सप्तरीमा ८५ प्रतिशत धान रोपाई, बाढीका कारण ३ हजार २ सय हेक्टर जमिन डुवानमा

राजविराज राजविराज
|
बुधबार, श्रावण १५, २०७६
|
|
५२ पटक हेरिएको
Shares
सप्तरीमा ८५ प्रतिशत धान रोपाई, बाढीका कारण ३ हजार २ सय हेक्टर जमिन डुवानमा

सारांश

  •     केन्द्रका प्रमुख भागिरथ यादवले यस पटक बाढीका कारण खेती योग्य ३ हजार २ सय हेक्टर जमिन डुवानमा परेको बताउँदै ५९ हजार २०० हेक्टर जमीनमा धान रोपाइँ सम्पन्न भएको जानकारी दिएका छन् ।
  • सप्तरीमा सिंचित ४० हजार र असिंचित ३० हजार गरी कूल ७० हजार हेक्टर खेतीयोग्य जमीन रहेको उनले बताए ।
  •       यस्तै असारको अन्तिम साता आएको बाढीका कारण खेतमा लगाइएको बेर्ना समेत डुवानमा परेकाले जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका किसानहरु चिन्तित देखिन्छन् ।

चन्दनकुमार यादव
राजविराज, १५ साउन । 
    सप्तरीमा हालसम्म ८५ प्रतिशत खेती योग्य जमिनमा धान रोपाई भएको छ । यस वर्ष समयमा वर्षा भएका कारण साउनको दोस्रो सतासम्ममा ८५ प्रतिशत धान रोपाई भएको कृषि ज्ञान केन्द्र राजविराजले जनाएको छ । 
    केन्द्रका प्रमुख भागिरथ यादवले यस पटक बाढीका कारण खेती योग्य ३ हजार २ सय हेक्टर जमिन डुवानमा परेको बताउँदै ५९ हजार २०० हेक्टर जमीनमा धान रोपाइँ सम्पन्न भएको जानकारी दिएका छन् । सप्तरीमा सिंचित ४० हजार र असिंचित ३० हजार गरी कूल ७० हजार हेक्टर खेतीयोग्य जमीन रहेको उनले बताए । 
    यस्तै असारको अन्तिम साता आएको बाढीका कारण खेतमा लगाइएको बेर्ना समेत डुवानमा परेकाले जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका किसानहरु चिन्तित देखिन्छन् । 
    यसअघि जिल्लामा उचित सिचाईको व्यवस्था तथा समयमा पानी नपर्नाले जिल्लाको अधिकांश स्थानमा खेतीयोग्य जमीन बाँझो हुने गरेको सो केन्द्रले जनाएको छ । 
    यता जिल्लाको पूर्वी–दक्षिण क्षेत्रको केही जमीनमा सिँचाइ भए पनि पश्चिम र उत्तरी भेगका खेतीयोग्य जमीनहरू अझै बाँझै रहेको जानकारी दिए । 
    त्यस्तै सप्तरीमा सिंचाइको उचित व्यवस्थापन नहुँदा जिल्लाको महदेवा, वोदेवरसाइन, सारस्वर, पातो, वरही वीरपुर, फुलकाही, कोदरकट्टी, भुतही, मानराजा, खडकपुर, अर्नाहा, ब्रह्मपुर, कविलासा, मलहनियाँ, मलहनमा, हर्दिया कटैया, रामपुर जमुवा, मोहनपुरलगायत पश्चिम र उत्तर क्षेत्रका केही स्थानमा यस वर्ष भारी वर्षा भएकाले सुख्खा रहेका खेतमा बाढीले पर्याप्त मात्रमा पानी भरिएपछि सो क्षेत्रमा अहिले धान रोपाइँ सम्पन्न भएको केन्द्रले तथ्याङ्क संकलन गरेको छ ।
    यता कोशी पश्चिमी नहर, कोशी पम्प नहर र चन्द्र नहरमा पनि पर्याप्त पानी नभएका कारण तथा ती नहरहरूमा समयमा पानी नछाडिएका कारण समेत यहाँ धान रोपाइँ गर्न समस्या हुने गरेको कृषकहरुको गुनासो रहेको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विगतमा जनतासँग गरेको वाचा पुरा गर्न आफ्नो उम्मेदवारी ः दिनेश यादव
विगतमा जनतासँग गरेको वाचा पुरा गर्न आफ्नो उम्मेदवारी ः दिनेश यादव
विभिन्न मुद्दामा फरार २३ अभियुक्त एकै दिन पक्राउ
विभिन्न मुद्दामा फरार २३ अभियुक्त एकै दिन पक्राउ
नेपाली काँग्रेस र नेविसंघद्वारा अग्निपीडितलाई ट्युवेल र खाद्यान्न प्रदान
नेपाली काँग्रेस र नेविसंघद्वारा अग्निपीडितलाई ट्युवेल र खाद्यान्न प्रदान
विद्यालय जान विपन्न ५६ छात्रालाई साइकल बितरण
विद्यालय जान विपन्न ५६ छात्रालाई साइकल बितरण
रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण कार्य असोजबाट हुने
रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण कार्य असोजबाट हुने
हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानको सप्तरी समिति गठन
हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानको सप्तरी समिति गठन
तोडफोड, झडप र तनावका बीच मतदान सम्पन्न, निर्वाचनमा धाँधली भएको भन्दै चार विद्यार्थी संगठनद्वारा बिरोध
तोडफोड, झडप र तनावका बीच मतदान सम्पन्न, निर्वाचनमा धाँधली भएको भन्दै चार विद्यार्थी संगठनद्वारा बिरोध
स्ववियु निर्वाचन शान्तिपूर्ण  सम्पन्न, ४६.५७ प्रतिशत मतदान 
स्ववियु निर्वाचन शान्तिपूर्ण  सम्पन्न, ४६.५७ प्रतिशत मतदान 
सप्तरीका विभिन्न स्थानलाई पर्यटकीय तथा पर्यटकीय करिडोरको रुपमा विकास गर्न मन्त्री लेखीद्वारा ध्यानाकर्षण
सप्तरीका विभिन्न स्थानलाई पर्यटकीय तथा पर्यटकीय करिडोरको रुपमा विकास गर्न मन्त्री लेखीद्वारा ध्यानाकर्षण
जिर्ण भवनबाटै सेवा प्रवाह गर्दै घरेलु तथा साना उद्योग कार्यालय
जिर्ण भवनबाटै सेवा प्रवाह गर्दै घरेलु तथा साना उद्योग कार्यालय

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु