी मैदानमा होमिएका हुन् । 
    लेकतान्त्रिक व्यवस्थामा देशको सबै प्रणाली नै राजनीतिबाट चल्ने हुँदा आफुले सप्तरीको क्षेत्र नं. ३ बाट उम्मेदवारी दिएको उनले बताए । पछिल्लो केही बर्ष यता अधिकांश शिक्षित बुद्धिजिवीहरु राजनीतिबाट टाढा बस्ने परिपाटीले समग्र राजनीतिक क्षेत्र नै तनावग्रत बन्दै गएको अवस्थालाई हेरेर आफु शिक्षण पेशा छाडेर राजनीतिमा होमिएको उनको भनाई छ ।
    उच्चस्तरका शिक्षा हाँसिल गरेका व्यक्तिहरु राजनीतिमा लागे मात्रै शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा परिवर्तन आउने उनको विश्वास छ ।
    चुनावी प्रतिष्पर्धामा उत्रेका डा. चमन भन्छन्, “जिल्ला विकासको मामिलामा निकै पछाडी परेको छ, शिक्षाको अवस्था पनि निकै नाजुक छ, स्वास्थ्यको अवस्था पनि कसैसामु लुकेको छैन् । यी अवस्थाहरुलाई परिवर्तनका लागि उम्मेदवारी दिएको हुँ ।”
     यस्तै जिल्लाको क्षेत्र नं. २ बाट नेपाल बिद्युत प्राधिकरणको प्रबन्धक पदबाट राजिनामा दिएर कुलमान घिसिङ नेतृत्वको उज्यालो पार्टी नेपालबाट ५२ वर्षिय डा. दिपक चौधरी पनि चुनावी मैदानमा छन् । उनले पनि शिक्षित, बुद्धिजिवी, इमान्दार र नैतिकवान व्यक्तिहरुको राजनीतिमा उपस्थिति कमजोर भएकै कारण आफुले जागिर छाडेर उम्मेदवारी दिएको बताए ।
    त्यस्तै क्षेत्र नं. ४ बाट सरकारी जागिर गरेर आएका रास्वपाका उम्मेदवार सिताराम साहले जागिरपछि अव जनताको सेवा गर्ने उद्देश्यले उम्मेदवारी दिएको जनाए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वडा कार्यालय भवन निर्माण कार्य अन्तिम चरणमा
वडा कार्यालय भवन निर्माण कार्य अन्तिम चरणमा
प्रदेश २ मा विज्ञान विषयको परिक्षा रद्द, चैत २२ मा पुनः परिक्षा लिने 
प्रदेश २ मा विज्ञान विषयको परिक्षा रद्द, चैत २२ मा पुनः परिक्षा लिने 
नेकपा सत्ता पक्षले राजविराजमा शक्ति प्रदर्शन गर्ने, माघ ८ मा मोटरसाइकल ¥याली, १३ मा आमसभा
नेकपा सत्ता पक्षले राजविराजमा शक्ति प्रदर्शन गर्ने, माघ ८ मा मोटरसाइकल ¥याली, १३ मा आमसभा
बैदेशिक रोजगारीमा पीडित भएकाहरुलाई न्याय दिलाएको भन्दै एसपी विष्ट सम्मानित
बलात्कार प्रयास गरेको आरोपमा वडाअध्यक्षसहित तीन पक्राउ
रेडक्रस अध्यक्ष भगत र जसपा नेता यादव एमालेमा प्रवेश
रेडक्रस अध्यक्ष भगत र जसपा नेता यादव एमालेमा प्रवेश
दलित समुदायको विकास र सशक्तीकरणका लागि थप बजेट विनियोजन गर्ने प्रतिवद्धता 
दलित समुदायको विकास र सशक्तीकरणका लागि थप बजेट विनियोजन गर्ने प्रतिवद्धता 
अग्निपीडित परिवारलाई समाजद्वारा आर्थिक सहयोग
साझीको बिष्फोटक ब्याटिङ र बलिङको  मद्दतले सप्तरी फाइनलमा प्रवेश
साझीको बिष्फोटक ब्याटिङ र बलिङको  मद्दतले सप्तरी फाइनलमा प्रवेश
“मास्क नलगाए एक सय जरिवाना, एक महिना कैद”
“मास्क नलगाए एक सय जरिवाना, एक महिना कैद”